क्रान्तिकारी माओवादी निकट अनेमसंघ (क्रान्तिकारी)ले मनायो देशैभर श्रमिक महिला दिवस (फोटो फिचरसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी)ले देशैभर १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । काठमाडौं उपत्यकामा संगठनको केन्द्रीय समतिकिो ओयाजनामा रत्नपार्क शान्तिबाटिकामा कोणसभाको आयोजना ग¥यो । उपत्यकाको कोणसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस, संगठनकी केन्द्रीय अध्यक्ष अम्बिका मुडभरी, प्रा.डा. जगदीशचन्द्र भण्डारी लगायतका नेताहरुले सम्बोधन गरे । रुपा […]

मेची–महाकाली जनजागरण अभियानको संयुक्त समापन चितवनमा

काठमाडौं । देशका चारवटा सहरबाट एकसाथ उद्घाटन भई ७ फागुनबाट सञ्चालनमा रहेको मेची–महाकाली जनजागरण अभियानको संयुक्त समापन चितवनको चौबीसकोठीमा हुने भएको छ । झापाको काँकडभिट्टा, कञ्चनपुरको गड्डाचौकी, काठमाडौंको शान्तिबाटिका, कास्कीको पोखराबाट एकसाथ उद्घाटन भई सञ्चालनमा रहेको अभियानको संयुक्त समापन २१ फागुनमा चितवनमा गर्न लागिएको हो । पूर्व झापाबाट सञ्चालन गरिएको अभियान टोलीको नेतृत्व देशभक्त जनगणतान्त्रिक […]

महलीसागर बाँध नजिकको ५१ नं. पिल्लरमा अभियान टोलीको पत्रकार सम्मेलन, जुलुस र सभा, एसएसबीले हस्तक्षेप प्रयास गरेपछि केही बेर तनाव उत्पन्न(फोटो फिचरसहित)

कपिलवस्तु । कपिलवस्तुको यसोधरा गापाअन्र्तगतको महलिसागर बाँध अगाडिको नेपाल–भारतको ५१ नं पिलरमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित मेची–महाकाली अभियानले पत्रकार सम्मेलन, जुलस र सभा सम्पन्न गरेको छ । ‘भारतीय विस्तारवाद–मुर्दवाद, सीमा अतिक्रमण बन्द गर, नेकपा (क्रान्तिकारी माओवादी)– जिन्दावाद, वीर सहिदहरु लाल सलाम’ लगायत नारा जुलुससहित सिमानामा पुगेको जनमासलाई मोर्चाका सचिव परि थापाले सम्बोधन गरेका […]

सीमा अवलोकन गर्दै क्रान्तिकारी माओवादीका नेता दनुवारले भने– ‘भारतले मिचेको एक ईन्च जमिन पनि छाडिन्न, जनता जागरुक भइरहेका छन्’

सिरहा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको जारी मेची–महाकाली अभियान अन्तर्गत आज सिरहाको भगवानपुर गापा–ठाडी र भारतको लौकाहा मधुवनीमा पर्ने सीमा क्षेत्रमा भारतले मिचेको नेपाली भूभागको अनुगमनपछि सीमा क्षेत्रमै आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य तथा २ नं. प्रदेश सचिव कृष्णदेव सिंह दनुवारले भारतले मिचेको एक इन्च नेपाली भूमि पनि नछाडिने बताएका छन् […]

बर्दियाको राजापुरस्थित शंकरपुर, सतार फाराममा भएको सीमा अतिक्रमणको निरीक्षण गर्दै मेचीमहाकाली जनजागरण अभियान टोली

बर्दियाको राजापुरस्थित शंकरपुर, सतार फाराममा भएको सीमा अतिक्रमणको निरीक्षण गर्दै मेचीमहाकाली जनजागरण अभियान टोली

बर्दियाको भालुफाँटास्थित श्रीलंकाको भुमरीमा अतिक्रमित सीमा निरीक्षण

पश्चिम नेपालमा अभियानका क्रममा मेचीमहाकाली जनजागरण अभियान बर्दियामा पुगेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाको नेतृत्वमा रहेको मेचीमहाकाली अभियानलाई बर्दियामा बर्दियाका सेक्रेटरी भूकम्पले स्वागत गरेपछि राजापुर बजारमा कोणसभा सम्पन्न गरिएको थियो । कोणसभापछि अभियान टिमले बर्दियाकै भालुफाँटाको श्रीलंकास्थित भुमरीमा भारतले गरेको सीमा अतिक्रमणको निरीक्षण तथा अबलोकन पनि गरेको थियो ।