काठमाडौं, फागुन २९ । आईसीसी बिश्वकप छनौट अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले हंगकंगलाई ५ विकेट पराजित गर्दै समुह चरणको खेलको अन्त्य गर्यो । समुह ‘बि’ बाट स्कटल्याण्ड, जिम्बाबे र अफगानिस्तान सुपर सिक्स चरण प्रवेश गर्दा नेपाल र हंगकंग भने चौथो र पाँचौ स्थानमा रह्यो । समुह ‘ए’ बाट वेस्ट इन्डिज, आयरल्याण्ड र युएई सुपर सिक्स प्रवेश गर्यो भने नेदरल्याण्ड र पपुवा न्यु गिनी चौथो र पाँचौ स्थानमा रह्यो ।

समुह चरणको खेल पछि अब मार्च १५ देखि सुपर सिक्स चरण सुरु हुनेछ भने सोहि दिन नेपाल सहित सुपर सिक्स नपुगेका ४ देश सातौँ स्थानको लागि प्लेअफ खेल्नेछन् । सुपर सिक्सबाट अंकतालिकामा उत्कृस्ट २ हुने टिम २०१९ को इंग्ल्यान्डमा हुने बिश्वकप खेल्न छनौट हुनेछ ।

सुपर सिक्स पुग्न नसकेका ४ टिम बीच भने एकदिवसीय मान्यता र डिभिजन–१ मै रहन प्रतिस्पर्धा हुनेछ । आईसीसीले अधिकारिक घोषणा नगरेपनि अन्य ठुला अन्तर्राष्ट्रिय मिडियाका अनुसार बिश्वकप छनौटको पुछारमा रहने २ एसोसिएट राष्ट्रले २०१९ को बिश्व क्रिकेट लिग डिभिजन–२ मा प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त डिभिजन–२ मा उत्कृस्ट हुने २ टिमले बिश्व क्रिकेट लिग च्याम्पियनसिप २०२०–२०२२ खेल्नेछ ।

नेपालको खेल पपुवा न्युगिनीसंग, जित्दा के हार्दा के ?
प्रतियोगितामा उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई ४ बर्षको लागि अस्थाई एकदिवसीय राष्ट्रको मान्यता दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले घोषणा गरेको हुँदा अब सुपर सिक्स पुग्न असफल रास्ट्रहरु नेपाल, हंगकंग र पपुवा न्यु गिनीको लक्ष्य एकदिवसीय रास्ट्रको मान्यता पाउने रहेको छ । प्रतियोगिताको समुह ‘ए’ बाट युएईले तथा समुह ‘बि’ बाट स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने निश्चित भएको छ । अब एकदिवसीय मान्यता नेपाल, पपुवा न्यु गिनी र हंगकंग मध्ये उत्कृस्ट हुने १ टिमले पाउनेछ ।

यदी नेपालले पपुवा न्युगिनीलाई पराजित गर्यो र उता हंगकंगले पनि नेदरल्याण्डलाई पराजित गर्यो भने नेपाल र हंगकंग बीच सातौँ स्थानको लागि खेल हुनेछ जुन खेलको बिजेताले एकदिवसीय मान्यता पाउनेछ ।

यदी नेपालले पपुवा न्युगिनीसंगको प्ले–अफ खेल हारेमा नेपालले एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ । नेपाल हारे पपुवा न्युगिनीले सातौ स्थानको लागि नेदरल्याण्ड र हंगकंगसंगको बिजेता टिमसंग खेल्नेछ । नेदरल्याण्डले हंगकंगलाई पराजित गर्ने र नेपालले पपुवा न्युगिनीसंग हारे पपुवा न्युगिनीले एकदिवसीय मान्यता पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर