लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा प्रेस वक्तव्य जारी : क्रान्तिप्रति प्रतिबद्धता व्यक्त

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा प्रेस वक्तव्य जारी : क्रान्तिप्रति प्रतिबद्धता व्यक्त

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त गरिएको छ ।
पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “लेनिनको जन्म दिवस तथा पार्टी स्थापना दिवसको अवसरमा हामी देश, जनता, माक्र्सवाद–लेनिनवाद–माओवाद, नेपाली क्रान्ति तथा आमूल परिवर्तनप्रति प्रतिबद्ध रहँदै यी कठिन कार्यहरुलाई पुरा गर्न प्रतिबद्ध छौ । पार्टी स्थापनाका स्थापित प्रतिबद्धतालाई पुरा गर्ने र नेपाली जनताको पूर्ण मुक्ति नहुँदासम्म संघर्षरत रही नयाँ व्यवस्था स्थापना गर्ने प्रण गर्दछौं ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ :
“विक्रम सम्बत २००६ साल वैशाख १० गते लेनिन दिवसको अवसरमा पार्टी स्थापना गरेको अहिले ७५ वर्ष पुरा हुँदैछ । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पत्र गरी वैज्ञानिक समाजवादमा संक्रमण गर्दै साम्यवादमा जाने महान लक्ष्य र उद्देश्यका साथ पार्टी स्थापना हुनु आफैमा एउटा महान अग्रगामी छलाङ् थियो । हामी यस अवसरमा नेपालभरका सर्वहारा वर्ग, शोषित पीडित नेपाली किसान, मजदुर, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, महिला, दलित, विभित्र जात, जाती, धर्मसम्प्रदायका जनसमुदायमा सम्पूर्ण मुक्ति र आमुल परिवर्तनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ । यही अवसरमा हाम्रो पार्टी पार्टीका संस्थापक महासचिव क. पुष्पलाल सहित अन्य कमरेडहरुप्रति लाल सलाम सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछांै ।

पार्टी स्थापना पछि विगतका ७५ वर्षहरुमा नेपाली जनताले गम्भीर प्रकारका लाईन–संघर्ष र भीषण प्रकारका वर्गसंघर्षको आँधिबेहरीका बीचबाट गुज्रनु परेको सर्वविदितै छ । यो प्रक्रियामा आमुल परिवर्तनको दिशामा नेपाली जनताले निरन्तर धोखा खाए पनि राजनीतिक एवम् आर्थिक क्षेत्रमा मात्रात्मक परिवर्तन अवश्य भएका छन् ।

जनताको पक्षमा जति राजनीतिक र आर्थिक परिवर्तन भएका छन् त्यसलाई वैदेशिक एकाधिकार पुँजीपतिहरु र देशका दलाल पुँजीपतिहरुले जनताका विरुद्ध षडयन्त्रपूर्वक दुरुपयोग गर्दै आएका छन् । पछिल्लो समयमा २०५२ देखि २०६२ सम्म चलेको महान् जनयुद्धले स्थापित गरेको गणतन्त्र पनि नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्ग र वैदेशिक एकाधिकार पुँजीपति वर्गले जनताका विरुद्ध दुरुपयोग गरेका छन् ।

आन्दोलनरत पार्टीका नेताहरुबाट जनताका विरुद्ध बारम्बार हुनेगरेका वैचारिक, राजनीतिक, सांस्कृतिक विचलन र धोखाघडीको प्रभावले जनतामा क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी पार्टीहरुप्रति पनि ठुलो वितृष्णा पैदा हुने गरेको छ । लेनिनले उल्लेख गरे जस्तै, नेपाली समाजमा पनि यस प्रकारको व्यवहारले वर्गका रुपमा सर्वहारा र अर्ध–सर्वहारा वर्गलाई वर्गसंघर्षमा चासो नराख्ने बनाएको छ । निश्चित रुपमा परिस्थितिमा आएको परिवर्तनले सर्वहारा वर्गमा नयाँ परिस्थिति अनुसार क्रान्तिकारी बाटोमा कसरी अगाडि बढ्ने विषयमा समेत राजनीतिक अनुभवको स्वाभाविक कमी देखा पर्छ । जसको परिणाम क्रान्तिकारी रुझान भएका कतिपय दस्ताहरु संसदवादको दलदलमा आकर्षित भएका छन् भने समस्त जनता सतही प्रचारको भुलभुलैयामा रुमलिने अवस्था छ । यतिबेला कम्युनिस्ट पार्टीले लेनिनले भत्रुभए जस्तै देशको रोगी व्यवस्थाको अन्त्य गरी स्वस्थ समाज स्थापना गर्न सिद्धान्तको मामिलामा कुनै छुट नदिई कहिल्यै समाजवादी नभएको तर समाजवादका लागि राजनीतिक जागरण भएको वर्गलाई नेतृत्व गर्नु अहिले सर्वहारा वर्गको अग्रदस्ता कम्युनिस्टको प्रमुख दायित्व हो ।

देश र जनताको यो आवश्यकतालाई पुरा गर्न तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रियामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन गर्दै क्रान्तिकारी एकता सफल बनाउने प्रयत्नमा लागेका छौ । गणतन्त्र स्थापना पछि पनि नेपाली जनताले चाहेको समाजवादी राजनीतिक व्यवस्था, आर्थिक प्रणाली, सामाजिक एवम् सांस्कृतिक चालचलन स्थापना हुन नसकेपछि त्यसको विकल्पमा जनताको वर्ग–चेतना असाधारण तीव्र्रताका साथ बढ्दै र फराकिलो हुँदै गएको छ । यतिबेला हामीले क्रान्तिकारी विचार र क्रान्तिको सम्भावना घरघरमा पु¥याउन सक्षम हुनै पर्छ । लेनिनले भनेजस्तै विगतमा भूमिगत काम गरेको हाम्रो पार्टीका लागि परिवर्तित अवस्थामा संसदवादको घेरामा नफँसीकन हाम्रो संघर्षको क्रममा पोखिएको रगत पसिनाको उपलब्धीको प्रयोग गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यमा अग्रसर हुनु अहिलेको सबैभन्दा कठिन कार्य हो ।

लेनिनको जन्म दिवस तथा पार्टी स्थापना दिवसको अवसरमा हामी देश, जनता, माक्र्सवाद–लेनिनवाद–माओवाद, नेपाली क्रान्ति तथा आमूल परिवर्तनप्रति प्रतिबद्ध रहँदै यी कठिन कार्यहरुलाई पुरा गर्न प्रतिबद्ध छौ । पार्टी स्थापनाका स्थापित प्रतिबद्धतालाई पुरा गर्ने र नेपाली जनताको पूर्ण मुक्ति नहुँदासम्म संघर्षरत रही नयाँ व्यवस्था स्थापना गर्ने प्रण गर्दछौं ।”

thumbnail of Lenin Day statement