सिकलेसमा एक हप्ता

प्रकाशित मिति : २०७५ जेष्ठ २८

- नरबहादुर महरा

जेठ २३ गतेदेखि पश्चिम केन्द्रीय कमाण्डका अगुवा राजनीतिक कार्यकर्ताहरुको महत्वपूर्ण प्रशिक्षण हु“दै थियो ।

क. बसन्त, कुलमान, दुर्लभकुमार र म गरी हामी चारजना २२ गते बिहानै घोराहीबाट काठमाण्डौं जाने बसको टिकट लियौं र बसभित्र छि¥यौं । साढे छ बजे हाम्रो गाडी अगाडि बढ्यो । मौसम सफा थियो, हामी क्याबिनमा बसेका थियौं र टाढा टाढासम्म देख्न सकिन्थ्यो । सङ्कटकाल र त्यसपछिको राजा ज्ञानेन्द्रको शासनकालमा ठाउ“ ठाउ“मा खडा गरिएका सुरक्षा बेस क्याम्पहरुलाई छिचोल्दै हामी अगाडि बढिरह्यौं । उन्नीस दिनको आम हड्तालले राजा ज्ञानेन्द्रमात्र होइन उसको रक्षार्थ अहोरात्र सतर्क भइराख्ने र अनावश्यक रुपले यात्रुहरुलाई दुःख दिंदै आएका सुरक्षाकर्मीहरु पनि शिथिल शिथिल, निष्क्रिय निष्क्रियजस्ता देखिन्थे । अनुहारभरि उदासीनताका रेखाहरु प्रष्ट देख्न सकिन्थ्यो । चनाखोपन सेलाइसकेको थियो र ओइलाएका साग झैं देखिन्थे

करिब दुईबजेतिर हामी मुग्लिङ उत्रियौं । चारैजना पोखरातर्फ जाने गाडीमा छि¥यौं र हाम्रो गाडी अगाडि बढ्यो । पोखरा बसपार्कमा पुगेपछि त्यहा“ हामीलाई सम्पर्क गराउनको लागि सलिना बैनी आउनुभयो । हाम्रो प्रशिक्षण कार्यक्रमको लागि सिकलेसमा स्थान निर्धारण गरिएको रहेछ । वहा“संगै हामी काहु“खोलासम्म गयौं । त्यहा“देखि हामीलाई सम्पर्कमा पु¥याउनको लागि एकजना जनमुक्ति सेनाको कमरेडको जिम्मा लगाएर सलिना फर्किनुभयो । हामीले छ सय भाडा तिरेर एउटा ट्याक्सी लियौं र ज्याम्दो पुग्यौं । त्यहा“ पुग्दा करिब आठ बजिसकेको थियो र नजिकमा बस्नको लागि कुनै घरहरु थिएनन् । करिब दश मिनेट पैदल हिंडेर हामी ज्याम्दोकै एकजना चित्रबहादुर गुरुङ्गको घरमा बास बस्न पुग्यौं । हामीभन्दा अगाडि जनमुक्ति सेनाको एउटा टीम त्यहा“ पुगिसकेको रहेछ । उनीहरु हिंडिसकेका थिए ।
हामी त्योभन्दा अघि बढ्न सक्ने स्थितिमा थिएनौं । अतः त्यहीं ती साथीहरुले खाएर बचेको भात खायौं र सुत्यौं । हामी सबै थाकेका थियौं । त्यसैले बिस्तरामा पल्टने बित्तिकै घुर्न थाल्यौं ।

उज्यालो हुने बित्तिकै उठेर बिहानको नित्य कर्म सिध्याएर हिंड्ने तर्खरमा थियौं । घरपट्टि दाइले चिया पकाइसक्नुभएको रहेछ र वहा“को ‘चिया पिएर हिंड्ने’ आग्रहलाई हामीले इन्कार गर्न सकेनौं । चिया पिउ“दासम्म घरपट्टि बूढाबासंग भलाकुसारी ग¥यौं । गुरुङ्ग लवजमा बोल्ने भएकाले वहा“का केही कुराहरु हामीलाई बु¤न गाह्रो पनि भयो । तर वहा“का मजाकिला गफ सुन्दा हामीलाई पनि रमाइलै लाग्यो । जवानी कालमा भारतको सेनामा जागीर खा“दा, लडाइ“मा जा“दाको आङ्खना जीवन्त अनुभूतिहरु वहा“ले सुनाउनुभयो ।
हामीलाई सिकलेस पुग्न अझैं तीन चार घण्टाको विकट बाटो हिंड्नुपथ्र्यो र हाम्रो प्रशिक्षण पनि त्यसै दिनदेखि शुरु हुने भन्ने थियो । त्यसैले हामीलाई त्यहा“ धेरै बिलम्व गर्नु उचित थिएन । हामी सबैले ती दुवै गुरुङ्ग पिता–पुत्रलाई अभिवादन ग¥यौं र अगाडि बढ्यौं ।
“जित्ना पर्छा है बाबू हो, हाम्ले जित्ना पर्छा ।”

