काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिचको एकता अधिवेशनले दुई पार्टीको संयुक्त राजनीतिक प्रतिवेदन र विधान सर्वसम्मत रुपमा पारित गरेको छ । आज सम्पन्न संयुक्त अधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनको पूर्ण अंश यस्तो रहेको छ :
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राजनीतिक प्रतिवेदन
(२०८१ वैशाख १८गते आयोजित राष्ट्रिय एकता अधिवेशनमा प्रस्तुत तथा पारित)
कमरेडहरु,
क्रान्तिकारी अभिवादन !
आज हामी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच एकता भएर बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का बीच पार्टी एकीकरण गर्न गइरहेका छौं । यो हामी क्रान्तिकारी कम्युनिस्टहरु, सर्वहारा वर्ग र क्रान्ति प्रेमी आम जनसमुदायका लागि अत्यन्तै खुशी, उत्साहवद्र्धक र गौरवको विषय हो । नेपाली क्रान्ति तथा ऐतिहासिक माओवादी जनयुद्धले गम्भीर धक्का खाएको, नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको वर्चस्व रहेको र क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गए पनि आत्मगत परिस्थिति प्रतिकूल रहेको अहिलेको अवस्थामा यो एकताको विशेष महत्व छ र त्यसैले यो ऐतिहासिक आवश्यकताको एक मूर्त अभिव्यक्ति बन्न गएको छ ।
पार्टी एकताको यस ऐतिहासिक अवसरमा हामी नेपाली जनआन्दोलन तथा माओवादी जनयुद्ध र विश्व क्रान्तिका अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । जनयुद्धको अवसरमा राज्यद्वारा बेपत्ता पारिएका वीर योद्धाहरुप्रति विशेष सम्मान व्यक्त गर्दछौं । यसैगरी जनयुद्धका सम्पूर्ण घाइते तथा अपाङ्ग योद्धाहरूप्रति पनि हार्दिक सम्मान व्यक्त गर्दछौँ ।
आज हामीहरुका सामु इतिहासले सबै सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तथा आम जनसमुदायलाई गोलबन्द गरी वर्गदुश्मन माथि बज्रप्रहार र संशोधनवादको भन्डाफोर गर्दै नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद र साम्यवाद तर्फ अगाडि बढ्नका लागि विशेष युगान्तकारी ऐतिहासिक जिम्मेवारी सुम्पेको छ । यस प्रकारको ऐतिहासिक मिसन तथा दायित्वलाई विशेष गम्भीरताका साथ सम्वहन गर्न यो संयुक्त एकता अधिवेशन शानदार तथा भव्यरुपमा सफल हुनेछ भन्ने कुरामा हामी आशावादी तथा विश्वस्त रहेका छौं ।
१. अन्तर्राष्ट्रिय परिस्थिति
विभित्र साम्राज्यवादी देशहरुका बीच अन्तर–साम्राज्यवादी अन्तर्विरोध, साम्राज्यवादी देशभित्र पुुँजीपति र सर्वहारावर्ग बीचको अन्तर्विरोध, साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताबीचको अन्तर्विरोध अहिलेको विश्वका आधारभूत अन्तर्विरोधहरु हुन् । खास–खास समयमा अन्तर–साम्रज्यवादी अन्तर्विरोध घनीभूत भएपनि मूलभूत रुपमा साम्राज्यवाद र विश्वका उत्पीडित जनताका बीचको अन्तर्विरोध नै आजको प्रधान अन्तर्विरोध हो ।
अहिलेको विश्वमा साम्राज्यवादी देशहरुका बीचको हतियारको होडवाजी र आणविक अस्त्र भण्डारको कारण उनीहरुका बीचको प्रत्यक्ष युद्धका सट्टा छद्म युद्ध (प्रोक्सी वार) चल्दै आएको छ । यसप्रकारको युद्धले प्रत्यक्षरुपमा युद्ध भएका देशहरुमा ती देशहरुका जनतामाथि र परोक्षरुपले विश्वभरका उत्पीडित जनतामाथि युद्धको बोझ थोपर्दै आएको छ । एकातिर अमेरिका र नेटोमा आबद्ध ३१ देशहरु युक्रेनको पक्षमा परोक्षरुपले युद्धमा सहभागीता हुनु र अर्कोतिर चीन, इरान, उत्तर कोरिया लगायतका देशहरु रुसको पक्षमा परोक्षरुपले सहभागी रहनुले परोक्षरुपले तेस्रो विश्वयुद्ध चलिरहेको आभास हुन्छ । यो युद्धमा साम्राज्यवादी देशहरुबाट आणविक अस्त्रको प्रयोग हुने आशंका विश्वभर फैलँदो छ । तर पनि तत्काल विश्वयुद्धको संभावना देखिंदैन । सारमा जे जस्तो भए पनि रुपमा चीनले रुस–युक्रेन युद्धको समाधानका लागि वार्ताको पहल गरिरहेको छ । यसरी वर्तमान विश्वको मूल प्रवृत्तिको सन्दर्भमा युद्धद्वारा क्रान्ति पैदा हुने वा क्रान्तिद्वारा युद्ध रोकिने जे अवस्था बनेपनि क्रान्तिनै अहिलेको विश्वको मूल प्रवृत्ति हो ।
आज विश्वमा नवउदारवादी साम्राज्यवादको हैकम चलेको छ । यसै साम्राज्यवादको परिणाम विश्वमा ठुला ठुला संकटहरु पैदा भएका छन् । ती संकटहरुलाई निम्नअनुसार संश्लेषण गर्न सकिन्छ । प्रथमः उत्पीडित राष्ट्र र जनतामाथि जवर्जस्त युद्ध थोपरिएको छ र त्यहाँका प्राकृतिक स्रोतहरुमाथि दोहन गरिएको छ । दोस्रो, साम्राज्यवादी उत्पीडनका कारण हरेक देशका मानिसहरु विस्थापित हुने गरेका छन् । जसबाट विश्वव्यापी रुपमा असुरक्षित प्रवासन तथा आप्रवासनको समस्या पैदा भएको छ । तेस्रो, साम्राज्यवादी उत्पादन पद्धतिको कारण विश्वको सन्तुलित पर्यावरण विनाश भैरहेको छ, अस्वाभाविक मौसम परिवर्तन भैरहेको छ । चौथो, विश्वभर महिलामाथि चरम उत्पीडन थोपरिएको छ र व्यापारिक प्रयोजनका लागि बेचबिखन बढ्दै आएको छ । पाँचौ, उत्पादनमा अत्याधुनिक प्रविधिको प्रयोगमा हुने असन्तुलनको कारण गरिब र धनी, कमजोर र शक्तिशाली बीचको दूरी व्यापक बनेको छ ।
