एजेन्सी । चिनिया सञ्चारमाध्यमले अमेरिकाले दक्षिण चीन सागरमा बेइजिङले बनाएको कृतिम टापुसम्म जान रोकेमा भीषण युद्ध हुने चेतावनी दिएको छ ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले ‘के टिलरसनको धम्की मात्र सिनेटका लागि धोका हो ?’ शीर्षकमा लेखेको सम्पादकीयमा भनिएको छ, ‘सिनेट सदस्यको समर्थन जुटाउन र जानीबुझीकन चीनमाथिको कठोर नीति देखाएर नियुक्तिको सहमति पाउने सम्भावनालाई बढाउनु थियो ।’
दुई दिनअघि मात्रै अमेरिकी विदेशमन्त्रीका रुपमा नाम चर्चामा रहेका रेक्स टेलरसनले अमेरिकाले चीनलाई दक्षिण चीन सागरका टापुसम्म पुग्न रोक्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
विदेशमन्त्रीको पदमा नियुक्तिका लागि स्वीकृतिका लागि भएको सुनुवाईका क्रममा रेलरसनले सिनेटमा दक्षिण चीन सागरमा चीनले गरेको टापु निर्माण रुसको क्रिमियामाथि नियन्त्रण समान रहेको बताएका थिए ।
अमेरिकाको नयाँ सरकारले चीनलाई चेतावनी दिएर दुईवटा मुख्य सन्देश दिन चाहेको छ । पहिलो कुरा चीनलाई दक्षिण चीन सागरमा टापु निर्माण गर्न रोक लगाउने र दोस्रो उसलाई ती टापुसम्म पुग्न नदिएर खुम्च्याउने रणनीतिमा अमेरिका रहेको छ ।
सम्पादकीयमा भनिएको छ, ‘यो स्पष्ट छैन कि उसले जतिक कुरा उठाएको छ त्यसमा कुनलाई प्रमुखता दिन्छ, तर उसको टिप्पणीमाथि भ्इान दिन जरुरी छ कि चीनलाई यी टापुसम्म पुग्नै नदिने अहिलेसम्मकै कट्टर अभिव्यक्ति हो ।
यसैगरी ‘चाइना डेली’ ले भनेको छ, ‘एउटा प्रश्न खडा भएको छ कि के एक्सन मोबिल कार्पका पूर्वअध्यक्ष तथा प्रमुख कार्यकारी टेलरसनलाई विदेशमन्त्रीका रुपमा सिनेटले सहमति देला ।’
उसले भनेको छ, ‘यदि उनको नियुक्ति भएमा चीनविरुद्धको उनको विचारले कुन हदसम्म अमेरिकी नीतिको रुप लिन्छ । आखिरमा अमेरिकी सिनेटको विदेश मामिला समिति समक्ष उनको् नियुक्तिका दौरान जुन कुरा राखेका छन्, त्यो उनको व्यक्तिगत नीतिगत झुकाव हो ।’
चिनियाँ सञ्चारमाध्यमले दक्षिण चीन सागरमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेपको प्रयास गरे भीषण युद्ध हुने चेतावनी दिएका छन् ।