हामीले ती गुरुङ्ग बुवाको आ“गनको डिल काट्न नभ्याउ“दै एउटा ठूलो जिम्मेवारी र दायित्वबोधको भारी वहा“ले थपक्क हाम्रो का“धमा राखिदिनुभयो ।

“पक्कै जित्छौं बुवा ।”

कमरेड बसन्तले आश्वस्त पार्न खोज्नुभयो ।
हामी सरासर सिकलेसतर्फ अगाडि बढ्यौं ।

सिकलेसदेखि तल फेदीमा रहेको पुल तरेर हामी उकालो लाग्नै थालेका थियौं । माथिबााट तीन चारवटी गुरुङ्सेनी दिदीहरु झरे । उनीहरुले लगाएको मुगाको मालालाई देखाउ“दै बसन्तले सोध्नुभयो–
“यो मालालाई के भन्छ दिदी ?”सायद बसन्तजीलाई थाहा थिएन होला– त्यो मुगाको माला थियो भन्ने । कुलमानजी र म अलि पछाडि नै थियौं ।
“ज्यासुकै भनोस् ।” ती दिदी त अलि च्या“ठिएर पो बोलिन् । हामी सबैलाई अलि नमज्जा लाग्यो ।
हाम्रो त्यो नमज्जालाई दुर्लभकुमारले एउटा चुट्किला सुनाएर उडाइदिनुभयो । हामी हा“स्दै उकालो चढ्यौं ।

सिंढीदार बाटोमा दश पाइला नहिंड्दै थकाइ लागिहाल्थ्यो । हामी विश्राम लिंदै हिंड्दै करिब एघाह्र बजे सिकलेस गाउ“मै पुग्यौं । भिरालो ठाउ“मा बाक्लो बस्ती, विद्युत तारहरु माकुराको जालो झैं तन्किएका, प्रत्येक घरमा शौचालय, ठाउ“ ठाउ“मा खुद्रा पसलहरु, टेलीफोन, टी.भी., विकट र दुर्गम ठाउ“ भएपनि ठाउ“ रमाइलै रहेछ । पा…रि ताङतिङ् गाउ“मा देखिने सेता घरहरु पनि कम आकर्षक थिएनन् । अझ सा“झमा बिजुली बत्ती चम्किंदा त हामी कुनै पहाडी सुन्दर नगरीमा छौं जस्तो लाग्थ्यो । अपरान्ह साढे तीन बजेदेखि पानी पर्न थाल्यो र करिब चारबजेतिर बेसरी दर्केरै प¥यो । सा“झ साढे सातबजेसम्म पानी परि नै रह्यो । स्थानीय कमरेडले हाम्रो सुत्ने कोठाको बन्दोबस्त मिलाउनुभयो ।

हामी अन्नपूर्णको काखैमा थियौं । त्यसैले दिनमा सूर्यको तापलाई जाडोले छिचोल्न नसके पनि रातमा भने भित्रै कता कता चिमोट्न आइपुग्थ्यो । तर स्थानीय साथीहरुको राम्रो व्यवस्थापनले हामीलाई जाडोको चिमोटाइले त्यति छोएन ।

