भ्रष्टचारको आरोपमा मलेसियाका पूर्व प्रधानमन्त्री पक्राउ

भ्रष्टचारको आरोपमा मलेसियाका पूर्व प्रधानमन्त्री पक्राउ

एजेन्सी, असार १९ । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिव रजक भष्ट्राचारको आरोपमा पक्राउ परेका छन् ।

एसआरसी इन्टरनेशनलसँग आवद्ध भई भ्रष्टचार गरेको आरोपमा अनुसन्धानको लागि उनलाई मंगलबार दिउँसो आफ्नै घर जलान लागाक दुतबाट पक्राउ गरिएको हो ।

उनले उक्त संस्थाबाट ४ करोड २ लाख मलेसियन रिंगेट लिएको बताईएको छ । उनलाई भष्ट्राचार अनुसन्धान विभागको मुख्यालयमा ल्याई बुधबार विहान ८ः३० बजे अदालतमा पेश गरिने भएको छ ।