एकपटक फेरी फासिष्ट र फासिवादको सम्झना आयो

एकपटक फेरी फासिष्ट र फासिवादको सम्झना आयो

हुकुमबहादुर सिंह

के वर्तमान रास्वपाको बालेन नेतृत्वको सरकार कतै फासिवादतर्फ त उन्मुख त छैन ? भन्ने तर्कहरु अहिले उठेका छन्, यद्धपि उनले नेपाल र नेपालीको उन्नती र प्रगतिको निम्ति काम गर्दैछ भन्ने तर्कहरु पनि त्यत्तिकै बलिया देखिएका छन् ।
यो लेखको उद्येश्य बालेन नेतृत्वको सरकारको कामगर्ने शैली के हो ? स्वयम बालेन के हो ? यसवारे लेख्ने नभै आम फठकका बीचमा बालेन नेतृत्वको सरकारको कामगर्ने शैली कतै इतिहासको गर्भमा गएको फासिवादलाई चिहानबाट उखेलर नेपालमा लागु गर्ने ऐतिहासिक भूल गर्ने मार्ग नहोस भन्ने नै हो ।
यसका लागि लेखकले यहाँ फासिवाद के हो ? यसलाई एतिहासिक घटनासंग मिलाएर व्याख्या र बिश्लेषण गर्ने प्रयास गरिनेछ, जसका आधारमा पाठकहरु स्वयम फासिवाद के रहेछ, उसका महत्वपूर्ण पक्षहरु के रहेछन् र विश्व इतिहासमा फासिवादको उत्थान र पतन के कसरी भएको रहेछ आदिवारे सोच्न र त्यसलाई नेपालको वर्तमानको बालेन सरकारबारे सही दृष्टिकोण बनाउन मदत गर्ने छ भन्ने हो ।
यो लेखलाई निम्न २ वटा मूल शिर्षक र ६ उपशिर्षकरुमा बाँडेर चर्चा गर्ने प्रयास गरिएको छ ः
१ पmासिज्मका महत्वपूर्ण पक्षहरु र यसको ऐतिहाँसिक बिकास
पmासिज्मको एउटा महत्वपूर्ण पक्ष भनेको यसको जनसंख्याको अनगिन्ती पक्षहरु संग भएको बिशाल सम्पकर्, जुन शासक बर्गको पहिचान भन्दा बाहीर पनि हुन्छ । यसो हनुको कारण के भने जनसंख्याका ती अनगिन्ती क्षेत्रहरुलाइ परिचालन गर्न र शोषितबर्गहरुको चाहाना र इच्छामा आधारीत पmासिष्टहरुको राजनैतिक क्रियाकलाप उठाउन सक्ने यसको क्षेमताले गर्दा यो अन्यप्रकारका प्रतिक्रियाबादी अधिनायकबाद भन्दा पmरक छ ।
शोषीतबर्गहरुको चाहाना र इच्छामा आधारीत क्रियाकलापहरु यसको देखाउने दाँत वा ऐना हो । पmासिज्म ग्रामीण तथा शहरी निम्न पूजिपतिबर्गहरुका त्यस्ता राजनैतिक समूहहरुको समर्थनमा निर्भर गर्दछ जसका भौतिक आधारहरुलाई बिकसित भइरहेको पुँजीवादद्धारा बेवास्ता गरिएको हुन्छ ।
पmासिज्मले जनसंख्याको तल्लो बर्गका मानिसहरुको समर्थन पनि प्राप्त गर्छ । यस्ता जनसंख्याको बढदै गएको सामाजिक असन्तुष्टीहरुलाई पmासिज्मले उनीहरुलाई राज्य नियन्त्रीत पुँजीवादको पकडलाई कस्न प्रयोग गर्छ । पmासिज्म बिश्व आर्थिक र राजनैतिक संकटको एउटा प्रतिक्रिया स्वरुप १९१७ को माहान अक्टुबर समाजबादी क्रान्तिको एउटा महत्वपूर्ण तर नकारात्मक उपलब्धिको रुपमा १९२० को शुरुका बर्षहरुमा देखा परयो । त्यसको लगत्तै पmासिज्म एउटा शक्तिशाली र सबै प्रगतिशील मानबताको खतराकोे शत्रुको रुपमा बदलियो । सबभन्दा महत्वपूर्ण त अन्तराष्ट्रीय सर्बहारावर्ग र मजदुरवर्गहरुको आन्दोलनको बिरुद्ध जाइ लाग्यो । पmासिज्मले आपmनो उत्पत्तिको पहिलो बर्षमानै इटाली, बुल्गेरीया र अन्य कैयौ युरोपियन देशहरुमा भएका सर्बहाराबर्गका बिद्रोहहरुको दमनमा बगेको रगतमा पौडी खेल्यो ।
जुन सुकै देशमा भएता पनि पmासिज्म ती देशहरुमा सत्तामा आउन सपmल भएन तर हतियारबन्द समूहहरुको रुपमा यसले बामपन्थी दलहरु र तिनका समर्थकहरुलाई आतङ्कीत गराउने र गृहयुद्धको बाताबरण बनाउने शक्तिको रुपमा काम गर्ने अनौपचारीक प्रतिक्र्रान्तिकारी कार्यदल बन्यो ।
