घाँसको बीउ भनेर बाँडिएको ‘मुलापाते झार’को रकम फिर्ता गर्दै बर्दघाट नगर !

घाँसको बीउ भनेर बाँडिएको ‘मुलापाते झार’को रकम फिर्ता गर्दै बर्दघाट नगर !

'कृषकहरुको अगाडी झुक्दै स्थानीय सरकार'

नवलपरासी ८ माघ – नवलपरासीको बर्दघाट नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाले बितरण गरेको गुणस्तरहीन घाँसको बीउको रकम कृषकले फिर्ता पाउने भएका छन् । शाखाको आर्थिक बर्ष २०८१/०८२ को योजना अन्तरगत पशुपालक कृषकहरुको ५० प्रतिशत लागत साझेदारीमा बर्षिम घाँसको बीउ वितरण गरिएको थियो । तर, बर्षिम घाँसको बीउ भनेर नगरले दिएपनि उम्रदाँ मुलापाते झार उम्रिएको थियो । त्यसपछि बर्षिम घाँसको गुणस्तरहीन बीउका कारण आफूहरुलाई नोक्सानी भएको भन्दै कृषकहरुले उक्त क्षतिको क्षतिपूर्तिको माग गर्दै नगरपालिकामा मंसिर २१ गते ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउदै अगुवा कृषक भुवानी शंकर भट्टराई लगायत कृषक – तस्बिर सौजन्य रमेश पाण्डेय

यसअघि पीडित कृषकहरुको घाँस लगाउदाँ भएको लागत सहितको पूर्ण क्षतिपूर्तिको माग गर्दै नगरपालिकामा ताकेता गर्दै आएका थिए । कृषकहरुले स्थानीय सरकारले कृषिसंग सम्बन्धित सामान खरिद गर्दा बिधिसम्मत नभएको समेत बताउदै आएका थिए । अन्ततः २०८१ माघ ८ गते कृषकहरुका माग पूरा गर्न नगरपालिका बाध्य भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले एक सूचना प्रकाशित गर्दै कृषकहरु बाट लिइएको ५० प्रतिशत साझेदारी रकम सम्बन्धित पशु सेवा केन्द्रबाट फिर्ता लिन आग्रह गरेका छन् । यो घटनाले स्थानीय सरकारले कृषकहरुलाई गर्दै आएको अपहेलनाको घटनाको उजागार भएको स्थानीय कृषकहरु बताउछन् ।