आज १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस, क्रान्तिकारी मजदुरहरु वृहत् ¥यालीसहित पार्टी एकता घोषणा सभामा सहभागी हुँदै

आज १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस, क्रान्तिकारी मजदुरहरु वृहत् ¥यालीसहित पार्टी एकता घोषणा सभामा सहभागी हुँदै

काठमाडौं । आज १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवस हो । प्रत्येक अंग्रेजी वर्षको मे महिनाको पहिलो दिनलाई विश्वभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरेका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइदैछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी मजदुरहरुले वृहत ¥याली प्रदर्शनको तयारी गरेका छन् । काठमाडौंको गौशलामा जम्मा भएर वृहत ¥यालीसहित पुरानो बानेश्वरस्थित ओम साइ पार्टी प्यालेसमा पुगेर क्रान्तिकारी मजदुरहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिचको घोषणा सभामा सहभागी हुने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्माले जानकारी दिनुभएको छ ।

एकता घोषणा सभालाई पार्टीका शीर्ष नेताहरुका साथै मजदुर नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तो छ मे डेको इतिहास
सन् १८८६ मे १ तारिखका दिन सिकागो सहरका मजदुरहरू आफ्ना कारखानाका बन्द गरेर हडतालमा उत्रिए र सडकमा भेला भएर आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा लगाउँदै संघर्षको मोर्चामा सामेल भए । मे २ तारिखका दिनको आन्दोलन जब सिकाकोबाट विस्तार भएर न्युयोर्क, वासिङ्टन डिसी, बाल्टिमोर, सेटलुई लगायत विभिन्न सहरका कारखानाहरूमा काम गर्ने मजदुरहरु कारखाना बन्द गरेर आन्दोलनको मोर्चामा सहभागी भए । यसबाट पूँजीपति सत्ता झनै आतंकित बन्न पुग्यो मे ३ तारिखका दिन हड्ताली मजदुरहरूको संख्यामा झनै उल्लेखनीय मात्रामा विकास भयो । पुँजीपतिहरूले मजदुरलाई काममा फर्क अन्यथा कामबाट बर्खास्त गर्छौं भनेर नोटिस जारी गर्नदेखि विभिन्न प्रकारका धाक, धम्की लगाउँदा पनि आफ्नो अडानबाट पछि हट्ने होइन बरु आन्दोलनको विकास र विस्तार हुँदै गयो । पुँजीवादी सत्ताले आफ्ना प्रहरीहरुलाई मजदुर आन्दोलन माथि गोली हान्ने आदेश दियो । प्रहरीहरुले मजदुरहरुको आन्दोलन माथि गोली बर्सायो र पाँच जना मजदुरहरुलाई घटनास्थलमै हत्या भयो भने ५० औं भन्दा बढी मजदुरहरू घाइते हुन पुगे । हत्या, दमनले मजदुरहरूलाई निराशा होइन बरु थप आक्रोश र विद्रोही बनायो । हत्या दमनका विरुद्ध विशाल प्रदर्शनसहित आम सभा गर्ने तयारीका साथ मे ४ तारिखका दिन विशाल प्रदर्शनसहित आम सभा हुँदै गर्दा पुलिसले अन्धाधुन्द गोली बर्सायो । सरकारका केही जासुसहरूले बम फ्याके बमको छर्रा लागेर एकजना पुलिस अफिसर सहित सात जना प्रहरी मारिए भने ४९ जना मजदुरहरूको ज्यान गयो । थुप्रै आन्दोलनकारी मजदुर घाइते भए । राज्यका जासुसहरू आफैले बम फ्याँकेर त्यसको दोष आन्दोलनकारी मजदुर संगठनहरुलाई लगाइयो । र मजदुर नेताहरुलाई गिरफ्तार गरियो । मजदुर नेताहरू पारसन, स्पाईस, फिसर र एंगेल्सलाई पुँजीवादी अदालतले फाँसीको सजाय सुनायो र फाँसीमा चढाउनै लाग्दा मजदुर नेताहरूले एक स्वरमा भनेका थिए । “हामीलाई फाँसी दिएर मजदुरको आन्दोलन समाप्त पार्न सकिन्छ भनेर सोचेका हौला त्यो कदापि हुने छैन बरु तिमीहरूका पछाडि दन्दनी आगो दन्किरहेको छ त्यो आगोले तिमीहरुलाई खरानी बनाउनेछ ।”

यद्यपि पुँजीवादी सत्ताको हत्या, दमन, गिरफ्तारी र राज्य आतंकले आन्दोलन कमजोर भएको महसुस भएतापनि मजदुरहरूको सन् १८८८ बाट पुन संगठित गरेर मे एकबाट प्रदर्शनको थालनी गर्ने उद्घोष गरे पछि र अमेरिका मात्र होइन विश्वका कैयौँ देशका मजदुरहरुले समेत ऐक्यबद्धता जाहेर गर्ने, आठ घण्टाको मागलाई लिएर आन्दोलनको तयारी गर्ने उपायहरु दृत गतिमा अगाडि बढाउँदै गए । सन् १८८९ मा एंगेल्सको नेतृत्वमा भएको दोस्रो “अन्तर्राष्ट्रिय मजदुर संघ”को महाधिवेशनमा अमेरिका आएका मजदुर प्रतिनिधिको रिपोर्ट पछि महाधिवेशनले अबदेखि मे १ तारिखका दिनलाई आन्दोलनको रुपमा विश्वभरीका मजदुरहरुले काम बन्द गरेर मनाउने निर्णय ग¥यो । सन् १८९० बाट थालनी भएको मे दिवस यतिबेला १३५ औं अन्तर्राष्टिय मे दिवस विश्वभरि मजदुरहरुले मनाउँदै छन् ।