डा.केसीका माग तत्काल पूरा गर : अध्यक्ष बैद्य

डा.केसीका माग तत्काल पूरा गर : अध्यक्ष बैद्य

mohan-baidhya-with-dr-kc

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य‘किरण’ र पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले अनसनरत डा.गोविन्द केसीलाई भेटी आन्दोलनप्रति पार्टीको तर्फबाट ऐक्यबद्धता जाहेर गरेका छन् । २० असोजमा डा.केसीलाई भेटेर अध्यक्ष बैद्यले केसीको स्वास्थ्यलाभको कामना गरे भने उनले डा. केसीका जायज माग पूरा गर्न सरकारसँग मागसमेत गरेका छन् ।
आफ्ना माग पूरा गराउन नवौंपटक अनसन बसेका डा. केसीका माग पूरा गर्न सरकारले तत्काल पहल गर्नुपर्ने अध्यक्ष बैद्यको जोड थियो ।
स्मरण रहोस् कि क्रान्तिकारी माओवादीले डा.केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आएको छ । यसअघि पनि पार्टीका बरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलसहितका नेताहरुले डा.केसीलाई भेटेर आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका थिए । डा.केसी चिकित्सा क्षेत्रमा व्याप्त बिकृति, विसंगति, माफियाकरण र भ्रष्टाचारको अन्त्यका लागि नवौं पटक अनशनमा बसेका हुन् ।
त्रिवि शिक्षण अस्पताल महाजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रध्यापक डा.केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने समेत माग गर्दै आएका छन् ।