आजको युग भूमण्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । अमेरीकी साम्राज्यवाद र रुसी राजकीय पुँजीवादका बीचको होडबाजीले अहिले युक्रेनमा युद्ध चलिरहेको छ । नेटोको विस्तार नगर्ने पूर्व सहमति विपरीत विभित्र युरोपियन देश सहित युक्रेनसम्म सदस्यता विस्तार गर्ने अमेरिकी षडयन्त्र, विश्वबजार नियन्त्रणमा होडबाजी, युरोपियन जनताको रुसमाथि ऊर्जा निर्भरता यो युद्धका प्रमुख कारण हुन् । अमेरिकी साम्राज्यवादले चीनलाई समेत युद्धमा धकेल्न चीनकै भूभाग ताइवानमाथि युद्धका लागि दुरुत्साहन मात्र गरेको छैन, एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका विभित्र भागहरुमा युद्ध भड्काउने काम समेत गर्दै आएको छ । “साम्राज्यवाद भनेको युद्ध होे” भत्रे लेनिनको स्पष्ट उक्ति जस्तै अमेरीकी साम्राज्यवाद युद्धको पर्याय बनेको छ ।
१९७६मा माओको निधन पछि १९८०को दशकसम्म माक्र्सवाद–लेनिनवाद–माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मात्रे कम्युनिस्ट पार्टीहरुका बीचमा सम्मेलन भयो । त्यही सम्मेलनको ४ वर्षपछि १९८४मा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन “रिम”को गठन भयो । माक्र्सवाद–लेनिनवाद–माओवादको प्रचार, विचारधारात्मक स्पष्टता, सर्वहारावर्गीय सम्बन्ध बढाउन रिमले महत्वपूर्ण भूमिका खेल्यो । तर, गोन्जालोको गिरफ्तारी, नेपालको माओवादी नेतृत्वमा आएको गम्भीर दक्षिणपन्थी संशोधनवादी विचलन र आरसीपी अमेरिकाको कमजोरीको कारण रिम अनौपचारिक रुपमा विघटन हुन पुग्यो । रिमको विघटनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सापेक्षित “प्रतिरक्षा” ल्याएपनि भारत, पेरु, फिलिपिन्स लगायतका देशहरुमा माओवादी युद्ध चलिरहेका छन् । वैचारिक हिसावले विश्वभरका कम्युनिस्टहरु एकताबद्ध हुने प्रयत्न गरिरहेका छन् । यद्यपि आज विश्व साम्राज्यवाद आर्थिक, राजनीतिक तथा सास्कृतिक रुपमा गम्भीर संकटका बीचबाट गुज्रिरहेको छ र क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै गएको छ, तर पनि क्रान्तिकारीहरुको आत्मगत परिस्थिति प्रतिकूल रहेको छ र अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । त्यसैले यस अवस्थामा क्रान्तिकारीहरुको आत्मगत स्थिति बलियो बनाउनका लागि एकातिर क्रान्तिकारी अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्रको निर्माणमा जोड दिन आवश्यक छ भने अर्कोतिर साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको निर्माण गर्न जरुरी छ ।
२. राष्ट्रिय परिस्थिति
अहिलेको नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुमनोवैज्ञानिक मानिसहरुको बसोबास भएको देश हो । नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक तथा जात व्यवस्थामा आधारित शोषण उत्पीडन रहिआएका छन् । सामन्ती राजतन्त्रको अन्त्यसँगै राजनीतिक प्रणालीका दृष्टिले सामन्ती राजतन्त्रात्मक प्रणालीको अन्त्य भएको छ । तर, जमीनमाथिको स्वामित्व, राजनीतिक संस्कृति र सामाजिक संस्कृतिको दृष्टिले अहिले पनि सामन्तवाद विद्यमान रहेको छ । भारतसितका सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरु कायमै रहनु, विभित्र क्षेत्रमा भारतीय हस्तक्षेप बढ्दै जानु र नेपालका केही भूभागहरुमा भारतीय विस्तारवाद÷साम्राज्यवादको नियन्त्रण रहनुले अर्ध–औपनिवेशिक अवस्था पनि विद्यमान रहेको छ । दोस्रो विश्वयुद्ध पश्चात् साम्राज्यवादी देशहरुले प्रत्यक्ष उपनिवेशवादी नीतिको सट्टा नवउपनिवेशवादी नीति अवलम्बन गर्दे आएका छन् । विभिन्न साम्राज्यवादी देशहरुबाट यहाँका दलालहरुलाई उपयोग गरी आर्थिक, राजनीतिक तथा सामरिक संझौता गर्ने, आर्थिक सहयोग तथा अनुदानको बहानामा हस्तक्षेप बढाउँदै जाने र भूमण्डलीकृत वित्तीय उदारीकरण, प्राकृतिक स्रोतमाथिको दोहन तथा निजीकरण गर्ने काम हुँदै आएको छ् । यस स्थितिमा नेपाल नव–औपनिवेशिक अवस्थामा रहेको छ ।
एकातिर विशाल भूगोल र जनसंख्या रहेको चीन र अर्कोतिर विशाल जनसंख्या रहेको भारतका बीच सामरिक दृष्टिले सम्वेदनशील अवस्थिति हुनुको कारण नेपालमा अमेरिका तथा युरोपियन साम्राज्यवादी देशहरुको स्वार्थ जोडिन पुगेको छ । विश्वका साम्राज्यवादी मुलुकहरुको स्वार्थ रहनुले नेपालमा राजनीतिक, आर्थिक र सामरिक नियन्त्रण बनाउन सबै साम्राज्यवादी मुलुकहरुको होडवाजी चल्दै आएको छ । नेपालमा एमसीसी र एसपीपी परियोजना मार्फत् अमेरिकी साम्राज्यवादले राजनीतिक, आर्थिक र सामरिक रुपमा नियन्त्रण बढाउने प्रयत्न गरिरहेको छ ।
