सन्यास फिर्ता लिदै अर्जेन्टाइन स्टार मेस्सी फर्किए राष्ट्रिय टोलीमा

सन्यास फिर्ता लिदै अर्जेन्टाइन स्टार मेस्सी फर्किए राष्ट्रिय टोलीमा

Messiकाठमाडौं । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले सन्यास फिर्ता लिँदै राष्ट्रिय टिममा फर्किने घोषणा गरेका छन् ।

केही समयअघि भएको कोपा अमेरिका कपको फाइनलमा चिलीसँग ट्राइबेकरमा पराजित भएपछि उनले राष्ट्रिय टोलीबाट अब नखेल्ने बताएका छन् । पुनः राष्ट्रिय टोलीमा फर्किने घोषणासँगै उनका समर्थकहरुमा खुसियाली छाएको छ ।

उनको यस्तो घोषणासँगै विश्वकप क्वालिफायर टिममा सामेल गरिएको छ । सेम्टेम्बरमा हुने क्वालिफायरमा अर्जेन्टिनाले उरुग्वे र भेनेजुएलासँग खेल्नेछ । आफ्नो सन्यास फिर्ता लिदै आफूले देशप्रेमका कारण राष्ट्रिय टिममा फर्किने घोषणा गरेको बताएका छन् ।

अर्जेन्टिनाका टिम म्यानेजर एडगार्दो बाउसाले बार्सिलोनामा लियोनल मेस्सीसँग कुराकानी गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् । वर्तमान समयमा सबैभन्दा उत्कृष्ट खेलाडि मेस्सीले आफू चार पटकसम्म फाइनलमा पुगेपनि एउटा उपाधी जित्न नसकेकोमा भावुक बन्दै सन्यास फिर्ता लिएका थिए ।

आफूले लिएको सन्यासका बारेमा गम्भीरतापूर्वक सोचेपनि आफ्नो देश र जर्सीको धेरै माया रहेको बताए । २९ वर्षीय मेसी अर्जेन्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले १३३ खेलमा ५५ गोल गरेका छन् ।

सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेका मेस्सीले अन्तर्राष्ट्रिय स्तरमा पाएको एकमात्र सफलता हो । पाँच पटक फिफा वर्ष खेलाडी भएका उनले क्लब फुटबलमा भने सबैप्रकारका सफलता हात पारिसकेको छन् ।