जब जर्मनमा पmासिज्म सत्तामा आयो, यो युरोपियन देशहरुको लागि मात्रै नभै बिश्वकै प्रजातान्त्रीक शक्तिहरुका लागि एउटा कालजन्य डर भयो । पmासिष्ट शक्तिहरुको यो दमनकारी डर, त्रासले स्वतन्त्रता र भरखरै अस्तित्वमा आएका धेरै युरोपियन देशहरु र अन्य जनताहरु र त्यसले गर्दा सम्पूर्ण मानब सभ्यताको अस्तित्व माथिनै कालो बादल मडारीन गयो ।
दोेस्रो बिश्वयुद्धको दौरानमा पmासिष्ट शक्तिहरुको हारको अर्थ हुन्थ्यो पmासिज्मको अन्त्य, तर पनि केही पुँजीवादी देशहरुमा शासकबर्गहरुले पmासिष्ट शासनलाई जोगाइ राख्न सपmल भए । कम्युनिस्ट आन्दोलन बिरोधी भmुकाव भएकोले सित युद्धको समयमा सित युद्धले पmासिष्ट शासनलाइ पुनः शक्ति दिने काम गरयो । बर्तमानमा धेरै पुँजीवादी देशहरुमा अति दक्षिणपन्थी संघसस्थाहरु र आन्दोलनहरु पmासिष्ट अथवा अर्ध पmासिष्ट भmुकाव भएका देशहरुमा अस्तित्वमा छन ।
आधुनिक अबस्थाहरुमा आपmूलाई संचालन गर्न सक्षम हुन पmासिष्ट शक्तिहरु स्वभाबत नयाँ अनुहारमा खडा हुनु परेको छ ।
त्यसैले गर्दा आधुनिक पmासिज्म सबै जसो “नयाँ पmासिज्म” को रुपमा चिनिन्छन । नयाँ रुपमा आएको बर्तमानको पmासिज्ममा दुइ प्रकारका भmुकावहरु पाइन्छन । पहिलो केबल थोरै मात्रामा परिवर्तन गरिएको रुपान्तरीत पmासिष्ट आन्दोलन हा,े जसले १९३०—१९४० को दशक तीरको जर्मन राष्ट्बादी समाजबाद र इटालिएन पmासिज्मका तरीकाहरु र सिद्धान्तहरुबाट जुन जुन सम्भव हुन्छ, सुरक्षीत राख्न कोशीस गरीरहेको छ । यसमा बिभिन्न देशहरुका पmासिष्ट समूहहरु, अन्तराष्ट्रीय नयाँ पmासिष्ट केन्द्रहरुको वोरीपरी निर्भर रहन्छन । यस्ता प्रकारका पmासिष्ट संघसंस्थाहरुले आपmूलाइ प्रचारप्रसार देखि टाढै राख्न मनपराउदछन र उनीहरुको काम गर्ने तरीका भूमिगत वा अर्धभूमिगत रुपमा हुन्छ । तिनीहरुको बिगतको अपराधीक गतिबिधीसंगको ज्यादै घनिष्टताले गर्दा उनीहरुलाइ आपmना पुराना समर्थकहरुको साँघुरो घेरालाइ बिस्तार गर्न र जनसंख्याको बिशाल क्षेत्रलाई आकर्षित गर्नबाट रोकिराखेको छ । उनीहरुको भइरहेका सदस्यहरुको द्रुत गतिको बढदो बुढयौली र उनीहरुका नयाँ सदस्यहरुको आकर्षण नहुनुले गर्दा पनि यस्ता संघसस्थाहरुको राजनैतिक भबिस्य साँघुरीदै तिनीहरुलाइ दोस्रो वा तेस्रो दर्जाको एजेण्टको स्तरमा गिराउदै लगेको छ । दोस्रो प्रकारको नयाँ पmासिष्ट भmुकाव यो भन्दा ज्यादा खतरायुक्त छ जसले आपmनै कारणले मृत्यु सैयामा गइरहेको आधुनिक पुँजीवादी समाजका कमी कमजोरीहरुबाट पmाइदालिन कोशीस गरीरहेको छ । यस्तो भmुकाव भएका नयाँ पmासिष्ट दलहरु वा संघसस्थाहरुले संसदीय संस्थाहरु र कानुनी तरीकाहरु प्रति देखावटी समर्थन जस्तो प्रकट गर्दै गैर कानुनी तथा अर्धकानुनी तरीकाहरुलाइ मिसाएर लगेको पाइन्छ । तिनीहरुले आधुनिक समस्याहरुलाई राम्रो संग आत्मसात गर्दछन र आपmूलाइ बर्तमानको आगन्तुकको रुपमा आपmूले आपmनै बिज्ञापन गरेर प्रस्तुत गर्छन । लगातारको काम र प्रयासद्धारा उनीहरुले पुँजीवादी ब्यबस्थामा आइरहेको सन्चो हुनै नसक्ने अल्सर र बैज्ञानीक तथा प्राबिधीक क्रान्तिको कारणले ल्याउने परिणाम स्वरुप परम्परागत सामाजिक संरचनाहरु भत्किदै छन भन्ने बिश्वास दिलाउने कोशीस गरीरहेका छन । यस्ता दलहरु र संघसंस्थाहरु मध्य उदाहरणको लागि संयुक्त राज्य अमेरीकामा भएका बिभीन्न प्रकारका अति दक्षिणपन्थी आन्दोलनहरु, मोभीमेन्टो सोसीयल इटालीयनो र यस्तै प्रकारका अन्य छन । यी कार्यशैलीहरुले यस्ता संघसंस्थाहरुलाई एउटा प्रभावशाली शक्तिको रुपमा उपस्थिति रहीरहन सहयोग गर्छ जसले आ–आपmना देशहरुका राजनैतिक बाताबरणलाई निर्धारीत गर्दछ ।
