चर्चित र्‍यापर यमबुद्ध बाथरुममा झुण्डिएको अबस्थामा भेटिए

चर्चित र्‍यापर यमबुद्ध बाथरुममा झुण्डिएको अबस्थामा भेटिए

लण्डन । यमबुद्धको नामले परिचित र्‍यापर अनिल अधिकारी झुण्डिएको अवस्थामा भेटिएका छन् ।

लण्डनमा रहँदै आएका अधिकारी साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् ।

लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको र बुधबार पोष्टमार्टम भएपछि मात्र थप जानकारी आउन सक्ने जानकारी दिएको अधिकारीहरुको भनाई छ ।

उनको नेपालस्थित घरमा सम्पर्कको प्रयास जारी रहेको र उनको शबलाई नेपाल ल्याउने वा नल्याउने भन्ने यकिन भइनसकेको जनाइएको छ ।