क्रान्तिकारी पत्रकार महासंघ बर्दियाकाे भेला सम्पन्न,आयुस न्यापानेकाे नेतृत्वमा ११ सदस्यीय कमिटि गठन

भुरीगाँउ – क्रान्तिकारी पत्रकार महासंघ बर्दिया जिल्ला समिति दोस्रो भेलाले आयुश न्यौपानेको अध्यक्षतामा ११ सदस्सीय जिल्ला समिति चयन गरेको छ ।   समितिको उपाध्यक्षमा प्रतिभा चौधरी, सचिवमा चेतराज न्यौपाने,कोषाध्यक्षमा अन्जु तिवारी र सदस्यहरुमा राजेन्द्र थापा,जनतारा रोकाया,यमकली विश्वकर्मा,हेमराज गरी र लिला बस्नेतलाई चयन गरिएको छ । समितिमा २ सदस्स पछि थप गर्ने बताइएको छ । कार्यक्रम […]

अखिल (क्रान्तिकारी)को आयोजनामा निःशुल्क एक हप्ते पत्रकारिता तथा उद्घोषण तालिम सुरु

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को ३ नं. प्रदेशको आयोजनामा एक हप्ते निःशुल्क आधारभूत पत्रकारिता तालिमको आयोजना गरिएको छ । त्रिचन्द्र बहुमुखी कलेजमा आयोजना गरिएको एक हप्ते तालिमको बुधबार एक कार्यक्रमका बिच सुरु गरिएको छ । अखिल (क्रान्तिकारी)की उपाध्यक्ष शिलु न्यौपानेको अध्यक्षतामा भएको पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा बरिष्ठ पत्रकार तथा साहित्यकार एवम् इच्छुक […]

भारतीय हस्तक्षेप र सरकारी दमनका विरुद्ध देजमोको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं । भारतीय विस्तारवादी हस्तक्षेप र केपी शर्मा ओली नेतृत्वको सरकारको फासिवादी दमनका विरुद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले आयोजनामा काठमाडौंको शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ । रत्नपार्कमा सम्पन्न भएको विरोध सभालाई मोर्चाका अध्यक्ष सीपी गजुरेल र महासचिव परि थापाले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मोर्चाका कार्यालय सदस्य […]

सीमा रक्षाका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जाँदा देजमाेमाथि प्रहरी यसरी उत्रियो दमनमा (हेर्नुस् फोटोफिचर)

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत भारतीय विस्तारवादद्वारा अतिक्रिमित भूमि फिर्ताको माग गर्दै देशव्यापी रुपमा आन्दोलन उठान गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका विरुद्ध राज्य निर्मम दमनमा उत्रिएको छ । राष्ट्रिय स्वाधीनताको विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन माइतीघर मण्डलाबाट नाराजुलुससहित सिंहदरबार जाने क्रममा निषेधित क्षेत्र नपुग्दै धोवीखोला […]

विस्तारवादी हस्तक्षेपका विरुद्ध हजारौं क्रान्तिकारी युवा, विद्यार्थी र मजदुरहरु निस्किए सडकमा (फोटोफिचर)

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल, अखिल (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको संयुक्त आयोजनामा भएको विरोध ¥याली र सभामा हजाराैकाे संख्यामा क्रान्तिकारीहरु भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध सडकमा उत्रीएका छन् । क्रान्तिकारीहरुकाे याे विराेध प्रदर्शनलाई सीमा बचाउ अभियानका अभियन्ता तथा अग्रज पत्रकार भैरव रिसाल समेत ऐक्यबद्धता जनाउन कार्यक्रममा उपस्थित […]

देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय दूताबासलाई बुझायो ज्ञापन पत्र (फोटोफिचरसहित)

  काठमाडौं । स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा निरन्तर आवाज उठाउँदै आएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भारतीय विस्तारवादले नेपालको कालापानी क्षेत्र लगायतमाथि गरेको अतिक्रमणका विरुद्ध यतिबेला देशव्यापी रुपमा आन्दोलित छ । मोर्चाले चरणबद्ध रुपमा राष्ट्रिय स्वाधीनताको आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसैक्रममा मोर्चाले आज (सोमबार) काठमाडौंको लैनचौरस्थित भारतीय दूताबासमा अतिक्रमित […]

प्रहरी अवरोधका बाबजुद दाङको हापुरेमा उपनिर्वाचन बहिस्कारसभा भव्यरुपमा सम्पन्न (फोटोफिचर)

दाङ ६, मंसिर । “कथित उपनिर्वाचन बहिस्कार गरौं जनवादी क्रान्तिको तयारी गरौ” भन्ने नाराका साथ नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनणतान्त्रिक मोर्चाले प्रदेश ५ अन्तरगत दाङको हापुरेमा बहिस्कार सभा भव्य रुपमा सम्पन्न गरेको छ । प्रहरी अवराेेधका बाबजुुद  क्रान्तिकारी माओवादीलेे बहिस्कारसभा भव्य रुपमा सम्पन्न  गरेेकाेे हाेे । क्रान्तिकारी माओवादीका नेताहरुले संसदीय ब्यवस्था बदनाम […]

विस्तारवादका विरुद्ध निस्किए सडकमा देशभक्त क्रान्तिकारीहरु, सीमा अतिक्रमणको विरोधमा देजमोको विशाल ¥याली र विरोध सभा (फोटोफिचर)

काठमाडौं । भारतीय विस्तारवादी अतिक्रमणका विरुद्ध काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले विशाल ¥याली निकालेको छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको ¥याली बागबजार, पुतलीसडक, पद्मोदयमोड, भद्रकाली, सुन्धरा, सहिदगेट, एनएसी, वीरअस्पताल हुँदै रत्नपार्कमा पुगेर विरोधसभामा परिणत भएको छ । विरोधसभालाई मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्नुभएको छ । मोर्चाको केन्द्रीय कार्यालयको आयाजनामा निकालिएको विरोध ¥याली र […]

जनकपुरमा सुरु भयो क्रान्तिकारी माओवादी २ नंं प्रदेशको सम्मेलन (फोटोफिचर)

जनकपुर । देशैभर पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा जुटेको नेकपा (क्रान्तिकारी माओवादी)ले २ नं. प्रदेशको सम्मेलन जनकपुरमा सुरु गरेको छ । सम्मेलनको पार्टी महासचिव मोहन वैद्य‘किरण’ले उद्घाटन गर्नुभयो । पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरिभक्त कँडेलको समेत उपस्थिति रहेको उक्त सम्मेलन भोलिसम्म चल्ने बताइएको छ । पार्टी पीवीएम रमेशको अध्यक्षतामा सुरु भएको सम्मेलनमा […]

क्रान्तिकारी माआवादी ३ नं. प्रदेशको सम्मेलन सुरु (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको सम्मेलन ललितपुरको चाङ्गाथलीमा सुरु भएको छ । सम्मेलनको पार्टीका बरिष्ठ नेता तथा स्थायी समिति सदस्य एवम् मध्यब्यूरो इन्चार्ज सीपी गजुरेल गौरवले उद्घाटन गर्नुभएको छ । सम्मेलनमा ३ नं. प्रदेशमा कार्यरत पार्टी पीवीएमहरु, सिसिएमहरु, सल्लाहकार समितिका सदस्यहरु, प्रदेश सदस्यहरु र जिल्ला जिल्लाबाट आएका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको छ […]