काठमाडौं । नेपालमा हुने गरेको साइबर आक्रमण अरु देशहरुमा हुने गरेको साइबर आक्रमण भन्दा भिन्न र कौतुहलता ल्याउने खालको छ । विदेशमा या त सरकार या त प्रतिष्ठित संस्थाहरुमाथि साइबर आक्रमण हुन्छ । यो राजनीतिक र शक्तिका विरुद्ध परिलक्षित हुन्छ ।

हार्दिक शुभकामना !

तर नेपालमा हुने साइबर आक्रमण भनेको सरकार र प्रतिष्ठित व्यक्ति वा संस्थाका साथै सामान्य जनस्तरमा समेत हुने गरेको छ । त्यो भनेको ठगीका लागि गरिने साइबर आक्रमण नै हो । नेपालमा ठगी गर्नका लागि साइबरमा ज्ञान त्यति नराख्ने तर सामान्य फेसबुक र इमेल तथा फोनहरु प्रयोग गर्न जान्नेहरुमा यो आक्रमण हुने गरेको पाइन्छ ।

नेपालीहरु प्रायः अलि केही सोझा र सादा प्रकृतिका छन् । यिनीहरु सजिलै विश्वास गरिहाल्छन् र फसिहाल्छन् । यो सोझो र अल्पज्ञानको फाइदा उठाएर ठगीका यी साइबर अक्रमण्हरु हुन गरेका छन् ।

फोन या इमेलमा तपाईलाई चिट्ठा पर्यो, चिट्ठामा परेकोबहुमूल्य वस्तु पठाइँदै छ भनेर मेसेज वा खबर गरिन्छ । नेपालीहरु मख्ख पर्दछन् । ऋण खोजेर भए पनि हत्त न पत्त पैसाको जोहो गर्नतिर लाग्छन् । र, माग गरे अनुसारको पैसा र बसपठाउन पनि पछि पर्दैनन् । तर कसले, कसरी, किन र के कामका यसो गरेको हो भनी विचार पनि कमै गर्दछन् ।

नेपालीहरु अभावमा पनि बाँचेका छन् । उनीहरु पश्चिमा धेरै ज्ञानी, सेवाभावले भरिएका, दानी, गोरा छाला भएका, नेपाललाई करोडौं अनुदान सहयोग गर्ने आदि आदर्श सोंच पालेर बसेका हुन्छन् । अभाव, आदर्श, अज्ञानता र आवश्यकताको यो आर्थिक मनोवैज्ञानिक सोंचमा विदेशी ठगहरुले फाइदा उठाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर