चितवन । क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटलको छोरा शैलेन्द्रहरि सुवेदीको केन्द्रीय कार्यालय सदस्य हरिभक्त कडेल, हेमन्त प्रकाश ओली र स्वयम् नेता अटल, केन्द्रीय सल्लाहकार भुमिश्वर कडेललगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली सहित अन्त्यष्टी गर्नुभयाे ।
चितवनकाे देवघाटमा आयाेजित श्रद्धाञ्जलीसहितकाे अन्त्यष्टी कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य सुरेश श्रेष्ठ, मकवानपुर जिल्ला इन्चार्ज गणेश खड्गी, क्रान्तिकारी महिला संगठन केन्द्रीय अध्यक्ष अम्बिका मुडभरी, पार्टीका काठमाडौं संयोजक केदार खतिवडा, चितवन जिल्ला ईन्चार्ज ध्रुव, केन्द्रीय सल्लाहकार भूमिश्वर कडेल, जिल्ला संयोजक विकास, सह संयोजक दुर्गा सुबेदी, वाग्मती प्रदेश सभा सदस्य ईश्वर सापकोट,पूर्व वागमती प्रदेश मन्त्री विजय सुवेदी उपस्थित भएर मृतक शैलेन्द्रप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएकाे थियाे ।
श्रद्धाञ्जली कार्यक्रमकाे सञ्चालन पार्टीका चितवन जिल्ला संयोजक विकासले गर्नुभएकाे थियाे । कार्यक्रममा मृतकप्रति श्रद्धाञ्जलीका लागि एक मिनेट माैनधारण गरिएकाे थियाे । चार दिनअघि शुक्रबार दुर्घटनामा परेका शैलेन्द्रकाे साेमबार साँझ उपचारकाे क्रममा निधन भएकाे चितवन भरतपुर अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. रमेश थापाले जानकारी दिनुभयाे । मृतक शैलेन्द्र सुवेदीका श्रीमती सपना सुवेदी वर्ष र छोरा संयम सुवेदी (वर्ष ७), बुबा चन्द्रहरि सुवेदी र आमा दुर्गा सुबेदी हुनुहुन्छ ।