जगातीबाट पनि आजदेखि सवारी लाइसेन्स वितरण

जगातीबाट पनि आजदेखि सवारी लाइसेन्स वितरण

काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारदेखि भक्तपुरको जगातीबाट पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको काम सुरु गरेको छ ।

यसअघि विभागले स्वयम्भुस्थित ठूलो भर्‍याङबाट लाइसेन्स वितरण थालेको छ । कार्यालय खुलेपछि अहिले यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने भीड घट्ने दावी अधिकारीहरुको छ ।

आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा यो कार्यालयले लाइसेन्स नवीकरणको काम गर्नेछ । यस्तै लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन पनि कार्यालयले बुझ्नेछ ।

विभागले केही साताअघि मात्रै लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको थियो । यसपछि काठमाडौंको चाबाहिलमा पनि लाइसेन्स वितरण कार्यालय खुलाउने तयारी छ ।