रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम, सेभिल्लासँग पराजित

रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम, सेभिल्लासँग पराजित

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडको ४० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ ले पराजित भयो ।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियलले ६७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।

तर, ८५ औं मिनेटमा कप्तान सर्जिओ रामोसले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । खेलको अतिरिक्त समयमा जोभेटिकले गोल गरेपछि सेभिल्ला विजयी भयो ।

यो रियल मड्रिडको ६ अप्रिलपछि पहिलो हार हो । हारका बाबजुद रियल ला लिगाको शीर्ष स्थानमा कायम छ । सेभिल्ला भने बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

रियलको १७ खेलबाट ४० अंक छ भने सेभिल्लाको १८ खेलबाट ३९ र समान खेलबाट बार्सिलोनाको ३८ अंक छ ।