नेपालमा अहिले देशको राष्ट्रिय स्वाधीनताको प्रश्न निकै गम्भीर बन्दै गएको छ । भारतीय शासकवर्गले देशको लिपुलेक, कालापानी, सुस्ता, महेशपुर, हुँदै पशुपति नगरसम्म कैयौ इलाकाहरुमा भौगोलिक अतिक्रमण गरेको छ । नेपालको आर्थिक तथा राजनीतिक वृत्तमा सूक्ष्म परिचालन गदै आएको छ । त्यसैगरी अमेरिकी साम्राज्यवादले एमसीसी, एसपीपी, लगायत आर्थिक लगानी गरी नेपालको आर्थिक तथा राजनीतिक क्षेत्रमा सूक्ष्म व्यवस्थापन बढाउँदै लगेको छ ।
नेपालमा जनतन्त्रका समस्या पनि गम्भीर बन्दै गएका छन् । बाह्य रुपमा स्वतन्त्रता, समानता र भातृत्वका कुरा गरेपनि सारमा यहाँ दलाल तथा नोकरशाही पुुँजीपति एवम् सामन्तवर्गकै अधिनायकत्व चलिरहेको छ । अहिले सत्ताधारी शासक वर्ग फासिवादको दिशामा अगाडि बढ्न खोजेको छ । मजदुर, किसान, महिला, दलित, मधेशी, मुस्लिम, आदिवासी जनजाति लगायतका जनसमुदाय आफ्ना हकअधिकारबाट बञ्चित भइरहेका छन् ।
यसैगरी नेपाली जनताका जनजीविकाका समस्या पनि गम्भीर बन्दै गैरहेका छन् । देशको अर्थतन्त्रमा भूमण्डलीकृत साम्राज्यवाद ÷ विस्तारवादको हालीमुहाली चल्दै गइरहेको छ । जनताका लागि आत्मनिर्भर अर्थतन्त्र पैदा गर्ने देशका राष्ट्रिय उद्योगहरु बन्द गरिएका छन् । विदेशी पुँजी निवेशका कारण देशका प्राकृतिक सम्पदाहरु एकाधिकारवादी पुँजीपतिहरुको हातमा पुगेका छन् । त्यसले देशमा बेरोजगारी, भ्रष्टाचार, गरिबी, रोगव्याधि, पैदा गरेको छ । देशको विशाल युवाशक्ति विदेशिन वाध्य भइरहेको छ । समग्रमा भत्रु पर्दा देश भयावह आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ । दलाल–नोकरशाही पुँजीवादी तथा सामन्तवादी सत्ताका कारण राजनीतिक, आर्थिक सामाजिक सास्कृतिक संकटहरु तीव्र बनिरहेका छन् ।
वर्तमान नेपाली समाजमा आधारभूत अन्तर्विरोध यस प्रकार रहेका छन् ः पुँजीपति र श्रमजीवी वर्गका बीचको अन्तर्विरोध, नेपाल र साम्राज्यवाद÷विस्तारवादका बीचको अन्तर्विरोध, समग्र उत्पीडित नेपाली जनता र दलाल तथा नोकरशाही पुँजीपति एवम् बचेखुचेको सामन्त वर्गका बीचको अन्तर्विरोध, अनि प्रतिक्रियावादी वर्गका बीचको आपसी अन्तर्विरोध । यसप्रकारका अन्तर्विरोधहरूमा अहिले एकातिर समग्र उत्पीडित नेपाली जनता र अर्कोतिर दलाल–नोकरशाही पुँजीपति तथा बचेखुचेका सामन्तवर्गका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध हो । यी आधारभूत अन्तर्विरोधहरुसँगै अहिलेको नेपालमा केही महत्वपूर्ण अन्तर्विरोधहरु देखा परेका छन् । त्यसमा पहिलोः– गरिब किसान र भूमाफियाका बीचको अन्तर्विरोध, दोस्रो ः– वैदेशिक व्यापारी र स्थानीय व्यापारीहरू बीचको अन्तर्विरोध, तेस्रो ः– दलाल पुँजी र राष्ट्रिय पुँजीबीचको अन्तर्विरोध, चौथो ः– उत्पीडित र उत्पीडक जातिका बीचको अन्तर्विरोध, पाँचौ ः– उत्पीडित महिला र उत्पीडक पितृसत्तात्मक समाज बीचको अन्तर्विरोध, छैठौ ः– दलित जातको रुपमा छुवाछुतमा पारिएको समुदाय र कथित उच्च जात बीचको अन्तर्विरोध छन् ।
देशको राष्ट्रिय परिस्थितिको चर्चा गर्दा दश वर्षीय ऐतिहासिक माओवादी जनयुद्धबारे केही उल्लेख गर्न जरुरी छ । तत्कालिक नेकपा (माओवादी)द्वारा २०५२ फागुुन १ गतेदेखि सञ्चालित जनयुद्ध नेपाली क्रान्तिको इतिहासमा एक ऐतिहासिक परिघटना थियो । जनयुद्धको प्रक्रिया नेपालका समस्त शोषित उत्पीडित जनतालाई एकताबद्ध तुल्याउँदै देशका अधिकांश भूभागहरुमा नयाँ सत्ता र सरकार, सात डिभिजन सम्मको जनमुक्ति सेना निर्माण गर्दै रणनीतिक रक्षाबाट प्रत्याक्रमणको दिशातिर सशक्त रुपमा अगाडि बढेको थियो । परन्तु, पार्टीमा प्रचण्ड बाबुराम पक्षद्वारा विचारधारात्मक तथा राजनीतिक रुपमा नयाँ जनवाद तथा वैज्ञानिक समाजवादका विरुद्ध २१ औ शताव्दीमा जनवाद र सङ्घीय लोकतन्त्रको संशोधनवादी मान्यता अवलम्बन, १२ बुँदे हुँदै विस्तृत शान्ति सम्झौता सम्मका अपवित्र सम्झौता र देशी तथा विदेशी प्रतिक्रियावादसित अपवित्र साँठगाँठ कायम गर्दै नेपाली जनता र विश्व सर्वहारा वर्गप्रति गम्भीर विश्वासघात सहित जनयुद्धको अन्त्य गरियो । यद्यपि सम्विधानमा उल्लेख गरिएका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता विषयलाई आंशिक तथा मात्रात्मक रुपमा सकारात्मक उपलब्धिकै रुपमा लिनु पर्दछ, परन्तु समग्रता र गुणात्मकताका दृष्टिले प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध नयाँ जनवादी राज्यसत्ता स्थापना गर्दै वैज्ञानिक समाजवाद तिर अगाडि बढ्ने हाम्रो अभीष्ट पुरा हुन सकेन र त्यो सम्विधान प्रतिक्रियावादी नै रह्यो ।
आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा वर्तमान राज्यसत्ता भीषण संकटको भुमरीमा फँस्दै गएको छ । सत्ताधारी वर्ग, तिनका राजनीतिक दल तथा संसदीय व्यवस्थाप्रति जनतामा अविश्वास तथा वितृष्णा बढ्दै गएको छ । संसदीय व्यवस्था अन्तरगतका सबै गठबन्धन सरकार निकै अस्थिर बन्दै आएका छन् । विश्वमा बढ्दै गएको पर्यावरणको असर नेपालमा पनि पर्दै आएको छ र यसले पनि स्थिति भयावह बन्दै गएको छ । नेपाली जनता वैकल्पिक राजनीतिक शक्ति तथा सत्ताको खोजीमा रहेका छन् । यसरी हेर्दा देशमा क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थालेको छ । परन्तु, नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको वर्चस्व रहिआएको छ र क्रान्तिकारीहरुको आत्मगत परिस्थिति अझै प्रतिकूल रहेको छ ।
यस प्रकारको स्थितिमा सैद्धान्तिक हिसाबले माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारा पथप्रदर्शक सिद्धान्त बोकेको, संगठनात्मक हिसाबले जुझारु क्रान्तिकारी, राजनीतिक हिसाबले क्रान्तिकारी सिद्धान्त भएको र कार्यक्रमका हिसावले विद्यमान समाजको अर्थराजनीतिक विश्लेषणको आधारमा राजनीतिक तथा सामरिक रणनीतिको सन्तुलन मिलेको क्रान्तिकारी कार्यदिशा, कार्यनीति र कार्यक्रमको समग्र श्रृङ्खला अवलम्बन गरेको तथा सांस्कृतिक हिसाबले उच्च नैतिकता तथा कम्युनिस्ट आचारण भएको सर्वहारा वर्गको अग्रदस्ताको रुपमा कम्युनिस्ट पार्टी निर्माणको आवश्यकता छ । यस प्रकारको पार्टीले मात्र क्रान्तिका लागि आत्मगत अवस्थालाई मजबुत बनाउन सक्छ । त्यसैले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई गोलबन्द गर्दै यही उद्देश्य पुरा गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का बीच एकताको निर्णय लिइएको छ ।
३. राजनीतिक शक्तिहरुको विश्लेषण
राजनीतिक पार्टीहरूको वर्गीकरण मूलतः वर्गीय, विचारधारात्मक तथा राजनीतिक रूपमा उनीहरूद्वारा अवलम्बन गरिएका नीति तथा कार्यक्रमलाई आधार बनाएर गर्नुपर्दछ । नेपाली समाजको अहिलेको अवस्थामा आधारभूत रुपले हाम्रो पार्टी लगायत केही क्रान्तिकारी पार्टीहरु, संसदभित्र र बाहिरका अवसरवादी, ढुलमूल तथा यथास्थितिवादी पार्टीहरु र संसद भित्र र बाहिरका प्रतिक्रियावादी पार्टीहरु रहेका छन् । तदनुसार वर्तमान नेपालमा राजनीतिक पार्टीहरुको विश्लेषण यसरी गर्न सकिन्छ ।
१ – क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु ः –
माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारालाई पथ प्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने नीति तथा कार्यक्रम अवलम्बन गर्ने हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नेपाली सर्वहारा वर्ग तथा उत्पीडित जनताका हक, हितको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट शक्ति हो ।
२ – वाम राजनीतिक शक्तिहरू ः –
नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल वाम राजनीतिक शक्ति अन्तर्गत पर्दछन् । माक्र्सवाद–लेनिनवाद माओवाद÷माओविचारधारालाई पथ प्रदर्शक सिद्धान्तका रुपमा स्वीकार गरे पनि यी क्रान्तिका कैयौँ आधारभूत विषयमा अस्पष्ट, विचलित तथा विभ्रमित रहेका छन् ।
३ – दक्षिणपन्थी राजनीतिक शक्तिहरू
नेकपा (मसाल), नेकपा माले र नेमकिपा दक्षिणपन्थी राजनीतिक शक्ति अन्तर्गत पर्दछन् । माओ विचारधारा तथा नयाँ जनवादलाई अवलम्बन गरेको बताए पनि मसाल, माले प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाप्रति नरम देखिन्छन् । मसाल वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाप्रति र माले पुनरुत्थानवाद प्रति नरम देखिने यी दुबैले मिलेराँवादी राजनीति अवलम्बन गरेका छन् । नेमकिपाले माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा माने पनि संसदवादको सीमा भन्दा बाहिर निस्कन सकेको देखिँदैन ।
४ – प्रतिध्रुवीय तथा संसदवादी राजनीतिक शक्तिहरू ः –
प्रतिध्रुवीय तथा संसदवादी राजनीतिक शक्तिहरू अन्तर्गत मूलतः पुनरुत्थानवादी, यथास्थितिवादी र कम्युनिस्ट नामधारी पुरातन राज्यसत्ता तथा व्यवस्थाका पक्षधर राजनीतिक पार्टीहरु पर्दछन् । साम्राज्यवाद÷विस्तारवादद्वारा निर्देशित रहनु र तिनको दलाली गर्नु यी सबैको एउटा मूल साझा विशेषता हो । पञ्चायती व्यवस्थाको विरासतका रुपमा जन्मिएको रा. प्र. पा. पुनरुत्थानवादी शक्ति हो । यसले संवैधानिक राजतन्त्र र हिन्दुधर्म पुनस्र्थापनाको पुर्पक्ष गर्दछ । नेपाली कांग्रेस र त्यसैबाट चोइटिएर बनेको लोसपा यथास्थितिवादी पार्टी हुन् । नेकाले आफूलाई संसदीय व्यवस्थाको मूल धाराका रूपमा प्रस्तुत गर्दै आएको छ भने लोसपाले त्यस अतिरिक्त क्षेत्रीयतावादी राजनीतिमा विशेष जोड दिने गरेको छ । रास्वपा नितान्त नयाँ राजनीतिक शक्तिको अभिनय सहित जन्मिएको यथास्थितिवादी पार्टी हो । पुराना संसदवादी दलहरूको असफलतालाई निहुँ बनाएर सत्ता तथा व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने मान्यतामा आधारित यो पार्टी रुपमा निकै तामझाम सहित पेस भएपनि सारमा पुरानै सत्ता र संसदीय व्यवस्थाको नयाँ अवतार शिवाय अरु केही होइन । राप्रपा, नेका, लोसपा तथा रास्वपा सबैले दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गका हक, हितको प्रतिनिधित्व गर्दछन् ।
