गोपालप्रसाद रिमाल पुरस्कार प्रगतिवादी समालोचक भण्डारीलाई

गोपालप्रसाद रिमाल पुरस्कार प्रगतिवादी समालोचक भण्डारीलाई

समाचार

काठमाडौं/१६ जेठ
साहित्य सदनद्वारा स्थापित ‘गोपालप्रसाद रिमाल पुरस्कार’ यसवर्ष वरिष्ठ प्रगतिवादी समालोचक, सौन्दर्यचिन्तक एवम् कवि प्रा.डा.जगदीश चन्द्र भण्डारीलाई दिइने भएको छ । उक्त पुरस्कार भोली १७ गते साहित्य सदनको आफ्नै भवन रामहिटीमा आयोजित कार्यक्रममा प्रदान गरिने सदनका उपाध्यक्ष मित्रलाल पंज्ञानीले वताउनुभएको हो ।

चालीसको दशकदेखि साहित्य साधना तथा कम्युनिस्ट आन्दोलनमा क्रियाशील समालोचक भण्डारी प्रगतिवादी नेपाली कविता विधामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । माक्र्सवादी सौन्दर्यदर्शनलाई मानदण्ड बनाएर समालोचना, सौन्दर्यचिन्तन तथा कविता विधामा कलम चलाउँदै आउनुभएका भण्डारीका कविता सङ्ग्रह, समालोचना र संस्कृतिचिन्तन सम्वन्धी करिब एक दर्जन पुस्तक प्रकाशित छन् ।

त्यसैगरी सोही समारोहमा कथाकार माया ठकुरीलाई ‘पारिजात साहित्य सम्मान’द्वारा सम्मानित गरिने उपाध्यक्ष पंज्ञानीले मुलबाटोलाई बताउनुभएको छ ।