प्रशिक्षणका प्रमुख अतिथि कमरेडहरु अध्यक्ष क. प्रचण्ड र डा. बाबुराम भट्टराई अघिल्लो दिनमै हेलीकप्टरबाट त्यहा“ आइसक्नुभएको रहेछ । पोखराबाट देखिने अन्नपूर्णको दृश्यले मलाई निकै लोभ्याएको थियो । टाढाबाट त मैले रोल्पाबाटै धौलागिरी हिमाललाई हेरेको छु तर नजिकबाट त्यसलाई छाम्न आजपर्यन्त सकेको छैन । त्यसैले पोखरा आएको अवसरमा अन्नपूर्णलाई नजिकैबाट हातले छाम्न मन हतारिएको थियो । व्यवस्थापनको अपूर्णताले गर्दा कार्यक्रम दिउ“सोदेखि मात्रै हुने जानकारी भयो । त्यसैले बिहानै चिया पनि नपिएरै मैले साथी खोज्न थालें । सञ्चार विभागका चिन्तनजीसंग कुरा मिल्यो । वहा“हरुले चाउचाउ पकाउन थाल्नुभयो । हामी सबैले चाउचाउ खायौं र बाटो लाग्यौं । दुर्लभकुमारले पनि मेरो साथ दिने हुनुभयो र स्वास्थ्य विभागका अरु साथीहरु पनि साथ लागे र पछि कूलानन्द गिरी र क्षितिज पनि थपिनुभयो ।

गाउ“बाट आधा घण्टाजति पैदल उकालो चढेपछि अन्नपूर्ण हाम्रो सामुन्ने उभिन आयो हामीले धित मरुञ्जेल हेर्न चाहेका थियौं । तर बेलाबेलामा बाक्लो कुहिरो आएर लछप्पै ढाकेर आफूभित्रै लुकाइदिन्थ्यो । मलाई त्यो लुकामारी साह्रै मन प¥यो । अन्नपूर्णलाई पृष्ठभूमिमा पारेर हामीले केही तस्वीरहरु खिच्यौं ।

मलाई त्यो बेला मेरी छोरी र मसंगै कार्यालयमा काम गर्दै आएकी मेरी भदै सीतूको याद आयो । मेरी छोरीको नजिकबाट हिउ“लाई हेर्ने रहरलाई मैले जलजलामा लगेर बिलाउन लागेका हिउ“का स–साना थुप्राहरु देखाइदिएर मेटाइदिएको थिए“ । तर हिउ“ नै हिउ“को पहाडलाई उसले देख्न पाएकी छैन । फूल र प्राकृतिक सौन्दर्यप्रति हुरुक्कै भएर प्राण फाल्ने सीतु यहा“ भइदिएकी भए कति रमाउ“दी होलिन् । मैले उनलाई आफूसंगै नलिएकोमा थक्क थक्क लाग्यो अब फेरि अन्नपूर्णलाई नजिकबाट छाम्ने अवसर कहिले पो आउला र ? हामीले अघाउञ्जी अन्नपूर्णसंग लुकामारी खेल्यौं र पौने नौबजे हाम्रो क्याम्पतिर फर्कियौं ।

दुईबजेदेखि कार्यक्रम शुरु हुने जानकारी भएकोले हामी सबै प्रशिक्षण हलमा प्रवेश ग¥यौं । अझैं पनि हल सजाउने काम भइ नै राखेको थियो । हलभित्रको सजावटको काम पूरा भएपछि केन्द्रीय आधार इलाकीय ब्यूरोका इन्चार्ज कमरेड विप्लव रोष्टममा उभिनुभयो र कार्यक्रम शुरु भएको औपचारिक घोषणा गर्नुभयो ।

हल खचाखच थियो । हामी सबै प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष कमरेड प्रचण्ड र डा. बाबुराम भट्टराईको आगमनको प्रतीक्षामा व्यग्र थियौं । चुन्वाङ्ग बैठकपूर्व पार्टीभित्र फुटको हल्लाको खेती गरेर आत्मरति गर्नेहरुलाई उक्त बैठकले मरणान्तक चोट प्रहार गरेको थियो । पार्टी फुटमा रम्न चाहने रवीन्द्र–अनुकूलहरु पार्टीभित्र भएको एकताले रन्थनिएका थिए र झिंगाले डिंगा सरापेझैं पार्टीको सर्वोच्च नेतृत्व पंक्तिलाई नया“ दिल्लीको कुनै गल्लीबाट सरापिरहेका थिए । १९ दिनको जनआन्दोलनले श्रृष्टि गरेको नया“ राजनैतिक घटनाक्रम, त्यसको विकास प्रक्रिया र पार्टीको आगामी योजनाबारे जान्न हामी अत्यन्त उत्सुक थियौं ।

हाम्रो व्यग्रता धेरैबेर रहन पाएन । उद्घोषकले अतिथिहरुको आगमन हुन लागेको जानकारी गराउनुभयो । हामीले हलभित्रैबाट सुन्यौं– बाहिर जनमुक्ति सेनाले आङ्खनो सुप्रीम कमाण्डरलाई सलामी अर्पण गर्दै थियो ।