नयाँ पmासिज्म एकदमै प्रतिक्रियाबादी पुँजीवादी समूहसंग आधारीत हुन्छ र तिनीहरुद्धारा बढीरहेको प्रजातान्त्रिक आन्दोलनहरु र सर्बहारावर्गका क्र्रान्तीकारी संघ सस्थाहरुलाई प्रतिसन्तुलन गर्न र अथवा सामाजीक राजनैतीक संकटहरुको संचालनको लागि एउटा आपातकालीन बारुण यन्त्रको रुपमा हेरिन्छ । जसको पmलस्वरुप नयाँ पmासिष्ट दलहरु र संघ सस्थाहरु यद्धेपी तुलनात्मक रुपमा स–साना छन तर तिनिहरुले आपmूलाइ बिशाल आर्थिक श्रोतहरुको हैसियत राख्दछन र राज्य प्रशासनको कुनै क्षेत्रबाट संरक्षित रहन्छन ।
१९६०—१९७० को दशकमा यसले आपmनो केही प्रभाव गुमाएको भएता पनि नयाँ पmासिष्टमा अभmैपनि घेरै देशहरुको राजनैतिक बिकासमा एउटा सम्भाबीत खतरा रहीरहेको छ । कामदारहरुको क्रान्तीकारी आन्दोलन र सामान्य प्रजातान्त्रिक आन्दोलन दुबैको लागि नयाँ पmासिज्मको बिरुद्ध लडनु अभmैपनि एउटा प्रमुख कार्य रहेको छ ।
२ बिभीन्न देशका पmासिज्म र पmासिष्टहरुको बिबरण र ब्याख्या
क. इटालियन पmासिज्म – जसलाइ मुसोलिनीको पmासिन्म भनिन्छ
प्रथम बिश्वयुद्ध पछि इटलीमा प्रथम पmासिष्ट आन्दोलनको बिकास भयो । बेनितो मुसोलिनी, जो एउटा पत्रकार र युद्ध बिजेता थियो, उसले यो नयाँ खालको आन्दोलनको पछाडीको नेतृत्वदायी शक्तिकोरुपमा काम गरयो । शुरुको माक्र्सबादी मुसोलिनीले १९१९ तीर आएर आन्तराष्ट्ीय क्रान्तिको भन्दा राष्ट्रिय क्रान्तिको आबस्यकता छ भन्नेमा आपmू बिश्वस्त भएको बतायो । तर त्यस्तो आन्दोलनलाई अगाडी बढाउन सक्ने उपयुक्त खालको माध्यम, जसले लोककल्याण्कारी क्र्रान्तिकारी शक्ति वा उर्जा प्रदान गरोस, भेट्टाउन असमर्थ भयो । सर्बप्रथम उसले इटालियन समाजबादी दललाई लियो र यसको पत्रिका ’पmरवार्ड ’ को सम्पादन गरयो । तर १९१४ मा जब युरोपमा युद्ध छेडीयो, त्यो युद्धलाई मुसोलिनीले राष्ट्रबादी शक्ति वा उर्जामा बदल्ने एउटा मौकाको रुपमा देख्यो र नयाँ राष्ट्र निर्माणको निम्ति आबस्यक पर्ने त्याग र बीरताको भाबनाको बिकास गर्न थाल्यो । उ यसरी हस्तक्षेपकारी अभियानमा जुटयो, जसले इटलीलाई युद्धमा लाग्न दबाव दियो ।
१९१४ मा जब इटलीका नेताहरु युद्धमा लाग्ने निर्णय गर्ने बारेमा सोच्दै थिए, मुसोलिनीले इटलिलाई युद्धमा लाग्ने प्रोत्साहन गर्न इटलीका जनताको नाममा पत्रिका प्रकाशन गर्न शुरु गरयो । १९१५ मा जब इटलीले जमर्नी र अस्ट्रीया—हंगेरीको बिरुद्धमा युद्धको घोषणा गरयो, मुसोलिनीले आपmनो पत्रिका ’इटलीका जनता’ लाई इटालियनहरुलाई आपmनो देशको परिबर्तन र बिकासको लागि युद्ध महत्वपूर्ण छ भन्ने तपर्m आकर्षित गराउन प्रयोग गरयो । मुसोलिनीको तर्क थियो की जब युद्ध मैदानको अघिल्लो पंक्तिमा लडीरहेका सेनाहरु युद्ध मैदानबाट पmर्कनेछन, तिनीहरुले एउटा नयाँ सभ्रान्त बर्ग गठन गर्ने छन र एउटा नयाँ किसिमको राज्य निर्माण हुनेछ, र यसले इटालियन समाजलाई रुपान्तरण गर्ने छ । यस्तो नयाँ सभ्रान्त खालको भातृत्व र देशभक्तिको भाबनाको बिकास हुनेछ र समाजका प्रत्येक भागमा आँधीबेहरी ल्याउने खालको परिबर्तन लागु हुनेछ ।
