पोखरा । क्रान्तिकारी महिला संगठन नेपाल,जिल्ला समिती कास्किको आयोजनामा ११५ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवस एक समारोहका बिच ७ नं क्षेत्रीय ब्युरो कार्यालय सृजना चोक पोखरामा भब्यताका साथ सम्पन्न भएको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रिय सल्लाहकार क।रामजी थापाले ११५औं अन्तरास्ट्रिय महिला दिवसको ईतिहास र नेपाली महिलाले भोग्नु परेका समस्याका बारेमा प्रस्ट्याउँदै अझै पनि महिलाहरुले आफ्ना हक अधिकार प्राप्त गर्न सकिरहेका छैनन।नेपालमा ३३५ महिलाहरुको हक सुनिश्चितता गरिए पनि यहाँका शासकहरु अधिकार दिन हिचकिचाइरहेका सन्दर्भ कोट्याउनु भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि रहेकी क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालकी केन्द्रिय सदस्य एबम् क्रान्तिकारी महिला संगठन,नेपाल ७ नं क्षेत्रीय ब्युरोकि इन्चार्ज शुसिला थापा ९रेणु०ले सो अबसरमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा अन्तरास्ट्रिय महिलाको संघर्ष देखि नेपाली महिलाको हाल सम्मको ईतिहास कोट्याउँदै ऐतिहासिक जनयुद्धमा महिलाहरुको भुमिका माथी समेत प्रकाश पार्नु भएको थियो।सेनारप्रहरीमा समानता आउँनुको प्रमुख कारण जनयुद्धमा होमिएका महिलाहरुको भुमिकाकै कारण हो भन्दै महिलाहरुले गरेका प्रसंसनिय कार्यको खुलेर प्रशंसा गर्नु भएको थियो ।उहाँ स्वयं आफैं पनि जनयुद्धमा भुमिगत जीवन पार गरेकी योद्धा हुनुहुन्छ।
अर्का केन्द्रीय सदस्य एबम कास्की जिल्ला सेक्रेटरी बिक्रम थापाले आन्दोलनमा महिलाहरुको योगदान बारे प्रष्ट्याउनुभएको थियो।
महिला दिवसको सन्दर्भमा शुभकामना दिने बक्ताहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टि,नेपालका अर्का बैकल्पिक केन्द्रिय सदस्य क। भिम श्रीस,क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालका जिल्ला सचिवालय सदस्य क। काजीबाबु श्रेष्ठ, अखिल ९क्रान्तिकारी ०का ७ नं ब्युरो संयोजक क। लक्ष्मण बि क,क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालका जिल्ला सदस्य क।बालकृष्ण अधिकारी हुनुहुन्थ्यो।
ज्ञातर अज्ञात सहिदहरुप्रति १ मिनेट मौनधारण गर्दै शुरु भएको कार्यक्रमलाई महिला नेतृ बिष्णु अधिकारीले कार्यक्रममा उपस्थित सबै जनसमुदायलाई आयोजक संगठनको तर्फबाट स्वागत गर्नु भएको थियो भने सञ्चालन अर्कि महिला नेतृ क। सीता परियारले गर्नु भएको थियो।सो कार्यक्रमको अध्यक्षता क्रन्तिकारी महिला संगठन,नेपाल ७ नं ब्युरो संयोजक क।उर्मिला श्रीसले गर्नु भएको थियो।






