कम्युनिस्ट नाममा गठित नेकपा (एमाले), नेकपा (माके) तथा नेकपा एकीकृत समाजवादी एकातिर वर्गीय रूपमा दलाल, नोकरशाही पुँजीपति तथा सामन्त वर्गीय प्रतिक्रियावादी राज्यसत्ता र अर्कोतिर राजनीतिक रूपमा वर्तमान संसदीय व्यवस्था तथा संविधानको पक्षधर र रक्षाकवच बनेर पेश भइरहेका छन् । यिनले साम्राज्यवादी नवउदारवादलाई स्वीकार गरेर आफू समाजवादको पक्षधर भएको स्वांग तथा धृष्टता गर्दैआएका छन् । तर पनि यी तीनवटै पार्टी भित्र कतिपय देशभक्त तथा क्रान्तिकारीहरू पनि रहेका छन् ।
५ – जातीय तथा क्षेत्रीय शक्तिहरु ः –
जातीय तथा क्षेत्रीय राजनीतिक शक्तिहरुमा मूलतः लोसपा तथा जसपा पर्दछन् । यी दुवै पार्टीले वर्गीय मान्यताको विरोधमा पहिचानवादको पक्षमा विशेष जोड दिन्छन् । लोसपा बारे माथि उल्लेख भइसकेको छ । जसपा प्रतिध्रुवीय कित्तामा नगएपनि त्यो यथास्थितिवाद र संसदवाद कै वरिपरि घुमिरहेको छ । यस ढंगका बाँकी पार्टीहरुको बारे पछि विश्लेषण गरिने छ ।
निष्कर्षका रुपमा भन्नुपर्दा नेपाली सर्वहारा वर्ग तथा श्रमजीवी जनताका हक हितको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीले दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गका विरुद्ध परिचालित क्रान्ति सम्पन्न गर्नका लागि उपर्युक्त राजनीतिक शक्तिहरुको स्थिति तथा भूमिका माथि दृष्टि दिँदै तदनुसार नीति अवलम्बन गरेर जानु पर्दछ ।
४. पार्टी एकताको प्रक्रिया र आधार
२०७९ कार्तिक २२ गते तत्कालीन पार्टीहरु नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) सहित पार्टी एकता संयोजन समिति गठन भएको थियो । त्यसक्रमका वार्ता र छलफलहरुमा एकता सम्बन्धी सहमति र असहमतिका विषयहरुलाई बुँदागतरुपमा छुट्याउने काम समेत भएको थियो । तर, २०७९ चैत्र २१ को एकता संयोजन समिति बैठकमा तीन पार्टीहरु बीच छलफल हुँदा नेकपा (मशाल)को तर्फबाट कतिपय मतभेदहरु समाधान हुन नसकेपछि वार्ता स्थगित भएको थियो । त्यसपछि दुई पार्टीहरु ः नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच एकता सम्पन्न भयो । तथापि, नेकपा (मशाल)बीच एकता वार्ताको प्रक्रिया निरन्तर कायम रह्यो । त्यसकै आधारभूत पृष्ठभूमिमा र निरन्तरतामा रहेर पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच एकताका लागि थप पहल गरियो । परिणामस्वरुप २०८० पौष १९ गते दुई पार्टीका वार्ता समितिहरु पुनर्गठन भए । तत्पश्चात् चरणबद्ध वार्ताहरु सम्पन्न भए । दुबै पार्टीको तर्फबाट गरिएका सार्थक प्रयास पश्चात् एकताका लागि ठोस प्रकारले विचारधारात्मक, राजनीतिक तथा संगठनात्मक आधार तयार पार्ने काम भयो ।
पार्टी एकताका विचारधारात्मक, राजनीतिक तथा सांगठनिक आधार मूलतः यसप्रकार रहेका छन् ः
१. माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने ।
२. नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्ने ।
३. नयाँ जनवादलाई आम र वैज्ञानिक समाजवादलाई आधारभूत कार्यक्रमका रूपमा अंगीकार गर्ने ।
४. क्रान्तिमा बलप्रयोगको भूमिकालाई स्वीकार गर्ने र त्यससम्बन्धी मान्यतालाई विकसित तुल्याउने ।
५. सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्तलाई अवलम्बन गर्ने र महान सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्दै जाने ।
६. सर्वहारा अन्तराष्ट्रियतावादलाई स्वीकार गर्ने ।
७. जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार संगठन परिचालन गर्ने ।
८. पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल राख्ने ।
पार्टी एकता प्रक्रिया र आधार तयार पार्ने क्रममा हामीले केही महत्वपूर्ण विधि निर्धारण गरेका छौं । पहिलो विधि भौतिकवादी द्वन्द्ववादको विधि हो, त्यो एकता–संघर्ष र रुपान्तरणमा आधारित छ । दोस्रो विधि सहमतीय विधि हो । पार्टी एकता प्रक्रियामा यस विधिको विशेष महत्व छ । तेस्रो विधि भनेको जनवादी केन्द्रीयताको विधि हो । यी तीन विधि मध्ये सहमतीय विधिमा नै हामीले जोड दिँदै आएका छौं ।
५– पार्टी नीति तथा कार्यक्रम र कार्यदिशा