मुसोलिनीले १९१९ मा युद्धबाट पmर्केका सैनिकहरुको क्रान्तिकारी शक्ति र उर्जा ल्याउन ’ इटालियन कम्ब्याक्ट भेटरान्स लिग ’ को स्थापना गरयो । यस्तो समूहको पहिलो बैठकले युद्ध भेटरान्सको एउटा सानो समूह, जसमा क्रान्तिकारी सिण्डीकालिष्ट ( समाजबादी जसले अन्तराष्ट्ीयबादी उन्मूख रहिरहनको लागि प्रथम पाइलाको रुपमा एउटा राष्ट्रिय क्र्रान्तिमा काम गरे), र भबिस्यबादीहरु (कबीहरुको एउटा समूह जसले इटालियन रणनिती र कला आधुनिक प्रबिधिगत समाजको बिगतसंग नाटकीय सम्बन्ध बिच्छेदको भूमीका खेले) थिए निर्माण गरे ।
यसरी गठन गरिएको इटालियन कम्ब्याक्ट भेटरान्स लिग, जसलाई सामान्यत पmासिज्म भनिन्छ, शुरुमा यो बामपन्थी एजेण्डाकोरुपमा लागुगरीयो । साथै सरकारको प्रजातान्त्रीक सुधार , कामदारहरुको लागि बढदो अधिकारहरु , र पुँजीको ( संपति) पुन बितरण गर्ने का मगर्न थाल्यो ।
१९१९ को चुनावमा पmासिष्टका उम्मेदवारहरुले केही सिटहरुमा बिजय हासील गरे । १९२० मा समाजबादी पार्टीले तुरीन र इटलीका अन्य उत्तरी शहरहरुमा भएका मिलीटेण्ट हडतालहरु पछि मात्र पmासिज्मले ब्यापक समर्थन पायो ।
समाजबादी अभियानले देशभर आतंक र अस्तब्यस्तता ल्यायोे, जसले यस्तो चाँसो र डर बढायोकी यदि अरु बढता समाजबादीको बिजय भयो भने इटलीको अर्थतन्त्रमा अरु बढता हानी गर्ने छ । समाजबादीहरुको यो डरले इटाली भरी सयौको संख्यामा नयाँ पmासिष्ट समूहह्रुको गठनलाई बढन सहयागीको भूमिका खेल्यो । यस्ता समूहका सदस्यहरुले कालो सर्टस लगाएका अर्ध सैनिक दस्ता जसले समाजबादीहरुमाथि निर्ममतापूर्बक आक्रमण गरे र उनीहरुका राजनैतिक कृयाकलापहरुलाई कमजोड बनाए ।
ख म्ुासोेलिनीको सत्ता प्राप्ति
समाजबादीहरु बिरुद्ध उनीहरुको प्रभावकारी आतङ्कको प्रयोगको पmलस्वरुप पmासिष्टहरुले ब्यापक क्षेत्रहरुबाट समर्थन पाए । प्रधानमन्त्री जिओभानी जिओलिटीले पmासिष्ट उम्मेदवारहरुलाई आपmनो संयुक्त सरकारमा सामेल गराए र मुसोलिनीको आन्दोलनलाई आदर सत्कार प्रदान गरे, जसले मे १९२१ का निर्बाचनको अभियानलाई मद्दत गरयो । निर्बाचनद्धारा नयाँ गठन भएको राष्ट्«िय पmासिष्ट पार्टी (पीएनएपm) लाई इटलीको संसदमा ३५ सिट मिल्यो । समाजबादीहरुबाट आउने खतरा कमजोड भयो, जे भएता पनि , र पmासिष्टहरुको शक्तिमा जाने अबसर कमजोड थियो । जब सम्म मुसोलिनीले अक्तुबर १९२२ मा सैनिक बिद्रोह गर्ने धम्की दिएनन, पmासिष्टहरुले मार्चमा रोममा आपmनो संगठीत शक्तिको प्रदर्शन गरे जसमा २५००० काला सर्टस लगाएका पmासिष्टहरुले राजधानीभरी बिशाल प्रदर्शन गरे । यद्धेपी इटालियन सांसदले त्यो प्रदर्शनलाइ सजिलरी कुल्चने काम गरयो । राजा भिक्टर इमान्युल तेस्रोले पmासिष्टहरुलाई ध्वस्त पार्न सेनाहरुको प्रयोग गर्ने सैनिक सासन लागु गर्न इन्कार गरे ।
यसको बदलामा राजाले जिओलिटी संगै गठबन्धन सरकारमा सामेल हुन मुसोलिनीलाइ निमन्त्रणा गरे । मुसोलिनीले यो बार्गेनिङ्गलाई मौकाको रुपमा स्वीकार गरयो । तर यो पmासिज्म एउटा आधिकारीक सत्ता हुनु भन्दा अगाडी करीब २०० बर्ष लाग्यो । १९२५ को शुरुमै मुसोलिनीले उनका आपmना अति प्रभावशाली आलोचक समाजबादी सांसद जिआकोमो मट्ठिओट्ठीको काला सर्टसहरुद्धारा हत्या गरेर उत्पन्न भएको राजनैतिक संकटको दौरानमा सत्ता आपmनो हातमा लियो ।
ग इटालियन पmासिज्मको पतन— मुसोलिनीको पतन
