यस्तो छ क्रान्तिकारी माओवादीको आजको आन्दोलन

यस्तो छ क्रान्तिकारी माओवादीको आजको आन्दोलन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै आजदेखि आन्दोलनको सुरुवात गरेको छ ।

बुधबार बागबजारबाट पार्टी केन्द्रीय सदस्य तथा पूर्वसभासद शिवराम यादवसहित ४ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर सिंहदरबारमा राखेको छ ।

त्यसको विरोधमा क्रान्तिकारी माओवादीले शुक्रबार एक घन्टा चक्काजामको आयोजना गरेको छ ।

आफ्नो पार्टीका केन्द्रिय सदस्यसहित चार जनालाई बिनाकारण दुःख दिने नियतले पक्राउ गरेकाले आन्दोलन गर्नुपरेको क्रान्तिकारी माओवादी नेवाः राज्य समितिका इन्चार्ज दिनेश शर्माले जानकारी दिए ।

पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे भोलि सिठ्ठी जुलुस र आइतबार उपत्यका बन्दको आव्हान गरेको छ ।

बुधबार प्रहरीले बागबजारस्थित अखिल (क्रान्तिकारी) को कार्यलय परिसरबाट नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी) का सहसंयोजक राम नेपाली, केन्द्रिय सदस्यहरु महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई प्रहरीले पक्राउ गरेको थियो ।