१. नेपाल अहिले सामाजिक तथा आर्थिक रुपमा अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती विशेषता सहित नव–औपनिवेशिक अवस्थामा रहेको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा क्षेत्रीय विविधताले युक्त मुलुक हो । नेपाली समाज विविध वर्ण तथा जात र वर्गहरुमा विभाजित रहिआएको छ । वर्गीय दृष्टिकोण अनुसार नेपाली क्रान्तिको मुख्य दुश्मन नोकरशाही पुँजीवाद तथा सामन्तवाद सहितको दलाल पुँजीवाद रहेको छ । मजदूर, किसान, सुकुम्बासी, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति वर्तमान क्रान्तिका मित्र शक्ति हुन् । सर्वहारावर्ग क्रान्तिको नेतृत्वदायी, सबैभन्दा क्रान्तिकारी तथा निर्णायक शक्ति हो । बाह्यरुपमा साम्राज्यवाद ÷ विस्तारवाद क्रान्तिका दुश्मन हुन् भने विश्व सर्वहारा वर्ग तथा श्रमिक जनसमुदाय क्रान्तिका मित्र शक्ति हुन् ।
२. माथि उल्लेख गरिए अनुसारका सामाजिक तथा आर्थिक विशेषता र अन्तर्विरोधहरूमा आधारित रहिआएको वर्तमान नेपालका सन्दर्भमा हाम्रो पार्टीको आम कार्यक्रम नयाँ जनवाद हो, आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो, अन्तिम लक्ष्य तथा अभीष्ट साम्यवाद हो । यसप्रकारका कार्यक्रमहरुको प्राप्तिका लागि परिस्थिति अनुसार विभिन्न नीति, रणनीति तथा कार्यनीति अवलम्बन गर्दै जानुपर्दछ । सर्वहारा वर्गको नेतृत्व र समग्र उत्पीडित जनसमुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नु हाम्रो अहिलेको रणनीति हो । वर्तमान अवस्थामा नेपाली क्रान्तिकारी कम्युनिस्टहरूको राजनीतिक कार्यदिशाको पहिलो खुड्किलोमा जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी क्रान्ति पार गर्दै वैज्ञानिक समाजवादमा पुग्नु हुनेछ ।
३. सामान्यतः विश्वव्यापी तथा विशेषतः नेपाली समाजको अर्थ–सामाजिक अवस्थालाई ध्यानमा राखेर राज्यसत्ता सम्बन्धी बल प्रयोगको सार्वभौम माक्र्सवादी मान्यतालाई आत्मसात गर्दै सशस्त्र सङ्घर्षद्वारा राज्यसत्ता कब्जा गर्ने दीर्घकालीन जनयुद्ध र आम सशस्त्र विद्रोहका आधारभूत मान्यताहरुलाई नेपाली विशेषतामा एकअर्काको परिपूरक बनाएर परिचालन गर्नु नेपाली सर्वहारा सैन्य कार्यदिशाको मुख्य रणनीति हुनेछ । यो रणनीतिलाई लागु गर्न उपयुक्त कार्यनीतिहरुको विकास गर्दै जनसङ्घर्ष, जनप्रतिरोध सङ्घर्ष र जनविद्रोहको श्रृङ्खला अन्तर्गत शुरुदेखि नै क्रान्तिकारी पार्टी, क्रान्तिकारी जनाधार र क्रान्तिकारी सेना निर्माणको कामलाई सचेत र योजनाबद्ध रुपमा लागु गर्नु नेपाली सैन्य कार्यदिशाको सार हो ।
४. नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगर्ने बित्तिकै हामी वैज्ञानिक समाजवादमा प्रदेश गर्ने छौं । सर्वहारा वर्गको नेतृत्व र सर्वहारावर्गकै अधिनायकत्वको स्थापना गर्नु नै वैज्ञानिक समाजवादको मूल रणनीति हो । सर्वहारा अधिनायकत्व स्थापना गरे पश्चात् समाजवादी सार्वजनिक स्वामित्वमा आधारित उत्पादन सम्बन्धको निर्माण तथा विकास गरिने छ । समाजवादको अवधिमा वर्ग, वर्गसंघर्ष, वर्गीय अन्तर्विरोध र समाजवादी बाटो तथा पँुजीवादी बाटोका बीच दीर्घकालीन सङ्घर्र्ष चल्नेछ । सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सैद्धान्तिक मान्यता र तदनुसार व्यवहारमा संलग्न रही महान सर्वहारा सांस्कृतिक क्रान्तिका बीचबाट वर्गसङ्घर्ष र वर्गीय अन्तर्विरोधहरूको समाधान गर्दै साम्यवाद तर्फ अगाडि बढ्नु नै हाम्रो लक्ष्य हो ।
६. पार्टीको आम कार्यक्रमका मूल पक्ष यी हुन् :
क) नयाँ जनवादी गणतान्त्रिक राज्यसत्ताको स्थापना ।
ख) देशको भौगोलिक अखण्डता, सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको रक्षा ।
ग) मजदुर वर्गका आधारभूत हक अधिकारको प्राप्ति ।
घ) सामन्ती भूस्वामित्वको अन्त्य तथा कान्तिकारी भूमिसुधारको व्यवस्था । कृषिको व्यावसायीकरण तथा औद्योगीकरण ।
ङ) दलाल तथा नोकरशाही पुँजीवादका विरुद्ध राष्ट्रिय उद्योगधन्दाको विकास सहित स्वतन्त्र तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण । सीमित निजी अर्थतन्त्र तथा सहकारी व्यवस्थासहित राजकीय क्षेत्रको नेतृत्वदायी तथा प्रधान भूमिका ।
च) राज्य पूनर्संरचनाको आवश्यकतालाई आत्मसात गर्दै जातीय, क्षेत्रीय तथा स्थानीय स्वशासन सहितको राज्य व्यवस्था ।
छ) दलित, महिला तथा मुस्लिम समुदाय र अपाङ्गहरुका लागि विशेषाधिकारको व्यवस्था ।
ज) शिक्षा, स्वास्थ्य क्षेत्रको राष्ट्रियकरण ।
झ) जनउत्तरदायी तथा सर्वसुलभ न्याय प्रणाली ।
ञ) शान्तिपूर्ण सहअस्तित्व तथा पञ्चशीलको सिद्धान्तका आधारमा परराष्ट्र नीतिको व्यवस्था ।
ट) जनवादी, राष्ट्रिय तथा वैज्ञानिक संस्कृतिको स्थापना ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित मुद्दाहरुलाई विशिष्टिकृत एवम् मूर्तिकृत गरेर कार्यनीतिका श्रृङ्खला तयार गरिनेछ । पार्टीको तात्कालिक कार्यक्रम यस प्रकार रहेको छ ः
ड्ड सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, सन् १९४७ को बेलायत–नेपाल–भारत बीचको गोर्खा सैनिक बाँडफाँड सम्बन्धी सन्धि लगायत सबै असमान सन्धि सम्झौता तथा सहमति खारेज गर ।