दुइवटा घटनाहरुले पmासिज्मको भाग्यमा महत्वपूर्ण पmेरबदल ल्यायो । प्रथम, १९२३ मा एडल्पm हिटलर जर्मनीको चान्सलर भयो, जसको मतलव हुन्थ्यो मुसोलिनीलाई एकजना बलियो शक्तिशाली पmासिष्ट पक्षधरको सहयोग र समर्थन । दोस्रो, अक्टुबर १९३५ मा इटालीले इथोपियामाथि आक्रमण गरयो । एक बर्षभन्दा कम समयमानै पmासिष्ट पmौजले कमजोड हातहतियार भएको र बिशाल पmौजीसंख्या भएका इथियोपियनहरुलाइ कुल्चीयो । यस समयमा मुसोलिनीको शक्ति एक दम उच्च बिन्दुमा पुगेको थियो । उसले प्राचीन रोमका बसिन्दाहरुको लागि एउटा अपिm्रकन साम्राज्य बनाउन चाहान्थ्यो । तत्कालिन लिग अपm नेसन्स ( हालको संयुक्त राष्ट्संघ) ले मुसोलिनीको यो कार्यको निन्दा गरयो र इटाली माथि दण्ड नाकाबन्दी लगाउने निर्णय पास गरयो । तर यसले त मुसोलिनीलाइ इटालीको हिरो बनाउने मात्र काम गरयो । किनभने उ आपmनो सैनिकीकरणको बिरोध गर्ने केही दर्जन देशहरुका बिरुद्ध जाइलाग्यो । तर इथियोपियनसंगको सो लडाइले इटलीलाइ उसको सैनिक र आर्थिक क्षेत्र तहस नहस बनायो । सोही समयमा उसमाथि उसले गरेको अतिक्रमणको अन्तराष्ट्ीय दबावले गर्दा मुसोलिनीलाइ हिटलरको अभm नजिक गएर हिटलरसंग संभmौतागर्न बाध्य पारयो, जसले जर्मनीलाइ लिग अपm नेसन्स बाट अलग गरेको थियो ।
जब हिटलर र मुसोलिनी एक आपसमा मिलेर काम गरे, तिनीहरु एक अर्काका शत्रु र साथी दुबै भए । हिटलरले मुसोलिनीको बिदेश नीती आपmैद्धारा निर्देशित गरेको अनुमान गर्न सकिन्छ । जर्मनी र इटली दुबैले जुन १९३६ मा भएको स्पेनिस गृहयुद्धमा त्याहाँको तानाशाहा जनरल पm्रान्सीस्को पm्रान्कोको पmासिष्ट सेनालाई सैनिक सहयोग गरेका थिए । यद्धेपी मुसोलिनीले आपmना पmासिष्ट पmौजले इटलीलाई एउटा सैनिक बिश्व शक्ति भनेर दाबी गरेको थियो । इटालियन सेनाले स्पेनमा धेरै नसोचिएका हानीहरुको सामना गर्नु परयो । अनि नोभेम्बर १९३६ मा मुसोलिनीले नाजी जर्मनसंग औपचारीक सैनिक गठबन्धन रोम—बर्लिन एक्सीजको अस्तित्वको घोषणा गरयो । पmासिज्म एक समयमा केबल इटलीको घरेलु समस्याको समाधानको रुपमा भएको, पछि आएर ब्रिटेन, पm्रान्स, संयुक्त राज्य अमेरीका र अन्य अरु प्रजातान्त्रीक र खासगरी कम्युनिस्ट देशहरुको बिरुद्ध घोषित शत्रुको रुपमा अगाडी आयो । इटालीको पmासिज्म हिटलरको सबै युरोप र रसियामा पनि भmण्डा गाडने योजनासंग गहीरोगरी जोडीएको थियो । हिटलरसंगको यस्तो समmौताले गर्दा इटालीलाई अन्तराष्ट्रीय समुदायबाट अरु बढी एकलायो, जसले मुसोलिनीलाइ अन्तराष्ट्रीय ब्यपार बिना स्वयम टिक्नुपर्ने स्थितिमा पुरायो । जब इटलीले युद्धको लागि आपmूलाइ तयार पारयो । सरकारी प्रचारप्रसारहरु ज्यादै युद्धउन्मुख हुदै गए । ठूलठूला जुलुस प्रदर्शनहरुमा सैनिकीकरणको स्वर आउन थाल्यो र मुसोलिनीलाइ अनाबस्यक महत्व दिने र गौरबको रुपमा प्रस्तुत गर्न थालियो । इटालियन सैनिकहरुले रोमको आपmनै पहल भन्दा भन्दै नाजी दोस्तहरुसंग मिलेर उनीहरुकै हिडाइको नक्कल गरे ।
यद्धपी इटालिएन पmासिष्टहरुले नाजी जातीबादीलाई एउटा हास्यको पात्र बनाएका थिए र इटालीमा कुनैपनि “ यहुदी समस्या” नभएको घोषणा गरेका थिए तर १९३८ मा इटालियन सरकारले एक्कासी नाजीले जस्तै यहुदी र उनीहरुका भाषा बिरुद्ध कानुन पास गरेका थिए । यो नयाँ कानुनले यो सिद्ध गरयो कि इटलीमा इटालियन यहुदीहरु छन । यस्तो नीतिले अन्त्यमा इटाली कैयन सामाजिक गणतन्त्रहरुको पmासिष्ट सरकार — उत्तरी इटलीमा नाजीको कठपुतली सरकारको रुपमा पुरायो जब यस सरकारले १९४३ मा