क्रान्तिकारी ट्रेड यूनियन महासंघद्वारा ¥यालीसहित १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा सम्पन्न (फोटोफिचर)

क्रान्तिकारी ट्रेड यूनियन महासंघद्वारा ¥यालीसहित १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा सम्पन्न (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी ट्रेड युनियन महासंघले ¥यालीसहित १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा सम्पन्न गरेको छ । माइतीघर मण्डलाबाट निकालिएको ¥याली ललितपुरस्थित कुपण्डोल कार्यालयमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । समारोहलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले विशेष सम्बोधन गर्नुभएको थियो ।

महासंघका संयोजक इश्वर तिमिल्सिनाको अध्यक्षता र महासंघकी नेतृ कमला चन्दको सञ्चालनमा सम्पन्न समारोहलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम तथा ९ नं. ब्यूरोका इन्चार्ज चिन्तामणि पौडेलले सम्बोधन गर्नुभएको थियो ।


वक्ताहरुले अन्तर्राष्ट्रिय मजदुर दिवसको क्रान्तिकारी महत्वको विषयमा प्रकाश पार्नुभएको थियो ।