ड्ड चीन–भारत बीच गरिएको लिपुलेक सम्झौता खारेज गर ।
ड्ड लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्ता महेशपुर, छपकैया सहित भारतीय शाषकवर्गद्वारा अतिक्रमित नेपाली भूभाग फिर्ता गर । सीमा अतिक्रमण बन्द गर । दुई देशीय सीमा नियमन गर ।
ड्ड नेपाल–अमेरिका बीचको एमसीसी सम्झौता खारेज गर । त्यसैक्रममा गर्न खोजिएको एसपीपी सम्झौता बन्द गर ।
ड्ड साम्राज्यवाद÷विस्तारवाद सहित समस्त प्रतिक्रियावादी तत्वहरूद्वारा सञ्चालित गैरसरकारी संस्था (एनजीओ, आइएनजीओ) हरुलाई खारेज गर ।
ड्ड नेपालको भौगोलिक अखण्डता तथा सार्वभौमिकताको रक्षा र सबैखाले वैदेशिक हस्तक्षेपको अन्त्य गरिनुपर्दछ ।
ड्ड मजदुर, किसान, महिला, दलित, मुस्लिम, आदिवासी जनजाति तथा पिछडिएको क्षेत्रका उत्पीडित वर्ग तथा जनसमुदायका हक–हित माथि विशेष दृष्टि दिँदै उनीहरुलाई आर्थिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा अधिकारसम्पन्न बनाउनु पर्दछ । उनीहरुलाई राज्यका सबै अङ्गहरुमा पूर्ण समानुपातिक प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिनु पर्दछ ।
ड्ड मजदुरहरुका लागि सङ्गठित हुने र आफ्ना समुचित माग राखी सङ्घर्ष गर्ने अधिकार सुनिश्चित गर्नुपर्दछ । अनौपचारिक क्षेत्रमा मजदुरहरुका निम्ति सामाजिक सुरक्षाको व्यवस्था गरिनुपर्दछ । हायर एण्ड फायर प्रणालीलाई खारेज गरी मजदुरहरुलाई स्थायी बनाउने व्यवस्था गर । ठेकेदारी तथा करार प्रणाली खारेज गरी उद्योगपति मार्फत् प्रत्यक्ष रोजगारी प्रणालीको व्यवस्था गर ।
ड्ड सामन्ती भूस्वामित्वको अन्त्य गरी भूमिहीन तथा गरिब किसानहरूका लागि जमीन, घरबास र रोजगारीको व्यवस्था गर । सुकुम्बासी, हरुवा, चरुवा, मुक्त कमैयाहरुका समस्या समाधान गर । समयमै सस्तो मूल्यमा मल विउको व्यवस्था गर । समुचित अनुदान प्रदान गर । राष्ट्रिय बिउविजन संस्थान स्थापना गर । कृषि औजार तथा मल कारखानाको व्यवस्था गर । कृषिको औद्योगीकरण तथा व्यावसायीकरण गर ।
ड्ड बेरोजगारी समस्याको अन्त्य, स्वदेशमा नै रोजगारीको व्यवस्था तथा रोजगारीको व्यवस्था नहुँदासम्म आवश्यक भत्ताको व्यवस्था गर ।
ड्ड सहिदहरूको उच्च सम्मान गरी सहिद परिवारजनलाई समुचित राहत प्रदान गर ।
ड्ड बेपत्ता योद्धाहरुको अवस्था अविलम्ब सार्वजनिक गरी उनीहरुका परिवारलाई समुचित राहत प्रदान गर ।
ड्ड घाइते तथा अपाङ्गहरुका लागि समुचित राहत प्रदान गर ।
ड्ड म्हिला, मुस्लिम तथा दलित समुदाय र अपाङ्ग व्यक्तिहरुका लागि विशेषाधिकारको व्यवस्था गर । महिलाहरुका लागि सबै क्षेत्रमा पुरुष सरह अधिकारको व्यवस्था तथा पितृसत्तावादी उत्पीडनको अन्त्य गर । दलितहरु माथि हुने छुवाछुत सहितका समस्त भेदभावलाई गैरकानूनी घोषणा गरी दोषीहरु माथि कडा कारबाहीको व्यवस्था गर । मुस्लिम तथा अन्य धार्मिक समुदायहरुमाथिको धार्मिक एवम् सांस्कृतिक उत्पीडन अन्त्य गर । अपाङ्गहरुका लागि सम्मानपूर्वक जीवनयापन गर्ने व्यवस्था मिलाउ ।
ड्ड आदिवासी जनजाति, मधेसी तथा पिछडिएको क्षेत्रका जनसमुदायका लागि जातीय, क्षेत्रीय र स्थानिय स्वशासनको स्थापना गर । भाषिक विशेषाधिकार अन्त्य गर, सबै भाषाभाषीलाई मातृभाषामा शिक्षा देऊ ।
ड्ड राष्ट्रिय आत्मनिर्भर तथा स्वाधीन अर्थतन्त्रको निर्माण तथा विकास गरिनुपर्दछ । अर्थतन्त्रको क्षेत्रमा विस्तारवाद÷नवउदारवादी साम्राज्यवादद्वारा हुँदैआएको उत्पीडन तथा शोषणको अन्त्य गरी राष्ट्रिय उद्योग व्यवसायको विकासमा जोड दिनुपर्दछ । विगतमा बन्द गरिएका राष्ट्रिय स्वरूपका उद्योग कारखानाहरूको पुनःस्थापना गरी देशलाई औद्योगिकीकरणको दिशा प्रदान गरिनु पर्दछ । देशका नदी, वन, जडिबुटी, खनिज लगायतका राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोत साधनहरूको देश तथा जनताको पक्षमा सदुपयोग गरिनु पर्दछ ।
ड्ड शिक्षा र स्वास्थ्य क्षेत्रमा हुँदैआएको निजीकरण, व्यापारीकरण, दलालीकरण तथा माफियाकरणको अन्त्य गरी राष्ट्रियकरण गर ।
ड्ड न्यायालयहरुमा हुने गरिने ढिलासुस्ती घुुसखोरी तथा भ्रष्टाचारमाथि नियन्त्रण कायम गरी छिटो छरितो सस्तो र जनपक्षीय न्यायिक पहुँचकोे व्यवस्था गर ।
ड्ड जनयुद्धकालका मुद्दाहरुलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगद्वारा समाधान गर्ने व्यवस्था मिलाऊ ।
ड्ड कालाबजारी, भ्रष्टाचार, कमिशनखोरी, महङ्गी नियन्त्रण गर, अपराधीहरुमाथि कडा कारबाही गर ।
ड्ड साम्राज्यवाद÷विस्तारवादको दलाली होइन स्वतन्त्र परराष्ट्र नीति अबलम्बन गर ।
ड्ड पुरातात्विक सामग्री, लोपोन्मुख भाषा, लोककला तथा साहित्य, गीत सङ्गीत तथा संस्कृतिको संरक्षण गर ।
ड्ड लेखक, कलाकार, साहित्यकार, बुद्धिजीवी तथा सांस्कृतिक कर्मीहरूको प्राज्ञिक अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर ।
