काठमाडौं । पाकिस्तानमा बुधवार भएको आम निर्वाचनमा पूर्व क्रिकेटर इमरान खानको पार्टी अगाडि देखा परेको छ । हालसम्मको नतिजा अनुसार आफूलाई आवश्यक पर्ने दुईतिहाई मत प्राप्त गर्न उसलाई कठिनाइ हुुने देखिए पनि सरकार भने खानकै नेतृत्वमा हुने देखिएको छ ।

हार्दिक शुभकामना !

खानलाई पाकिस्तानी सेनाले सहयोग गरेको र नवाज सरिफलाई जेलमा पुर्याएको भनेर सेनाको व्यापक टीका टिप्पणी भइरहँदा उनले सरकार गठनको मानसिकता बनाएकोपनि बझिएको छ । सेनाले यो टिप्पणीलाई निराधार भनेर खण्डन गर्दै पनि आएको छ ।

टिप्पणीकर्ताहरु तथा राजनीतिक विश्लेषकका अनुसार खानलाई हाल पाकिस्तानी सेनाको सहयोग पूरै छ । नवाज सरिफको भ्रष्टाचारको मुद्दाले कुन रुप लिन्छ थाह भएन, तर खान केही वर्षपछि सेनाले सरिफलाई खनेको खाल्डोमा पर्न सक्ने पनि अनुमान गर्न थालेका छन् ।

उता विपक्षी पार्टीहरुले भने यो चुुनावी नतिजालाई अस्वीकार गर्ने र फ्रेस निर्वाचनका लागि माग गरेर आनदोलनमा जाने बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर