नेपाल इबोला भाइरसबाट अछुतो हुन नसक्ने

प्रकाशित मिति : २०७५ श्रावण १२

 

काठमाडौं । कंगोमा फेरि पनि इबोला भाइरसले सन्त्रास फैलाएको छ । विश्वका स्वास्थ्य संगठनहरु र कंगोली सरकारले पनि अब इबोला भाइरस कंगोबाट उन्मूलन भएको र कंगोली तथा विश्वका जनता पनि त्यसबाट तर्सिनुपर्ने अवस्था नरहेको भनी आश्वस्त पारिरहेको बेला यो भाइरसले कंगोमा फेरि महामारीको रुप लिएको छ ।

सुरुमा चमेरो र बाँदरबाट सरेको भनिएको यो रोग नियन्त्रणमा आएको पनि थियो । तर अहिले यो पुनः देखा परेको छ ।

केही नेपालीहरु रोजगारीका सिलसिलामा कंगोमा रहेका पाइएका छन् । कंगोमा नेपाली सेना शान्ति मिसनका लागि रहने गरेको पनि छ । त्यसैले स्वास्थ्य विशेषज्ञका अनुसार नेपाल इबोला भाइरसबाट अछुतो हुन नसक्ने भनी चिन्ता व्यक्त गर्न थालिएको छ ।

इबोला भाइरस विरामीले गरेको बान्ता, पिसाब, यौनसम्पर्क तथा पसिनाबाट पनि सर्ने गर्दछ ।