अत्यन्त प्रसन्न मुद्रामा अघिअघि अध्यक्ष क. प्रचण्ड र उहा“कै अनुगामी बनेर डा. बाबुराम भट्टराई हलभित्र प्रवेश गर्नुभयो । एक्काइसौं शताब्दीको विश्वक्रान्तिका नायकद्वयलाई हामीले हलभित्रै उभिएर स्वागत ग¥यौं । तालीको गडगडाहटले हल धेरैबेरसम्म गुञ्जिरह्यो । अनि हामी सबैले गायौं, सर्वहारा मुक्तिको अन्तर्राष्ट्रिय गीत –
उठ जाग ए भोका नाङ्गा
जाग संसारका दुःखी
सुन्दर संसार निर्माण गर्न
न्यायको लागि गर्जी
बा“ध्ने छैन परम्पराको साङ्लोले
जाग ए श्रमिक हो…….
……..

करिब करिब डेढ दिन रिपोर्टिङ्ग चल्यो । अनि २७ गते शुरु भयो– हामीले धेरै लामो समयदेखि प्रतीक्षा गरेको प्रशिक्षणको मुख्य पाटो । एकातिर हलभित्र महत्वपूर्ण प्रशिक्षण चल्दैथियो । अर्कोतिर मुलुकमा राजनीतिक घटनाक्रमहरु तीव्र गतिमा परिवर्तित र विकसित हु“दै थिए । र, हरेक परिवर्तित र विकसित नया“ घटनाक्रमहरु अध्यक्ष क. प्रचण्डले हललाई जानकारी गराइराख्नुभएको थियो । त्यसै क्रममा २८ गते सरकारी वार्ता टोलीका संयोजक कृष्ण सिटौला सिकलेस आउन लागेको जानकारी अध्यक्षले हललाई गराउनुभयो । २८ गतेको प्रशिक्षण चल्दै थियो । हामी सबै दिउ“सोको खाना खाएर हलमा प्रवेश गरिसकेका थियौं । उद्घोषक क. विप्लवले तीन घण्टाको लागि प्रशिक्षण स्थगन गरिएको जानकारी गराउनुभयो । तीनबजे नै हेलिकप्टर सिकलेस ओर्लने जानकारी थियो । हाम्रो जनमुक्ति सेना हेलीप्याडको संकेत बनाएर त्यसको सुरक्षार्थ तैनाथ थियो । तीन बजेर पन्ध्र मिनेट जा“दा हेलीकप्टर गुड्केको आवाज सुनियो । हामी सबै पंक्तिबद्ध भएर बाटोको दाया“ बाया“ उभियौं ।

कसैले हाम्रोतर्फका वार्ता टोलीका सदस्य देव गुरुङ्ग पनि आउने गलत सूचना फैलाइदिएछ क्या र † त्यस गुरुङ्गबस्तीका सारा जनताहरु आङ्खना घरका सबै काम छाडेर हामीसंग सामेल भएका थिए । एकजना बूढी गुरुङ्सेनी आमाले मलाई सोध्नुभयो–
‘देव गुरुङ्ग आउन्या रे, हो बाबु ?’

मलाई जानकारी थिएन । त्यसैले मैले अनभिज्ञता प्रकट गरें । ती आमैको अनुहार चाउरियो । अलि पर बाटोकै किनारामा पा“च÷सातवटी गुरुङ्ग किशोरीहरु गुरुङ्ग पहिरनमा हात हातमा फूलका मालाहरु लिएर उभिएका थिए । विद्यालयका छात्राहरु पनि विद्यालयकै युनिफर्ममा पंक्तिबद्ध भएर उभिएका थिए ।

आकाशमा पोखरातर्फबाट हेलीकप्टर गुड्केको आवाज सुनियो । हेर्दाहेर्दै हेलीकप्टर हेलीप्याडमा आएर उत्रियो । कृष्ण सिटौला, डा. शेखर कोइराला र हाम्रोतर्फका वार्ता टोलीका संयोजक कष्णबहादुर महरा बाहिर निस्कनुभयो । हातमा फूलमाला लिएर हामीसंगै उभिएका ती गुरुङ्ग किशोरीहरुको एकछिन अघिसम्म प्रदीप्त बनेका अनुहारमा एकाएक त्यो प्रदीप्तता सेलाएको मैले प्रष्ट अनुमान गरें । कारण त्यहा“ देव गुरुङ्ग आउनुभएको थिएन ।
अहो † यो कस्तो जातीय प्रेम †

