क्रान्तिकारी ट्रेड यूनियन महासंघको मई दिवसको पर्चा सार्वजनिक : ‘लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने सरकारी षड्यन्त्रको बिरोध गरौं !’

क्रान्तिकारी ट्रेड यूनियन महासंघको मई दिवसको पर्चा सार्वजनिक : ‘लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने सरकारी षड्यन्त्रको बिरोध गरौं !’

काठमाडौं । क्रान्तिकारी ट्रेड युनियन महासंघले मई दिवसलाई लक्षित गरी पर्चा तथा अपील सार्वजनिक गरेको छ । ‘लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने सरकारी षड्यन्त्रको बिरोध गरौं !’ शीर्षकमा सार्वजनिक पर्चामा वर्तमान बोलन्द्र शाहले संविधान र कानुनले दिएका मौलिक अधिकारलाई समेत कुण्ठित गरेर मजदुर–विद्यार्थी संघ संगठनमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक भएको भन्दै सरकारको विरोध गरिएको छ । र, छन । लगानी मैत्री व्यवस्था र कानुन बनाउने नाममा श्रमिकवर्गले उपभोग गरेका सिमित अधिकार समेत वलात खोस्ने प्रयत्न हुँदै छ ।
अपीलमा भनिएको छ, “चर्को मुल्य वृद्धि,रोजगारीको अभाव,लोकतान्त्रिक अधिकार कटौतीको सरकारी योजानको बिरोधसहित हामी १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बैशाख १ गते देखि कारखाना, श्रम प्रतिष्ठानहरुमा मजदुरहरुका मुद्दाहरूमा छलफल र जागरण कार्यक्रम सहित अभियान सन्चालन गर्दै बैशाख १८ गते देशका मुख्य सहरमा समापन सभा गर्ने छौं । निर्धारित कार्यक्रममा सक्रिय सहभागी भएर मई दिवसको गौरवशाली परम्परा कायम गर्दै जनगणतान्त्रिक ब्यबस्था स्थापना गर्ने उद्देश्यलाई आधार बनाएर एकताबद्द हुन देशभक्त,वामपन्थी,लोकतान्त्रिक,क्रान्तिकारी शक्तिहरुलाइ हार्दिक अपील गर्दछौं।”
अपीलमा १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस जिन्दावाद, संसारका मजदुर तथा उपिडित जनसमुदाय एक हौं, बढ्दो महङ्गी नियन्त्रण गर, संघ संगठनमाथि अङ्कुश लगाउने निति खारेज गर, मजदुरहरुको तलब, ज्याला १०० प्रतिशत वृद्धि गर, मजदुरहरुलाई स्थायी रोजगारी सुनिश्चित गर, मजदुरहरुलाई सामाजिक सुरक्षा सुनिश्चित गर, अस्थायी,करार,ठेकेदारी,ज्यालादारी प्रणाली खारेज गर, संगठित हुने, मागहरू राख्ने एवं हडतालको अधिकार सुनिश्चित गर, हायर एण्ड फायर,नो वर्क नो पे नीति खारेज गर’ लगायतका नाराहरु प्रस्तुत गरिएको छ ।

यस्तो अपीलको पूर्ण पाठ :
“लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने सरकारी षड्यन्त्रको बिरोध गरौं !

आदरणीय मजदुर साथीहरू,
यही २०८३ बैशाख १८ गते तदनुसार मई १ तारिक १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि मनाउन गइरहेका छौं। मजदुरहरुका सङ्घर्ष र बिजयको गाथा बनेको यो दिवस सन १९९० देखि मनाउने प्रचलन अनवरत जारी छ। नेपाली मजदुरमाथि भइरहेका पेशागत एवं राजनीतिक उत्पीडन विरुद्ध क्रान्तिकारी सङ्कल्प पर्वको रुपमा आफ्ना आवाज बुलन्द गर्ने उत्प्रेरणा सिकागो सहरका मजदुरहरुले ८ घण्टा काम , ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर गरिएको आन्दोलनको विरता, बलिदान र विजयबाट प्राप्त भएको हो। त्यही संघर्षको इतिहासबाट प्राप्त क्रान्तिकारी सङ्कल्पलाई जिवित राख्दै मजदुरहरु माथि हुने सबैखाले शोषण उत्पीडन विरुद्धको आवाजलाई उचो बनाउदै लैजानुपर्ने आवस्यकता छ।
जेन जी ूबिद्रोहू(चुनाव हुँदै अहिले नयाँ सरकार बनेको छ।विकास, समृद्धि र वितरणको उन्नत नमुना प्रस्तुत गर्ने नारा दिएर आएको यो सरकारले सय दिनका सुधार कार्यक्रम प्रस्तुत गरेको छ । त्यसमा उल्लेखित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत मुद्दाहरूमा सरकारको प्राथमिकता प्रति ध्यान दिने हो भने केहि गम्भीर शंसय पैदा भएका छ । राष्ट्रियताका गम्भीर मुद्दाहरूमा सरकार मौन छ। संविधान र कानुनले दिएका मौलिक अधिकारलाई समेत कुण्ठित गरेर मजदुर(विद्यार्थी संघ संगठनमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक भएका छन । लगानी मैत्री व्यवस्था र कानुन बनाउने नाममा श्रमिकवर्गले उपभोग गरेका सिमित अधिकार समेत वलात खोस्ने प्रयत्न हुँदै छ । मजदुरहरुका संगठित हुने,राजनितीक आस्था राख्न पाउने र तलब, कार्यदिन, सुबिधा, सुरक्षासँग सम्बन्धित मुद्दाहरूमा पैरवी गर्न पाउने विश्वव्यापी प्रचलित मान्यतालाई चुनौती दिने कानुनको सरकारी पुर्पक्ष उदेकलाग्दो र मजदुर बिरोधी रहेको छ।

