४ नम्बर प्रदेश समितिको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ नम्बर प्रदेश समितिको आयोजनामा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१० बैशाख पोखरा ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नम्बर प्रदेश समितिको आयोजनामा पोखरामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता महाधिवेशन आयोजक समिति सदस्य क.गोकुल पराजुलीव्दारा सञ्चालित कार्यक्रमको अध्यक्षता एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य क..केश बहादुर परियार र स्वागत मन्तव्य एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य क.रामजी थापाले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य तथा प्रदेश संयोजक क.अशोक लम्साल हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा स्वतन्त्र बुद्धिजीवी बिश्व सिग्देल, नेपाल समाजबादी पार्टी गण्डकी प्रदेश ,संयोजक किरण थापा, नेकपा(एमाले) प्रदेश प्रतिनिधि क.शिव बहादुर बराल, ,संयोजक,राष्ट्रिय क्रान्तिकारी मोर्चा गण्डकीका क. दिपक गुरुङ, प्रतिनिधि नेकपा (मशाल) क.बिक्रम थापा मगर हुनुहुन्थ्यो ।
कार्यक्रममा पार्टी सम्वद्ध जबस मोर्चाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा सबै अतिथिहरुले पार्टी कार्यालय सदस्य क. शुदर्शनले तयार पार्नु भएको कार्यपत्र माथी केन्द्रीत भएर बिचार राख्नु भएको थियो ।