सेनाका रत्नजित र नविन फाईनलमा

सेनाका रत्नजित र नविन फाईनलमा

काठमाडौं । नेपाली सेनाका साविक विजेता रत्नजित तामाङ्ग र नविन श्रेष्ठ योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । दुवैले पुलिसका खेलाडीहरुलाई पराजित गरेका थिए ।

पुरुष एकलको सेमिफाइनलमा रत्नले बिष्णु कटुवाललाई २१/८, २१/१४ र नविनले दिपेश धामीलाई २१/१६, ७/२१ र २१/१० ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

यसअघि सोमबार नै भएको क्वाटरफाइनलको खेलमा रत्नले पर्फेक्ट फिटनेशका जीवन आचार्यलाई, बिष्णुले एपिएफका सुदीप सेंढाईलाई, नविनले एपिएफका साजन कृष्ण ताम्राकारलाई र दिपेशले सेनाका प्रफुल महर्जनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

यस्तै पुरुष जोडी तर्फ पनि रत्नजित र नविनको जोडी फाइनल पुगेको छ । रत्न र नविनको जोडीले पर्फेक्ट फिटनेशका निर विक्रम देवकोटा र जीवन आचार्यको जोडीलाई २१/१६, २१/१५ ले पराजित गरेका थिए ।

अर्को सेमिफाईनलमा एपिएफका बिमल श्रेष्ठ र बिशाल प्रधानको जोडी पुलिसका दिपेश धामी र बिष्णु कटुवालको जोडी संग २१/१८, ९/२१ र १४/२१ ले पराजित भए ।

सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको महिला एकलमा अघिल्लो संस्करणकी विजेता नेपाली सेनाकी नङ्गशलदेवी तामाङ्गले आफ्नै क्लबकी अनु माया राईलाई २१/१९, २१/१९ को सोझो सेटमा पराजित गर्दै फाईनलमा सेनाकै अमिता गिरी संग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

गिरीले सेमिफाईनलमा एपिएफकी शोभा गौचनलाई २२/२६, १८/२१ र २१/१२ ले पन्छाउंदै फाईनल यात्रा तय गरेकी थिईन् ।

महिला जोडीमा एपिएफकी पुजा श्रेष्ठ र याम कुमारी गुरुङ्गको जोडी जेष्टका सुनैना मुखिया र जेसिका गुरुङ्गको जोडीलाई २१/१८ र २१/११ ले पराजित गर्दै फाईनल प्रवेश गरे ।

ब्वाईज यु–१५ मा कन्चनपुरका गोकुल जोरा एभिएन स्कुलका प्रियान्सु सिंह घर्तीलाई २०/२२, २१/११ र २१/१० ले पराजित गर्दै फाईनल पुगे । अव फाईनलमा उनले ललितपुरका पेम्बा शेर्पाको सामना गर्ने भएका छन् । शेर्पाले कैलालीका जे.बी.चन्दलाई १५/२१, २१/१२ र २१/८ ले पराजित गरे ।

गल्र्स तर्फको स्पर्धामा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्ट र आर्मीकी रसिला महर्जन फाईनल पुगे । भट्टले विराट ब्याडमिन्टन क्लबकी निता लम्साललाई २१/१२, २१/१४ ले र महर्जनले विराट ब्याडमिन्टनकी नै सिमा राजबंशीलाई २१/७, २१/१४ ले पराजित गरे