सुख, समृद्धि र वितरणमा चुस्तता एवं पारदर्शिताको चर्को नारा उठाएर गठन भएको सरकार अहिले पेट्रोलियम पदार्थ चरम मुल्य वृद्धि गराइरहेको छ। बजार मुल्य श्रमिक जनताको क्रयशक्तिको पहुच भन्दा माथि छ। प्राविधिकिकरणको नाममा सरकारले वैदेशिक ऋणको भार थप्दै गएको छ। प्राविधिकिकरण नेपालको भन्दा ऋण दाताहरुको नव( औपनिवेशिक स्वार्थ प्रेरित रहेको देखिन्छ। ऋण लिएर घ्यू खाने सिद्धान्त बोकेको जस्तो प्रतीत हुने सरकारको देशमा रोजगारीको वृद्धि गर्ने योजना बनाउनु भन्दा आफ्ना प्रतिद्वन्द्वीहरु प्रति प्रतिशोध र बेतुक गिरफ्तारीको नाटकीय चर्चा बटुल्न खोजिरहेको छ। खाडी मुलुकमा भैरहेको चर्को युद्ध र अशान्तिका कारण नेपाल श्रमिकहरुको सुरक्षा चुनौती थपिदै गएको छ। आप्रवासी नेपाली श्रमिकहरुको उद्दार र स्वदेशमा रोजगारीको ब्यबस्थापन गर्न पर्ने बेला सरकार ूनिरोको बाँसुरीू धुन बजाइरहेको छ।
चर्को मुल्य वृद्धि,रोजगारीको अभाव,लोकतान्त्रिक अधिकार कटौतीको सरकारी योजानको बिरोध सहित हामी १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बैशाख १ गते देखि कारखाना, श्रम प्रतिष्ठानहरुमा मजदुरहरुका मुद्दाहरूमा छलफल र जागरण कार्यक्रम सहित अभियान सन्चालन गर्दै बैशाख १८ गते देशका मुख्य सहरमा समापन सभा गर्ने छौं । निर्धारित कार्यक्रममा सक्रिय सहभागी भएर मई दिवसको गौरवशाली परम्परा कायम गर्दै जनगणतान्त्रिक ब्यबस्था स्थापना गर्ने उद्देश्यलाई आधार बनाएर एकताबद्द हुन देशभक्त,वामपन्थी,लोकतान्त्रिक,क्रान्तिकारी शक्तिहरुलाइ हार्दिक अपील गर्दछौं।
हाम्रा नाराहरु
१– १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस – जिन्दावाद !
२– सन्सारका मजदुर तथा उपिडित जनसमुदाय – एक हौं !
३– बढ्दो महङ्गी – नियन्त्रण गर १
४– संघ संगठन माथि अङ्कुश लगाउने निति – खारेज गर !
५– मजदुरहरुको तलब,ज्याला १०० प्रतिशत – वृद्धि गर !
६– मजदुरहरुलाई स्थायी रोजगारी – सुनिश्चित गर !
७– मजदुरहरुलाई सामाजिक सुरक्षा -सुनिश्चित गर !
८० अस्थायी,करार,ठेकेदारी,ज्यालादारी प्रणाली – खारेज गर !
९– संगठित हुने,मागहरू राख्ने एवं हडतालको अधिकार – सुनिश्चित गर !
१०– हायर एण्ड फायर,नो वर्क नो पे नीति – खारेज गर !
११–मजदुरहरुमाथि भइरहेका शोषण,दमन – बन्द गर !
१२– मजदुरहरुलाई राजनितीक प्रतिनिधित्वको – व्यवस्था गर !
१३– वर्तमान र बिगतका सरकार र सरकारी उच्च पदस्थहरुको सम्पत्ति छानबिन गर !
१४– नयाँ जनवादी(समाजवादी क्रान्ति – जिन्दावाद !
१५– क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल – जिन्दावाद !
क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल
केन्द्रीय समिति