चार करोड नगदसहित नागढुंगाबाट तीन चिनियाँ पक्राउ

चार करोड नगदसहित नागढुंगाबाट तीन चिनियाँ पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट रसुवातर्फ लाँदै गरेको गाडीबाट करिब ४ करोड ४० लाख बराबरको विदेशी मुद्रासहित ३ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

राति सवा २ बजे प्रहरीले चेक गर्दा स्कारपियो गाडिबाट रकम लिएर रसुवा तर्फ जाने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीन चिनियाँ नागरिकको साथबाट २ लाख ६० हजार अमेरिकी डलर प्रहरीले बरामद गरेको छ ।

यस्तै उनीहरुको साथबाट १ लाख १८ हजार युरो र केही अस्ट्रेलियन डलर समेत फेला परेको छ । पक्राउ पर्नेमा दुई महिला र एक पुरुष रहेका छन् । उनीहरु बा १ य १२३२ नम्बरको स्कारपियो गाडीबाट रसुवातर्फ जाँदै थिए ।

शुक्रबारराति नै प्रहरीले रसुवाबाट काठमाडौं ल्याइएको १५ किलो सुन समेत बरामद गरेको थियो ।

सोही रात रसुवा लैजादै गरेको रकम भेटिनु र १५ किलो सुन भेटिनुबीच कुनै सम्बन्ध रहे नरहेकोबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।