निर्मला हत्याकाण्डको दोषी पत्ता नलगाउनुमा नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरले एक विज्ञप्ति जारी गरी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको विभत्स हत्याकाण्डका दोषीको हालसम्म पहिचान नगरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उल्टै छिटोभन्दा छिटो खोजविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै विरोधमा उत्रिएका स्थानीय सर्वसाधरणहरुमाथि गोली हानी सातजना निर्दोष जनतालाई गम्भीर घाइते बनाएपछि पार्टीको ध्यान गहिरिंदै […]

पत्रकार पाण्डेमाथि कुटपिट गर्नेलाई पक्राउ गरी कडा कारबाही गर्न क्रान्तिकारी पत्रकार महासंघको माग

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी गरी पत्रकार रवि पाण्डेमाथि कुटपिट र गालीगलौज गर्ने ठेकेदारहरु भेषराज पुन र विष्णु पोखरेललाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको छ । घटनाको तीव्र भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दै महासंघले पत्रकार पाण्डेको भौतिक सुरक्षाको आवश्यक प्रबन्ध मिलाई पेशालाई विना अवरोध अगाडि बढाउने बातावरण […]

क्रान्तिकारी युवा लिग चितवनले हस्ताक्षर संकलन गर्दै

नेकपा (क्रान्तिकारी माओवादी) को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपाल चितवन जिल्ला समितिले बेरोजगार युवाहरुलाइ स्वदेशमै रोजगारीको ग्यारेन्टीको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। युवाहरूलाई स्वदेशमै रोजगारको व्यवस्था गरि स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि दवाब स्वारुप हस्ताक्षर अभियानको आज भरतपुरमा एक कार्यक्रमका बीच पार्टीका जिल्ला सचीव क. अशोक शर्माले उद्घाटन गरेका थिए […]

बाबुरामको सैद्धान्तिक टाट पल्टयाई

बाबुरामले हालसालै गोरखाको उनको आफ्नो चुनाव क्षेत्रमा गएर भनेका छन्–“कम्युनिस्टको लक्ष्य भनेको आसेपासे र कार्यकर्ता पोस्ने मात्र हो ।” वर्तमानमा ओली र प्रचण्डले कम्युनिस्टको खोलभित्रबाट यही काम गरिरहेका छन् जुन बाबुरामले भन्दै छन् । बाबुराम लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा लाग्दै आएका र नेपालमा सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने लक्ष्य र उद्देश्य राखेर थालिएको दश वर्षे […]

सरकारी ऋण ९ खर्ब, विदेशी ऋण ५ खर्ब ३ अर्ब ६३ करोड

काठमाडौ । नेपाल राष्ट्रले प्रकाशन गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा सरकारी ऋण झण्डै ९ खर्ब पुग्न लागेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकले नेपाल सरकारको ऋण ८ खर्ब ९४ अर्ब ५३ करोड रुपैयाँ पुगेको देखाएको छ । यसमा बाह्य (विदेशी) ऋण ५ खर्ब ३ अर्ब ६३ करोड रुपैयाँ छ भने आन्तरिक […]

विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेपपछि सीपी गजुरेलले चेतावनी दिए– ‘गणतन्त्रका प्रहरीहरुले विवेक प्रयोग गर्नु जरुरी छ, गृहमन्त्रीको आदेशको अन्धरुपमा पालना गरेमा देश गृहयुद्धमा धकेलिने छ’

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी.पी. गजुरेल ‘गौरव’ले प्रहरीहरुलाई वर्तमान गणतन्त्रको समय भएकाले प्रहरीहरुलाई विवेक प्रयोग गर्न सुझाव दिएका छन् । सरकाले बढाएको महंगी, चर्को कर तथा महिलामाथि भइरहेको हिंसाको विरोधमा मंगलवार दिउँसो रत्नपार्कस्थित शान्तिबाटिकामा राखिएको विरोध प्रदर्शन र्यालीमा प्रहरी हस्क्षेप भएपछि ईन्द्रचोकमा भएको कोणसभालाई संवोधन गर्ने क्रममा अध्यक्ष गजुरेलले उक्त कुरा बताएका […]

नेपाली एकता समाज, भारतको पञ्जाव राज्य समिति गठन

नयाँ दिल्ली । नेपाली एकता समाज भारत अन्तर्गत पञ्जाव राज्य समितिको भेला सम्पन्न भएको छ । वामपन्थी नेता इन्द्रमोहन सिंग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले अध्यक्ष सुमन्त केसी, उपाध्यक्षहरु नर बहादुर गौतम, चीरञ्जीवि शर्मा र राजु श्रेष्ठ, सचिव निर्मल विक, सहसचिव भरत विक, कोषध्यक्ष उदय बहादुर घर्ती रहेको ४१ सदस्यीय राज्य समिति गठन गरेको थियो […]

मन्त्री थापाले अदालतलाई दिइन् ठाडो चुनौती, परिषद्का सचिव भट्टको कार्यकक्षको ताला खोलिएन

काठमाडौं ।  समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्टमाथि मन्त्रिपरिषद् र मन्त्रालयस्तरीय निर्णयबाट गरिएको कारबाहीलाई अदालतले उल्ट्याइदिएपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी मन्त्री थममाया थापाले सर्वोच्च अदालतको आदेशका विपरीत सचिव भट्टलाई परिषद्मा काम गर्न नदिएर अदालतको आदेशको ठाडो चुनौती दिएको पाइएको छ । २९ साउनमा सर्वोच्च अदालतले भट्टलाई सदस्य सचिवकै रुपमा काम गर्न दिनु भनी […]

ठूलो रणनीतिक योजनासँग जोडिएर आएको छ बेलायती भूमिगत रेलमार्गको कुरा

  झट्ट सुन्दा त नेपालमा चीनले रेल ल्याइदिने भयो त्यो पनि काठमाडौंसम्म । भारतले रेल ल्याइदिने भयो, त्यो पनि काठमाडौंसम्म । गर्दा गर्दा त अब बेलायतले काठमाडौंभित्रै भूमिगत रेल नै घुमाइदिने भयो । सुन्दा रमाइला लाग्ने र ओली सरकारका त्राण धान्ने कथा तथा किम्बदन्ती त यी सबै हुन सक्लान् नै । तर यथार्थमा नेपाल र […]

दिल्ली राज्यको सोनिपत नगरमा नेपाली एकता समाजको सम्मेलन सम्पन्न

नयाँ दिल्ली । सांगठानिक अभियानलाई तीव्रता दिंदै आएको नेपाली एकता समाज, भारतले पछिल्लोपटक दिल्ली राज्यको सोनिपत नगरको सम्मेलन सम्पन्न गरेको छ । प्राप्त जानकारी अनुसार १९ अगस्त २०१८ का दिन उक्त नगरको सम्मेलन सम्पन्न भएको हो । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापाको प्रमुख आतिथ्यता र वामपन्थी नेता इन्द्रमोहन सिंग्देलको विशेष आतिथ्यतामा सम्पन्न […]