नाजीहरुको आत्मदाह केन्द्रहरुमा करीब ८००० यहुदीहरुलाई मृत्युको मुखमा पठायो । मुसोलिनीलाई थाहा थियो कि उसको देश ठूलो युरोपियन युद्धको लागि राम्ररी तयार थिएन र उसले आपmनो प्रभावलाई दोस्रो बिश्व युद्ध शुरु हुनु भन्दा अगाडी नै शान्तीलाइ तोडन प्रयोग गरयो । तर उ आपmनै सैनिकको बेइमानीपन र उनीहरुको बितेका कथाहरुको कैदी भइसकेको थियो । जब हिटलरका पmौजहरु १९४० को बसन्तमा बेल्जीयम हुदै पm्रान्स प्रबेश गरे, मुसोलिनीले आपmनो तटस्थालाइ छाडयो र पm्रान्स— बिट्रेनका बिरुद्ध युद्धको घोषणा गरयो । यसरी मुसोलिनीले इटलीलाइ आपmना शक्तिशाली गठबन्धनहरुका बिरुद्ध युद्धमा सम्मिलीत गरायो, जसमा ब्रिटेन सम्राज्य, रुस र संयुक्त राज्य अमेरीका थिए । यद्धेपी मुसोलिनीले युद्धमा बिजयहुने दाबी गरेता पनि, इटलीका हतियारधारी शक्ति ज्यादै कमजोड थियो र युद्धको लागि तयार थिएन । इटालियन सेनाले १९४० र १९४१ वा दुबै युद्धमा बेइज्जतिपूर्बक हार खानु परयो । र मुसोलिनीको इटलीमा भएको लोकपृयता डगमगाउन थाल्यो ।
जुलाइ १९४३ मा नाजीको दबावको बाबजुद आपmना बर्गिय गठबन्धनबाट हार खाएकोले इटलीको पmासिष्ट ग्रायण्ड परिषदले मुसोलिनीको बिरुद्ध अबिस्वास प्रस्थाब पास गरयो । उसलाइ पmासिष्ट पार्टीको प्रमुख बाट हटाइयो । राजाले त्यस्तो निर्णयलाई स्विकृत दिए । राज्य प्रमुखको रुपबाट मुसोलिनीलाई बरखास्त गरे र उसलाइ गिरपmतार गरीयो । बहुसंख्यक इटालीयनहरु मुसोलिनीलाई उसले गरेको गल्तीको लागि उसलाइ पदबाट पदच्युत गरीएको खबर सुनेर अत्यन्तै हर्षित भए । उसको पछाडीरहेको तथाकथीत लोकपृयता एकैछिनमा कट्ठरपन्थिहरुको अनाबस्यक उत्साहा मात्रै छाडेर बाष्पीकरण भएर हाबामा उडयो । त्यसो भएतापनि, नाजी कमाण्डोहरुले मुसोलिनीलाई पाहाडको चुचुरोमा भएको जेलबाट बाहीर निकाले र हिटलरले उसलाई उत्तरी इटलीमा भएको नाजी कठपुतली सरकार — इटालीयन समाजबादी गणतन्त्रको कडा निगरानी र नियन्त्रण अन्तरगत राख्यो । नाजीहरुले मुसोलिनीलाइ आपmनो नियन्त्रणमा राखे र उसलाइ पmासिष्ट बिरोधी प्रतिरोधी लडाकुहरु — पार्टीजन्सलाई दबाउन प्रयोग गरयो र यसले जर्मनको हारलाई केही ढीलो गरायो । पार्टीजन्सहरुले अप्रिल १९४३ मा मुसोलिनीलाई जब उ गुप्त भेषमा स्वीटजरलैण्ड तपर्m भागेर जान खोजेको थियो, गोली हानी खसालेर मारी दिए । त्यसपछि हजारौ हजार इटालियन सैनिकहरुले इटालीमा नाजीहरुको साथमा मिलेर युद्ध लडन बाध्य भए र रसियन मोर्चामा वा नाजी सासनमा दास मजदुरहरुको रुपमा काम गरेर ज्यादै कठीन जीबन बिताउनु परयो ।
घ जर्मनी पmासिज्म — हिटलरी पmासिज्म
इटली भन्दा बाहीर पmासिष्ट आन्दोलनले शान्तिको समयमा सत्तामा आउन सपmल भएको देश जर्मन हो । त्यहाँ त्यसलाइ जर्मनको राष्ट्ीय समाजबादी जर्मन कामदारहरुको दल — नाजीज भनिन्थ्यो । राष्ट्रिय समाजबादी कार्यक्रमको महत्वपूर्ण केन्द्रीय पक्ष भनेको जर्मनीको कमजोर हुदै गएको तथाकथीत नैतिकता र मर्दै गएको जातीय बिखण्डन बिरुद्धको युद्धको बिचार र नीति र त्यसबाट शुरुवात गर्ने देशको पुनरजन्म । यसमा आधारीत संघर्ष र नयाँ जीबन ल्याउने कुराले नाजीबादको घेरै बैचारीक ब्याख्याहरुलाई ओभmेलमा पारी दियो । हिटलरको मेन क्याम्पm (मेरो संघर्ष १९३९) र उसको प्रचारप्रसार मन्त्री जोशेपm गोयबल्सका बकतब्यहरु र रेबी केह पmेक्स को पिmल्म — ट्ुम्पm अपm द वील १९३५ आदि समेत ।
