चितवन । सर्बाधिक चर्चित एवं विश्वभर केमिकल पानी बेच्दै आम मानिसको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै आईरहेको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लि.द्वारा उत्पादित पेय पदार्थ कोककोलामा अखाद्य पदार्थ भेटिएको छ । बोटलर्स नेपाल(तराई) लि. भरतपुर गोन्द्राड्डद्वारा उत्पादित प्लाष्टिकको बोतलवाला कोकमा उक्त अखाद्य पदार्थ भेटिएको हो । नारायणगढ कमलनगरमै एक सामान्य होटल चलाउदै आएकी पार्बती बरालले खानको लागि किन्दा प्लाष्टिकको बोतलवाला उक्त सिलप्याक जम्बो कोकमा अखाद्य पदार्थ भेटिएको हो ।
नारायणगढको एक होलसेल पसलमा बिक्रीको लागि राखिएको उक्त सिलप्याक जम्बो कोकभित्र हेर्दा ¥याल जस्तो देखिने पदार्थ खुल्ला आँखाले स्पष्ट देख्न सकिन्छ । हालसालै उत्पादन मिति रहेको उक्त कोककोलामा अखाद्य लेदो पदार्थ भेटिनुले कम्पनीको आम उपभोक्ताको स्वास्थ्यमाथि पूरै खेलबाड गरेको देखियो नारायणगढकै एक व्यवसायीले बताए । होटल व्यबसायमा संलग्न उनले कम्पनीको यस्तै खाले कमजोरीले गर्दा आफूले कोककोला कम्पनीको पेय पदार्थ बेच्न छाडेको बर्षौ भईसकेको बताए । २० बर्षदेखि कोक खाँदै आएका एक उपभोक्ताले कोकमा स्वास्थ्यको लागी हानिकारक तत्वहरु हुने थाहा पाएपछि विगत एक बर्षयता कोककोला जस्ता हल्का पेय पदार्थका नाममा बजारमा पाइने मन्दविषयुक्त तरलपर्दाथहरु खान छाडेको बताए ।
यसअघि पनि कोककोलामा पटकपटक यस्ता खाले अखाद्य पदार्थ भटिएको थियो । कोककोला जस्ता हल्का पेय पदार्थका नाममा बजारमा पाईने मन्द विषयुक्त तरल पदार्थहरुले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकोले त्यस्ता खाले हल्का पेय पर्दाथहरु र जड्ढफुड खान नहुने डा. हरुले सुझाव दिएका छन् । भरतपुर अस्पतालका एक बरीष्ठ डा.ले चाडबाडको बेला बढी जड्ढफुड र हल्का पेय पदार्थको रुपमा बजारमा पाईने मन्द विषयुक्त तरल पर्दाथहरु खाँदा पाचन प्रणालीमा समस्या लगायतका अन्य गम्भीर समस्याहरु आउने गरेको बताए ।
बिभिन्न बिग मिडियाहरुमा पैसाको भरमा अनावश्यक, भ्रमपूर्ण प्रचारबाजी गर्दै सर्बसाधरणलाई लोभ्याउदै मन्दविषयुक्त तरलपर्दाथहरु बेच्नेमाथि कस्ले कार्बाही गर्ने ? राज्यको कुन निकायले कहिले कार्बाही गर्ने ? स्थानीय उपभोक्ताहरु प्रश्न गर्छन् । उनीहरु राज्यले यस्ता कम्पनीहरुलाई कारबाही नगरे आम उपभोक्ताहरुले नै त्यस्ता उत्पादनलाई बहिस्कार गर्नुपर्ने धारणा गर्ने की ? त्यस्ता अखाध पदार्थ बेच्नेहरुलाई कार्बाही गर्न ढिला हँुदा दण्डहिनता र आपराधिक प्रवृती मौलाउनुका साथै जनस्वास्थ्यमाथी गम्भिर खेलवाड गर्ने मुनाफाखोर प्रवृती हावी हुन राख्छन् ।
उक्त सिलप्याक जम्बो कोक अब चितवनको जिल्ला प्रशासन कार्यालयमा पुगिसकेकाले कम्पनी माथि कार्बाही हुने प्रतीक्षामा स्थानीय उपभोक्ता देखिन्छन् । सामान्य पानी मा लेबल नमिलेको वा बढी मूल्य लिएको भन्दै दैनिक रुपमा अनुगमन र कार्बाहीमा लागेको जिल्ला प्रशासन कार्यलयले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लि. लाई कार्बाही गर्ने ल्याकत राख्नेछ वा के हुने छ ? त्यो आगामी दिनले नै देखाउने छ । जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक नबिन देउजाले अखाद्य तत्व मिश्रित उक्त सिलप्याक जम्बो कोकलाई परीक्षण र कार्बाहीको लागी हेटौडा ल्याबमा पठाईसएिको जानकारी दिए । यता कम्पनीका रिजनल म्यानेजर शैलेन्द्र चतुर्वेदीले कहिलेकाही यस्तो लिकेजको समस्या आउने गरेको भन्दै जनस्वास्थ्यमाथिको गम्भीर खेलवाडलाई हलुका र सामान्य रुपमा लिन्छन् । राज्यको नियमनकारी निकायलाई प्रभावकारी नबनाएसम्म र आम उपभोक्ता सचेत नबनेसम्म यस्ता गैरजिम्मेवारीहरु दोहोरिरहन सक्छन् ।