प्रचण्ड र सिबीचको वार्तामा मोदीले देखाए ‘ठूल्दाइ प्रवृत्ति’

प्रचण्ड र सिबीचको वार्तामा मोदीले देखाए ‘ठूल्दाइ प्रवृत्ति’

xi-modi-prachanda

३० असोज, २०७३ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच चलिरहेको गोप्य वार्ता कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रवेश गरेको प्रम दाहालका स्वकीय सचिव प्रकाश दाहालले आफ्नो फेसबुक वालमा उल्लेख गरेका छन् । नेपाल र भारतबीचमा भएको २५ बुँदेको सहमतिको ११ नं.बुँदाकै कारण मोदीले प्रचण्ड र सिबीच चलिरहेको बार्ता बीचमा यसरी प्रवेश गर्ने हिम्मत गरेको हुनसक्ने कुटनीतिज्ञहरुले बताएका छन् । मोदीले ‘ठूल्दाइ’को व्यवहार देखाएको कुटनीतिकवृतमा चर्चा छ ।
दुई सार्वभौम मुलुकका राष्ट्र प्रमुखबीच गोप्यरुपमा चलिरहेको वार्ता कक्षमा तेस्रो मुलुकका प्रधानमन्त्री यसरी प्रवेश गर्नुलाई कुटनीतिक मर्यादा विपरीतको कार्य मानिन्छ ।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव तथा छोरा प्रकाश दाहालले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “आज छुट्टै अनौपचारिक भेट चिनियां राष्ट्रपतिसंग नेपाली प्रधानमन्त्रीको एक्लै भएको थियो । भारतीय प्रधानमन्त्री पनि त्यहि कक्षमा आउनु भयो । र, तीन राष्ट्रप्रमुखबीच संयुक्त अनौपचारिक भेट २० मिनेट जति भएको थियो ।”