नाजी सरकारका सबै कामहरुले पुरानो जर्मनको कथीत बिरामीपनलाई ध्वस्त पार्ने र नयाँ स्वस्थ समाजको निर्माण गर्ने— यी दुइवटा दोधारे उद्देश्यहरुलाई सेबा पुरायो । सरकारले प्रजातान्त्रीक स्वतन्त्रतालाई र संस्थाहरुलाई खतम पारयो, किनभने तिनीहरुलाई राष्ट्रलाई बिभाजन गर्नेको रुपमा हेरीएको थियो । उनीहरुको ठाउँमा सरकारले एउटा निरँकुश राज्य बनायो, जसलाइ तेस्रो रिट्ज भनिन्छ, जसले नयाँ समाजको केन्द्रको रुपमा काम गर्ने छ । नाजीहरुले जर्मन संस्कृतीलाई प्रबर्धन गरे, इस्वरबादलाई भित्राए र यसैलाइ निस्चीतगर्ने कोशीस गरेकी सबै जर्मनहरु भौतिकरुपले र मानसीकरुपले एउटा आर्यान सुहाउदो हुन र त्यसो हुनु पर्दछ । तर यी उद्देश्यहरु प््रााप्त गर्नका लागि, नाजी सत्ताले भौतिक र मानसिकरुपले उत्पादनहीन बनाउने खालका किताबहरु, पेन्टींगहरु ब्यापक प्रकाशन गरी तीनीहरुको मौलिकता, गुणहीनता बनायो र लाखौं मानिसहरु जो “रिट्ज” अथवा “ सब हयूमन” का बिरोधी थिए, तिनीहरुलाई शत्रुकोरुपमा दबाइयो र दास बनाइयो । यो नयाँ रुपमा आउने र ध्वस्तको मिलनबिन्दुलाई नाजीबाद स्वस्तीका (चारवटा हातहरुलाई क्रस गरेर ९० डिग्रीको कोण पार्ने ) को प्रचारप्रसार चींहद्धारा अंकित गरीयो । जर्मन प्रचारप्रसार संयन्त्रले स्वस्तीकालाई उदाइरहेको सूर्य र पुनरजन्म भएको को रुपमा पहिचान गरयो किनकि चींँहका बारहरुले स्थीर चक्रलाइ स्विीकार गर्छ । यसले गरेका अनगिन्ती हत्या, आतंङ्कहरुले गर्दा स्वस्तीकालाई एउटा नीर्दयी, कालजन्य र आतङ्ककोरुपमा पहिचान गरीन्छ ।
ङ हिटलरी पmासिज्म (नाजीबाद) का मुख्य बिशेषताहरु
नाजीबादका दुइवटा बिशेषताहरु जसले एक आपसमा जोडीएर यसलाइ शक्तिमा आएपछि यतिधेरै निरम्शखालले ध्वम्सात्मक र जंगली बनायो । पहिलो बिशेषता भनेको नाजीहरुको राष्ट्ीय माहानताको ढोंग थियो । यो ढोंगले जर्मनलाइ दैबीशक्तिले गर्दा नै एउटा सम्राज्य र बिशाल सैनिक शक्ति हुन सक्यो भन्ने थियो । यो ढोगको मिलनबिन्दुमा राष्ट्रको धारणा यो थियो कि राष्ट्रीय इतिहाँस, जाती, बंशाणु र प्रकृतिको छनौट सम्बन्धीत अर्ध बैज्ञानीक सिद्धान्तहरुमा भएका गुणहरुबारेमा गरीएका रोमान्स खालका भनाइहरुको समीश्रण थियो । यसले स्वाभाबीकरुपले जर्मन भीत्र सबै जर्मन जातीहरु वा जर्मन समुदायहरुको पहिलो एकता गर्ने र अनि जातीय शत्रुहरु देखि स्वतन्त्र एउटा बिशाल युरोपियन सम्राज्य निर्माण गर्ने सिद्धान्तमा आधारीत थियो । यी बिचारहरुले सोच्नै नसकेका हिंसा र अमानबीयताको अन्तराष्ट्ीय युद्धतर्फ धकेल्यो ।
नाजीबादको दोस्रो महत्वपूर्ण बिशेषता यो थियो की यो आधुनिक आर्थिक र सामाजीक परीप्रक्ष्यमा बिकसीत भर्एको थियो । जर्मनको प्रथम बिश्व युद्धमा हार हुँदा पनि यो देश भोतिक संरचना, सरकारी प्रभावकारीता, उधोग, आर्थिक सम्भाब्यता र शिक्षाको स्तरीयता आदीको लागि अभmैपनि बिश्वको सबभन्दा बिकसित र सम्पन्न देशहरु मध्य एउटा थियो । जर्मनीसंग राष्ट्रीय गौरबमा आधारीत जगहरुको गहीरो अनुभूती पनि थियो र कर्तब्य र अनुशासनलाई जोडदिएको एउटा नागरीक सचेतना थियो । यसको साथै, यो राष्ट्रसंग एउटा यहुदी प्रतिको घृणा र सम्राज्यबादको लामो परम्परा थियो र दैबीशक्ति प्राप्त नेताहरुप्रति आदरभाव थियो । जर्मनीमा प्रजातन्त्रीय संस्थाहरुको कमजोर जरा थिए र प्रथम बिश्वयुद्ध पछि प्रजातन्त्रलाई जर्मन सुहाउदो नभएको भनेर पूर्णत इन्कार गरीयो ।
