नवलपरासी – क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासीद्वारा बर्दघाट–४ दिब्यनगरमा एक कार्यक्रमबीच ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा, जिल्ला सेक्रेटरी रवि पाण्डेय, सहिद तथा बेपत्ता परिवार समाजकी जिल्ला संयोजक उर्मिला थापा र क्रान्तिकारी महिला संगठन नेपालकी जिल्ला संयोजक मुक्तमाया महतोले सम्बोधन गर्नुभयो । कार्यक्रमको अखिल (क्रान्तिकारी) जिल्ला सदस्य आर्जु ढकालले संचालन गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालका संयोजक राम प्रसाद अर्गेजा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाल , सहिद परिवार धनकुमारी सुनारलगायतको आतिथ्यता थियो ।
कार्यक्रम पछि तीनवटा महिला संगठनहरु अनेमसंघ (क्रान्तिकारी) ,अनेमसंघ(क्रान्तिकारी) र अखिल नेपाल महिला संघबीच एकता घोषणा गरिएको थियो । यस अघि नेकपा(क्रान्तिकारी माओवादी) नेकपा( बहुमत)को महत्वपुर्ण हिस्साबीच एकता सम्पन्न भएको थियो भने अहिले नेकपा(मशाल) सम्बद्ध महिला संगठनलाई समेत एकीकृत गरेर क्रान्तिकारी महिला संगठन नेपाल पुर्नगठन गरिएको हो ।