क्रान्तिकारी महिला संगठनले भव्य रुपमा मनायो ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)

क्रान्तिकारी महिला संगठनले भव्य रुपमा मनायो ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी महिला संगठनको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको त्रिपुरेश्वरबाट निकालिएको क्रान्तिकारी महिलाहरुको जुलुस कुपण्डोल स्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरु र क्रान्तिकारी महिल नेतृहरुले सम्बोधन गर्नुभएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, सन्तबहादुर नेपाली, हरिभक्त कडेल, इन्द्रमोहन सिंग्देल, सीताराम तामाङ, दिनेश शर्मा, चिन्तामणि पौडेललगायतको उपस्थति रहेको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि सीपी गजुरेल, क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङ, पार्टीका स्थायी समिति सदस्य तथा ९ नं व्यूरोका इन्चार्ज दिनेश शर्मा, क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत, अखिल नेपाल जनसांस्कृतिक महासंघकी सचिवालय सदस्य गौरी देवकोटा, एकीकृत दलित मुक्ति मोर्चा नेपालकी कार्यालय सदस्य शोभा सेन्चुरी लगायतले महिला मुक्ति आन्दोलनको बारेमा विशेष चर्चासहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।