काठमाडौं । क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले पत्रकार नारायण पंगेनीको संयोजकत्वमा १० सदस्य पछि थप गर्ने गरी ३१ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्वाचित गरेको छ ।
भेलाले संयोजकमा नारायण पंगेनी, सदस्यहरुमा गोविन्द काफ्ले, अनु निरौला, मनु विक, सागर श्रेष्ठ, प्रेम कडेल, दामोदर खनाल, कुमार भट्टराई, धनन्जय अवस्थि, रवि पाण्डे, झनक श्रेष्ठ, टेकहिर न्यौपाने, विष्णु शर्मा,विष्णु आले, ईश्वरी प्रसाद गैरे, बुद्धिराम गैरे, शोभा नेपाली राना, नहकुल चौलागाई, अमीरमैया रञ्जित, अर्पणा श्रेष्ठ, दिलिप थापालाई निर्वाचित गरेको हो ।
उद्घाटन सत्र समापन लगत्तै सुरु भएको बन्द सत्रले संयोजक पंगेनीले प्रस्तुत गरेको प्रतिवेदन र संगठनका पूर्व अध्यक्ष इन्द्र राउतले प्रस्तुत गरेको विधानमाथि व्यापक छलफल पश्चात सर्वसम्मत रुपमा पारित गरेको थियो ।
बन्द सत्रमा हुकुमबहादर सिंह, हिरामणि दुःखी र इन्द्र राउतको एक अध्यक्ष मण्डल बनाइएको थियो । बन्द सत्रको अध्यक्षता हुकुमबहादुर सिंहले गर्नुभएको थियो भने सञ्चालन इन्द्र राउतले गर्नुभएको थियो । विधान र प्रतिवेदन पारित भएपछि अध्यक्ष मण्डलका अध्यक्ष सिंहले संयोजकसहितको प्यानल प्रस्ताव गर्नुभएको थियो । प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको थियो । नव निर्वाचित कमिटिलाई सल्लाहकारको तर्फबाट बरिष्ठ फोटो पत्रकार जय दाहालले बधाई मन्तव्य राख्नुभएको थियो भने निर्वाचति कमिटिको तर्फबाट संयोजक पंगेनीले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो । र, बन्द सत्रका अध्यक्ष सिंहले नव निर्वाचित कमिटलाई बधाइ शुभकामना दिंदै बन्द सत्रको समापन गर्नुभएको थियो ।
त्यसअघि संगठनको उद्घाटन सत्र पनि आजै (शनिबारै) सम्पन्न भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले व्यानर पढेर भेलाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि गजुरेल, अतिथिहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली, सन्तबहादुर नेपाली, अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ, क्रान्तिकारी युवा लिगका संयोजक दोर्जी शेर्पा वक्ताहरुले शुभाकामना दिनुभएको थियो
उद्घाटन सत्रको अध्यक्षता संयोजक पंगेनीले गर्नुभएको थियो भने सञ्चालन प्रेम ओलीले गर्नुभएका थियो । भेलालाई गोविन्द काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो ।






























