गाउँघरमा सुरुभयो तीजको नाच

गाउँघरमा सुरुभयो तीजको नाच

काठमाडौं । साउनको महिना सुरु हुने, राँको फाल्ने र साँझमा एकैक्षण भए पनि तीजको नाच नाच्ने परम्परा गाउँघरमा रहिआएको छ । साउनको १ गतेबाट सुरु हुने महिला नाचको यो प्रक्रियाले भदौमा पर्ने हरितालिका तीजका दिन उत्कर्ष प्राप्त गर्दछ । हुन त तीज पछिका चौथी र पञ्चमीका दिन पनि तीजको नाच निकै नाचिन्छ ।

तीजलाई आजभोलि विशुद्ध मनोरञ्जनका रुपमा लिने र अझ त्यसमा पनि महिला र पुरुष सरोबर मिसिइ नाच्ने गर्न पनि थालेका छन् । यो पछिल्लो चरणमा तीज संस्कृतिमा आएको यो रुपान्तरणलाई बिचलनका रुपमा लिने गरिएको पनि छ। तर युवा पुस्ता भने पछिल्लो र रुपान्तरित ककटेल तीजमा नै रमाउने गरेको छ ।

गाउँघरमा भने तीज अहिलेसम्म पनि महिला मात्र नाचेर मनाइने गरिएको छ । यो प्रक्रिया यही साउन महिनाबाट सुरु भइसकेको छ ।