ड्ड सूचना संचार सहित मिडिया क्षेत्रमा हुँदै आएको वैदेशिक हस्तक्षेप बन्द गर । पत्रकारहरूको अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर । श्रमजीवी पत्रकारहरुका हक अधिकार सुनिश्चित गर ।
ड्ड बहिर्गमनमा परी शिविरबाट निकालिएका जनमुक्ति सेनाका योद्धहरुद्वारा राखिएका जायज मागहरु अविलम्ब पुरा गर ।
ड्ड देशको राष्ट्रिय स्वाधीनताको प्रतिकूल नहुने गरी नेपाली नागरिकलाई सुलभ र सुगम ढङ्गले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर ।
ड्ड बैङ्क तथा वित्तीय क्षेत्रका समस्याको समाधान गर । जनतालाई चर्को ब्याजको मारमा नपार । मिटरब्याजी शोषण अन्त्य गर ।
ड्ड गम्भीर तथा विकराल बन्दै गएको पर्यावरणीय समस्याको समाधानका लागि विशेष योजना बनाई अविलम्ब कार्यान्वयन गर ।
७ – आगामी कामको रेखाङ्कन
१. विचारधारात्मक कार्य
ड्ड माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधाराको रक्षा, प्रयोग र विकासका लागि निरन्तर सङ्घर्षशील रहने ।
ड्ड दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद÷विस्तारवाद र संसदीय व्यवस्थाको विरोध तथा भण्डाफोर गर्ने ।
ड्ड नयाँ जनवाद, वैज्ञानिक समाजवाद र साम्यवादको पक्षमा व्यापक प्रचार प्रसार गर्ने ।
ड्ड पार्टीमा माथिदेखि तलसम्म राजनीतिक प्रशिक्षण चलाउने ।
ड्ड पार्टी स्कुलिङ् कार्यक्रम सञ्चालन गर्ने ।
ड्ड सामान्यतः सबैखाले संशोधनवाद र विशेषतः दक्षिणपन्थी संशोधनवादको विरोध तथा भण्डाफोर गर्ने ।
ड्ड आन्तरिक तथा बाह्य प्रकाशनका कामलाई सङ्गठित तथा सञ्चालित गर्ने ।
ड्ड साहित्य, कला र संस्कृतिको क्षेत्रमा उपयुक्त कार्यक्रम बनाई सञ्चालन गर्ने ।
२. साङ्गठनिक कार्य
ड्ड एकीकृत संरचना निर्माण, विस्तार तथा सुदृढीकरणका कामलाई चरणबद्ध रुपमा अगाडि बढाउने ।
ड्ड माथिदेखि तलसम्म पार्टीमा साङ्गठनिक संरचना, विभागहरुको निर्माण गर्ने ।
ड्ड जवस मोर्चाहरुमा एकीकृत साङ्गठनिक संरचना बनाउने ।
ड्ड सङ्गठन विस्तारको अभियान चलाउने
ड्ड संयुक्त मोर्चा सङ्गठनलाई क्रान्तिकारी तथा फराकिलो बनाउने ।
ड्ड पार्टी एकतामा संलग्न हुन सक्ने र चाहने मालेमावादी सङ्गठन तथा व्यक्तिहरुलाई एकताबद्ध तुल्याउन प्रयत्नशील रहने ।
ड्ड साङ्गठनिक क्षेत्रमा एकता–सङ्घर्ष–रुपान्तरणको द्वन्द्वात्मक विधि, जनवादी केन्द्रीयताको सिद्धान्त र आत्मालोचना–आलोचनाको कार्यशैली अवलम्बन गर्ने ।
ड्ड एकता महाधिवेशनको तयारी गर्ने ।
३. सङ्घर्ष सम्बन्धी कार्य
ड्ड पार्टी नीति तथा कार्यक्रम र मान्यताअनुसार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर सङ्घर्ष सञ्चालन गर्ने ।
ड्ड स्थिति र आवश्यकता अनुसार प्रतिरोधात्मक सङ्घर्ष सञ्चालन गर्ने ।
ड्ड सङ्घर्षका विषयवस्तु मिल्न सक्ने शक्तिहरु सित कार्यगत एकता÷संयुक्त मोर्चा गरी संयुक्त सङ्घर्ष चलाउन प्रयत्न गर्ने ।
ड्ड स्थानीय रुपमा स्थानीय समस्याहरुलाई समेत सम्बोधन गरी जनपरिचालन अभियान सञ्चालन गर्ने ।
ड्ड सङ्घर्षका बीचबाट पार्टीलाई क्रान्तिकारी शक्तिका रूपमा स्थापित गर्दै जनसत्ता र जनसरकारको स्थापनाका लागि तयारीको दिशामा अगाडि बढ्ने ।
४. आर्थिक क्षेत्रका कार्य
ड्ड आर्थिक व्यवस्थापनको कामलाई गम्भीरतापूर्वक आत्मसात गर्ने ।
ड्ड पार्टीको नियमित आर्थिक प्रणालीलाई व्यवस्थित तुल्याउने ।
ड्ड तात्कालिक रुपमा विशेष आर्थिक कार्यक्रम बनाई सञ्चालन गर्ने ।
ड्ड दीर्घकालीन आर्थिक योजना बनाई कार्यान्वयन गर्ने ।
५. भौतिक तथा प्राविधिक कार्य
ड्ड युवाशक्तिलाई आवश्यक शारीरिक तालिम तथा खेलकुदको व्यवस्था मिलाउने ।
ड्ड आधुनिक प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान र प्रशिक्षणमा जोड दिने ।
६. अन्तर्राष्ट्रिय काम
ड्ड सर्वहारा अन्तर्राष्ट्रियतावादमा विशेष जोड दिने ।
ड्ड माक्र्सवाद—लेनिनवाद—माओवाद÷माओविचारधारा पक्षधर पार्टीहरु तथा सङ्गठनसित अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्र बनाउन आवश्यक पहल गर्ने ।
ड्ड साम्राज्यवाद विरोधी संयुक्त मोर्चा बनाउन प्रयत्नशील रहने ।
हाम्रा मूल नाराहरु ः
ड्ड माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचाराधारा — जिन्दावाद, जिन्दावाद !
ड्ड नयाँ जनवाद — जिन्दावाद, जिन्दावाद !
ड्ड वैज्ञानिक समाजवाद — जिन्दावाद, जिन्दावाद !
ड्ड साम्राज्यवाद÷विस्तारवाद — मुर्दावाद, मुर्दावाद !
ड्ड दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद — मुर्दावाद, मुर्दावाद !
ड्ड सबै खाले संशोधनवादको भण्डाफोर गरौं !
ड्ड संसारका मजदुर तथा उत्पीडित जनता एक होऔं !
ड्ड वीर सहिदहरु — लाल सलाम, लाल सलाम !
ड्ड क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल — जिन्दावाद, जिन्दावाद !