च हिटलरको शक्तिमा उत्थान
जर्मनको आधुनिकता र यसको जातीयता, सम्राज्यबादी अति राष्ट्रबादीता आदीको खतरायुक्त मिलन प्रथम बिश्वयुद्ध पछि जर्मनीमा स्थापीत गरीएको बाइमर गणतन्त्र — संसदीय सरकारको आर्थिक, राजनैतिक असपmलताको रुपमा देखा परयो । मुसोलीनी भन्दा पmरक हिटलरले यस्तो एउटा देशलाई नियन्त्रणमा लियो जसको बलियो औधोगिक, सैनिक र शक्तिशाली सरकारको आधार जसलाई प्रथम बिश्वयुद्ध पछि पूर्णत सुसुप्त भएको थियो । हिटलर मुसोलीनी भन्दा धेरै शक्तिशाली पनि भयो किनकी नाजीहरु ब्यापकरुपले स्थापीत परम्परागत मान्यताहरुमा सामान्य उग्रता प्रदर्शनलाई प्रदर्शीत गरीएको थियो । जबकी इटलीका पmासिष्टहरुले नयाँ निर्माण गर्नै पर्ने थियो । यद्धेपी १९३२ को प्रजातान्त्रीक निर्बाचनमा नाजी पार्टीले जर्मन संसदमा नियन्त्रण गरेको थियो, १९३३ मा हिटलरले संबिधानलाइ निलम्बीत गरयो, राष्ट्रपति शाशन खारेज गरयो र आपmैले आपmूलाइ जर्मनको नेतामा घोषणा गरयो र सत्तामा आएपछि हिटलरले नयाँ जर्मनलाई उच्च राजनैतिक संस्कारलाई तुरुन्तै आत्मसात गर्न सक्ने शक्तिको रुपमा आपmनो पmासिष्ट द्दष्टीकोण लागु गर्न सक्षम भयो । थर्ड रिटजले तुरुन्तै जर्मनको र युरोपको बिशाल क्षेत्रहरुको रुपान्तरणको लागि उसको ब्यापक क्षेत्र ओगटने योजना कार्यान्बयन गने प्राबिधीक, संगठानात्मक, सैनीक र सामाजीक माध्यमहरुको निर्माण गरयो ।
नाजीहरुको नयाँ जर्मन साम्राज्य निर्माण गर्ने प्रयासले १९४० को दौरानमा छ लाख भन्दा बढता मानिसहरुको क्रमबद्ध रुपमा हत्या गरयो । र नाजीहरुको आक्रमण र देशहरुमाथीको अतिक्रमणले गर्दा लाखौ अरु मानिसहरुको मृत्यु भयो । शुरुमा नाजीहरुले हुदीहरुको हत्या गरे, तर त्यो क्रम अप्राकृत यौन मार्गीहरु, अपांग मानिसहरु र अल्पसंख्यक धार्मिक समुदायका मानिसहरु जस्तै होस माओसका साछीहरु । यी सबै हत्याहरु र बिध्वंसहरु नाजीहरुको यो मान्यतामा आधारीत थियो की यस्ता गैर जर्मनहरुले नै राज्यको शक्तिलाई कमजोड बनाएको थियो । सोही समयमा नाजीहरुले नयाँ जातीयताबादी साम्राज्य बनाउने प्रयासको लागि युरोप नियन्त्रण गर्ने प्रयास गरे । यो प्रयासले गर्दा दोस्रो बिश्वयुद्धको जन्म भयो र जसमा लाखौ सैनिकहरु र नागरीकहरुको मृत्यु भयो । युद्धमा शुरुमा भएको सपmलता पछि जर्मनले आपmूलाई सबै पक्षहरुबाट हार खाइरहेको पायो । जर्मनी पmौज पूर्बी युरोपमा र उत्तरी अपm्रीकामा उनीहरुले हजारौ शत्रुहरुको युद्ध बिमानहरु, टयाङ्कहरु र जहाजहरुको सामना गर्नु परयो । केही हार खाएपछि हिटलरले अप्रिल १९४५ मा आपmूले आपmै लाइ आत्महत्या गरी मारयो र त्यसको लगत्तैका महीनाहरुमा जर्मनीले शत्रु देशहरुको अगाडी आत्मसमर्पण गरयो ।
यसैगरी विश्वका विभिन्न देशहरुमा जस्तै १९३० को दशकमा स्पेनमा जनरल पm्रान्सीस्को पm्रान्का, १९३० को दशक र १९६८ को दशकमा पूर्तगाल— एन्टोनीयो द ओलिभेरा सलाजार , १९३३ — ३८को दशकमा अस्ट्ीयामा इगल बर्ट डोलपmास, १९४० — ४५को दशकमा पm्रान्समा हेनरी पmीलिप पेटेप र ह्ंगरीमा पmरनेक सजालासी (आर्मी अपिmसर) र १९३०—३९को दशकमा रुमानीयामा आइरन गार्ड ( एन्टोनीएक्यू)आदि प्रशिद्ध छन् । तर यी सबै फासिष्टहरुको पतन नराम्रो गरी भएका इतिहास छ । वर्तमनका लागि पनि यो सत्य हो ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm