वैशाख १९ काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय समितिको आयोजनमा ८, ९ र १० नं. ब्यूरो अन्तरगत पार्टी र जवस मोर्चामा कार्यरत पार्टी पिविएम र सिसिएमहरुको ३ दिने अन्तरकृयात्मक प्रशिक्षण कार्यक्रम बैशाख १९ गतेदेखि काठमान्डौमा सुरु गरिएको छ ।
पार्टीका महासचिव गौरवव्दारा सो कार्यक्रमको उद्घाटन गरिएको छ । प्रशिक्षणको उदधाटनशत्रको अध्यक्षता महासचिव गौरवले गर्नु भएको छ ।
पार्टी स्थाई समिति सदस्य प्रतिकव्दारा संचालन गरिएको एक्र कार्यक्रमको महत्व र उद्येश्यका बारेमा पार्टी स्थाई समिति सदस्य रामसिंह श्रीषले प्रकाश पार्नु भयो ।

यहि वैशाख १९देखि २१ गतेसम्म संचालन गरिने उक्त प्रशिक्षण कर्यक्रमको सहजकर्तामा पार्टी स्थाई समिति सदस्यहरु रामसिंह श्रीष, हरीभक्त कँडेल, सन्त्बहादुर नेपाली र इन्द्र मोहन सिग्देल रहनु भएको छ ।
प्रशिक्षणमा तात्कालिन राजनितिक परिस्थिति, माक्सवाद र सँशोधनवाद, आर्थिक निति र उत्पादन, किसान सँघर्ष,सँघर्षको कार्यदिशा, जिल्ला अधिवेशन ्भेला, जनसँगठन निर्माण र विस्तार,सँगठनात्मक प्रस्ताव , सँगठनात्मक नियमावली र आर्थिक नियमावलीआदि सम्वन्धि विषयहरु राखिएको छ् ।






