मैले त्यहा“ पुग्दा सुनेको थिए“– त्यहा“ राजतन्त्रको मतियार बनेका डम्बरबहादुर गुरुङ्गलाई हाम्रो पार्टीले कारवाही गरेको रहेछ । त्यसपछि त्यहा“का गुरुङ्गहरुले हाम्रो पार्टीलाई निको मान्दैनन् रे । तर त्यसो होइन रहेछ । मैले त्यहा“ रह“दा बस्दा पाए“– सिकलेसका गुरुङ्गहरु माओवादीलाई धेरै माया गर्दारहेछन्, उनीहरु पनि आङ्खनो वर्ग चिन्दा रहेछन् । शुरुका दिनमा त अप्ठ्यारो लागेकै थियो । उनीहरु आङ्खनो भाषा बोल्ने, आङ्खनो जातिको मान्छेभन्दा अरुलाई घरभित्र छिर्न दिंदा रहेनछन् । एकदिन, दुईदिन, तीन दिन गरेर हाम्रो उनीहरुसंग चिनापर्ची बढ्दै गयो । शुरुका दिनमा त गाई, भैंसी बा“ध्ने थारो, भुस पराल राख्ने टहरोमा कष्टपूर्ण रातहरु पनि बितायौं । चिया, खाजा पकाए भने पनि हामी बसेकै ठाउ“मा ल्याइदिन्थे । गाई भैंसीको भकारोको सुगन्ध नाकले आस्वादन गर्दे चिया खाजा मर्काउ“थ्यौं । गर्दागर्दै उनीहरुको घरभित्र छिर्ने अनुमति भयो अनि चुल्होमा आगो ताप्न पाउने भयौं । अनि त खाना पनि उनीहरुसंगै खाने आग्रह पो हुनथाल्यो । के भयो यो ? हामीले उनीहरुको मन जितेका हौं या उनीहरुले हाम्रो मन जिते ? मलाई लाग्छ– दुवै भयो । जब वर्ग मिल्छ तब तन मिल्छ, मन मिल्छ र सम्पूर्ण रुपले एकाकार हुन्छ अनि विपरित वर्गको विरुद्धमा एकताबद्ध संघर्ष हुन्छ । त्योबेला त्यही भयो । अलि हुनेखानेहरु कोही पोखरा, कोही नारायणघाट र कोही काठमाण्डौंमा ठूला ठूला व्यवशाय गरेर बस्ता रहेछन् । कमजोर आर्थिक स्थिति भएकाहरुको निम्ति भने त्यहीं कु“जिएर बस्नुको विकल्प थिएन । त्यसैले उनीहरुसंग हाम्रो वर्गीय एकता गा“सिनु स्वाभाविक थियो र गा“सियो पनि ।

हाम्रो सिकलेस बसाइ“को समय छोटिइसकेको थियो । २९ गते बिहानदेखि शुरु भएको प्रतिक्रिया जनाउने क्रम दश बज्दा नबज्दै सिद्धियो र करिब एघाह्रबजेतिर हाम्रो २५ गतेदेखि शुरु भएको प्रशिक्षण कार्यक्रमको समापन भयो । खाना खाइसकेपछि अलिबेर आराम तथा आवश्यक भेटघाट सिध्याएर करिब तीनबजेतिर हामी झोला तथा पोका पन्तरा बोकेर ओह्रालो लाग्यौं ।
अलि तल छ सातजना गुरुङ्ग युवा–युवतीहरु उकालो चढ्दैथिए ।
“कताबाट आउनुभयो ?”
यो कुलमानजीको प्रश्न थियो ।
“पोखराबाट ।”
एकजना युवकले निधारभरिको पसिना पुछ्दै जवाफ फर्काए ।
“हामी त तपाईंहरुको गाउ“मा धेरै बसियो, अब लाग्यौं है ।”
बसन्तजीले थप्नुभयो ।
ती सबै यवा–युवतीहरुले बाटोको डिलमा उभिएर पसिना पुछे र सबैले हामीतर्फ हेरे ।
“फेरि फेरि आउ“दै गर्नुस् है दाजु ।”
“आउ“छौं, आउ“छौं । तपाईंहरुको गाउ“ त साह्रै रमाइलो लाग्यो ।”

