काठमाडौं । क्रान्तिकारी कम्युनस्टि पार्टी नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटाका बुबा बालकृष्ण सापकोटाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्टीका कार्यवाहक महासचिव गौरवले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । कार्यवाहक महासचिव गौरवले जारी गरेको श्रद्धाञ्जी वक्तव्यमा मृतक बालकृष्ण सापकोटाका छोराहरु तथा छोरी लगायत सम्पूर्ण परिवार, साथीभाइ एवम् शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “चितवन जिल्ला, भरतपुुर महानगरपालिका वडा नं. ७ कृष्णपुर निवासी बालकृष्ण सापकोटाको आज २०८१ माघ ८ गते बिहान ४ बजे दुःखद निधन भएको छ । १९८८ साल भाद्र २० गते जन्मनु भएका उहाँ रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका केन्द्रीय सदस्य क. घननाथ सापकोटाका बुबा हुनुहुन्थ्यो । उहाँका चार छोरा र एक छोरी हुनुहुन्छ । दुःखको यस घडीमा हाम्रो पार्टी बुवा बालकृष्ण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, मृतक बालकृष्ण सापकोटाका छोराहरु तथा छोरी लगायत सम्पूर्ण परिवार, साथीभाइ एवम् शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”