‘उपल्लो कर्णाली जनताले बनाउँछन्’- मोहन वैद्य ‘किरण’

असार २५, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष क. किरणले उपल्लो कर्णाली जलविद्युत परियोजना जनताले निर्माण गर्ने बताउनु भएको छ । बागबजारस्थित होटल हार्दिकमा सम्पन्न माथिल्लो कर्णाली जलविद्युत परियोजना विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । जीएमआरसँग यसअघिका सरकारहरुले गरेको सम्झौताअनुसार उपल्लो कर्णालीमा गरिएको पीडीए कार्यान्वयनका लागि वर्तमान बामपन्थीको सरकारले प्रक्रिया […]

सरकारमा जान बादलको हतारो

बागलुङ । नेकपा क्रान्तिकारी माओवादी छाडेर नेकपा (माओवादी केन्द्र) का गएका नेता रामबहादुर थापा ‘बादल’ले सत्तामा जान हतारो गरेका छन् । क्रान्तिकारी माओवादीबाट प्रचण्ड माओवादीमा जानुअघि नै बादलले प्रचण्डसँग सत्ता बार्गेनिङ गरेको आरोप लागिरहेका बेला बादलले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । शनिवार बाग्लुङमा भएको पत्रकार भेटघाटमा उनले माओवादी नेतृत्वमा सरकार बन्ने […]

देउवालाई बोकेर प्रचण्ड बालुवाटार पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सरकार निर्माण गर्ने पार्टीको निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । कांग्रेससहितको राष्ट्रिय सरकार निर्माण गर्नेबारे पहल थालेका प्रचण्डले देउवालाई लिएर बालुवाटार पुगेका थिए । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले आफूसँग गरेको सहमति पालना नगरेको भन्दै […]

क्रान्तिकारी माओवादी देशव्यापी भेला बैठकमा व्यस्त

   काठमाडौं । पार्टीको राष्ट्रिय भेला पश्चात नेकपा (क्रान्तिकारी माओवादी) देशव्यापी रुपमा भेला र बैठकमा व्यस्त बनेको छ । मूलबाटो डटकमलाई प्राप्त जानकारी अनुसार पूर्वी तथा तराई भेगका केही राज्य वा जिल्लाहरुमा खेतीका मौसम भएकोले असारको अन्तिमबाट भेला बैठकहरुको तयारी गरिएको छ भने पश्चिम भेरी कर्णाली, सेती महाकाली, थारुवान, अवध, भोजपुरा राज्यहरुमा पार्टीको भेला बैठक […]

दुई राप्रपा एकताको अन्तिम तयारीमा, छिट्टै एकीकरण घोषणा गर्ने समझदारी

काठमाडौं । दुई राजावादी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पार्टी एकताको अन्तिम तयारीमा पुगेका छन् । उनीहरुले छिट्टै नै पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् । राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच बुधबार भएको बैठकमा राष्ट्रियता र हिन्दूत्वलाई स्वीकार्दै त्यसैलाई नै मिलन बिन्दुको आधार बनाएर अघि […]

मानव तस्करीमा तानिए माओवादी केन्द्रका ८ सांसद

मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो । अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली […]

ओली सरकार ढले संसद विघटन गरी निर्वाचनः बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले एमाले नेतृत्वको सरकार परिवर्तन गरी नयाँ सरकार गठन गरिए संसद विघटन गरी निर्वाचन हुने बताएका छन् । भक्तपुरमा रफत सञ्चार क्लवले सोमबार गरेको साक्षात्कारमा उनले ओली सरकार परिवर्तन गरिए संसद विघटन भइ निर्वाचन हुने बताए । उनले भारतीय डिजाइनमा अहिले सरकार परिवर्तन गर्न खोजिएको आरोप लगाए […]

बाबुराम दिन थाले योगको सन्देश, पार्टीमा योग–ध्यान विभाग गठन गरे

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले योग–ध्यान अनिवार्य गर्दै प्रचारप्रसार गर्ने योग ध्यान विभाग नै गठन गरेको छ । मानसिक स्वास्थ्यका निम्ति योग तथा ध्यानलाई संगठनिक रूपमा नै प्रचार–प्रसार गर्ने स्वास्थ्य तथा योग साधना विभाग गठन गरिएको नयाँ शक्तिका संयोजक भट्टराईले बताए । पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई उक्त विभागको जिम्मेवारी दिइएको […]

संसदको अवरोध हटाउन बसेको कार्यदलको बैठक निश्कर्षबिहीन

काठमाडौं । व्यवस्थापिका संसदमा नेपाली काँग्रेसले जारी राखेको अवरोध हटाउनेबारे सहमति जुटाउन बसेको प्रमुख चारदलीय कार्यदलको बैठक निश्कर्षबिहीन भएको छ । कार्यदलको बैठकमा कुनै सहमति हुन नसकेपछि मंगलबार दिउँसो शीर्ष तहमा नै छलफल हुने बताइएको छ । भूकम्प पीडितलाई तत्काल एकमुष्ट दुईलाख रुपैयाँ दिनुपर्ने माग गर्दै प्रमुख विपक्षी कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । […]

सदनको अवरोध हटाउन सात सदस्यीय कार्यदल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सदन अवरोध हटाउन प्रमुख चार दलको कार्यदल बनाइएको छ । प्रतिपक्षी दल कांग्रेसको तीन सदस्य तथा सत्तारुढ दलको तर्फबाट चार सदस्य रहने गरी सात सदस्यीय कार्यदल बनाइएको हो ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले चार दिनदेखि लगातार संसद अवरुद्ध पारेपछि कांग्रेससहितको कार्यदल बनाइएको हो । कार्यदल गठन गरिएसँगै मंगलबारदेखि […]