मैले उनीहरुलाई आश्वस्त पार्न खोजें । वास्तवमा यो मेरो आश्वासनमात्रै थिएन । भित्रै दिलदेखिको चाहना थियो । सिकलेसंग मेरो गाढा पिरती बसिसकेको थियो । आङ्खनो इच्छाले हुन्थ्यो भने म सिकलेसंग छुट्टिन चाहन्नथें । मभित्र भावनाका छालहरु उर्लिरहेका थिए । म ती गुरुङ्ग बस्तीका युवा–युवतीहरुका हातहरुलाई देश निर्माणमा लगाउन चाहन्थें । मलाई लागेको थियो– श्रम र रोजगारीका लागि शहर, राजधानी, अरब र मलेशिया धाउने, बृटिश, मलाया फौजमा भर्ती भएर साम्राज्यवादको स्वार्थको लागि लड्ने ती गुरुङ्गहरुका हातहरुलाई एकै ठाउ“मा जोड्न सक्ने हो भने सा“च्चै त्यहा“ ढुङ्गा पेलेर पनि तेल निकाल्न सकिन्छ ।

मन त चाहन्थ्यो–स“धै सिकलेसमै बसिरहू“ । त्यहा“का युवा–युवती, बालक–बृद्धसंग वर्गीय पिरती गा“स“ू र साम्यवादतर्फको यात्राकाो गोरेटोमा उनीहरुसंगै हातेमालो गर्दै अगाडि बढू“ । तर मेरो काम र जिम्मेवारी अन्यत्रै भएकोले मैले सिकलेसंग छुट्टिनै पर्ने थियो । बसन्तजी र कुलमानजी पनि मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठक बस्न पाल्पा पुग्नुपर्ने थियो । त्यसैले हामी ती युवा–युवतीहरुसंग हाम्रा दरिला हातहरु मिलायौं र फेरि भेट्ने वाचा गदै छुट्टियौं ।

केही तल झरिसकेपछि फेरि डोकामा घा“स बोकेर केही महिला पुरुषहरु उकालो चढ्दै थिए ।
“आबु गयु भाइ ?”
एउटी दिदीले प्रश्न गरिन् ।
“अ“, फेरि फेरि आउ“दै गरौंला है दिदी ।”
कुलमानजीले भन्नुभयो
“आया बुनि क्यार्ना र छाडिर गैजान्या रैचौ ब ।”
अर्की दिदीले छुट्टिनुपर्दाको भित्रैदेखिको दुखेसो प्रकट गरिन् ।

कति छिट्टै हाम्रो गाढा नाता बसिसकेछ । छुट्टिनै गाह्रो हुने । हामीले उनीहरुलाई पनि अभिवादन ग¥यौं र भारि मनका साथ कदम अगाडि बढायौं ।

हामी पोखरा आइपुग्दा रातको दश बजिसकेको थियो । साथीहरुले खाने सुत्ने व्यवस्था मिलाइसकेका रहेछन् । थकाइ बेस्सरी नै लागेको थियो । त्यसैले खाना खाएर सुतिहाल्यौं । बिहान कुलमानजी र बसन्तजी पाल्पातिर लाग्नुभयो । क्षितिज सांस्कृतिक परिवारका कलाकारहरु महेश र विप्लवसंग भेट भयो । हामी बसपार्कतिर लाग्यौं । त्यहीं रेडियो गणतन्त्रका गेमि रोका र स्वास्थ्य विभागका लालसंग भेट भयो । रोल्पाका अन्य साथीहरु पनि त्यहा“ भएकोले साथै जाने सल्लाह भयो । रोल्पा जिल्लाका सेक्रेटरी क. कमल र जिल्ला कमिटीका अन्य सदस्यहरुसहित हामीले घोराहीको टिकट लियौं ।

गाडी साढे चारबजे छुट्यो । मैले गाडी भित्रैबाट एकपल्ट सिकलेसलाई नियाल्न खोजें । सिकलेसलाई अग्लो डा“डाले छेकेको थियो । हामीसंगको विछोडमा अन्नपूर्णले पनि कुहिरोको घुम्टोले अनुहार छोपेर अविरल अश्रुधार बगाउ“दै थियो र त्यही आ“सु मादी बनेर पहरामा ठोक्किंदै त..ल त…ल बगिरहेको थियो । फेरि छिट्टै भेट्न आउने वाचासहित मैले सिकलेस र अन्नपूर्णलाई अन्तिम अभिवादन टक्¥याए“ । गाडी वेगले अगाडि कुद्यो । म तन्द्राबाट ब्यु“झिदा हामीले मादीको पुल पार गरिसकेका थियौं ।