देशको रक्षा गर्ने कि भारतको गुलाम हुने ?

प्रधानमन्त्री के पी ओली ले २३ —२५ चैत्रमा भारत भ्रमण गर्ने कुरा सार्वजनिक भएको छ । भाषा जे जस्तो राखिएपनि यो भ्रमण भारतको आदेश तामेली मात्र हो । किनकि नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी हुनुपूर्व नै भारतले भ्रमणको घोषणा गरिसकेको थियो । उनको भारत भ्रमणबारे नेपाली जनमत विभाजित छ । ठिक वा बेठिक भन्दा पनि उनी […]

प्रम ओली आज भारत भ्रमणमा जाँदै, राष्ट्रघाती सम्झौता नगर्न चार वामको खबरदारी

२३ चैत, काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारतको तीनदिने राजकीय भ्रमणमा निस्कदै छन् । प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद […]

अखिल (क्रान्तिकारी) चितवनको २९ औं जिल्ला सम्मेलन चैत २८ गते हुने

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) चितवनले यही चैत २८ गते आफ्नो २९ औं जिल्ला सम्मलेन गर्ने भएको छ । सम्मेलनको विषयमा जानकारी गराउन उक्त विद्यार्थी संगठनको जिल्ला समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना ग¥यो । सम्मेलनमा वितरीत प्रेस वक्तव्यका अनुसार “जनवादी र वैज्ञानिक शिक्षाका लागि हाम्रो अभियान, शैक्षिक माफियाकरण विरुद्ध २९ औं जिल्ला […]

चितवनको भरतपुर महानगरमा देजमोको वडा कमिटि गठन

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१५ मा सम्पन्न भएको एक भेलाले देशभक्त गणतान्त्रिक मोर्चा, नेपालको वडा कमिटि गठन गरेको छ । भेलाले महादेव शर्माको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरेको हो । उक्त कमिटिको उपाध्यक्षमा रेशम लाल श्रेष्ठ, सचिवमा टेक प्रसाद बम्जन, सहसचिवमा जेनिसा परियार, कोषाध्यक्षमा नर बहादुर बिक र सदस्यहरुमा गज बहादुर बिक, पोषराज बिक, […]

बर्दियामा क्रान्तिकारी माओवादी र देजमोको कमिटि गठन

बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)को जारी संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियानको क्रममा बर्दियामा बिहीबार जिल्लाको गुलरिया नगरपालिका–२ गुजरानामा एक भेलाका बिच नेकपा (क्रान्तिकारी माओवादी) को गाउँ कमिटि गठन गरिएको छ । प्राप्त समाचार अनुसार इब्राइम गुज्जरको अध्यक्षतामा चार सदस्यीय पार्टीको गाउँ कमिटी गठन गरिएको हो । जसका सदस्यहरुमा हलिम, पिरू, सौखान रहनु भएको छ […]

ओली र मोदीको विरोधमा चार वामको संयुक्त वक्तव्य, राष्ट्रघातका विरुद्ध संघर्षको घोषणा

काठमाडौं, चैत २२ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह, नेकपा (विप्लव)का प्रवक्ता प्रकाण्ड र नेकपाका अध्यक्ष ऋषि कट्टेलले संयुक्त रुपमा वक्तव्य जारी गर्दै नेपाल सरकारका प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका क्रममा हुन लागेको राष्ट्रघातका विरुद्ध संयुक्त संघर्ष गर्ने घोषणा गरेका छन् । २०७४ चैत २१ गते चार […]

नेपाली दूतावासमा एमाले नेता हावी, प्रवासी नेपालीलाई प्रम ओलीसँग भेट गर्न लगाइयो रोक

नयाँदिल्ली । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको समयमा प्रवासी नेपालीहरुलाई प्रम ओलीसँग भेट गर्न रोक लगाइएको छ । दिल्ली स्थित नेपाली राजदूतावासले अप्रत्यक्ष रुपमा प्रम ओलीसँग भेट गर्न रोक लगाएको हो । विगतमा नेपालका पूर्व प्रधानमन्त्रीहरु भारत भ्रमणमा आउँदा प्रवासी नेपालीहरुलाई संबोधन गर्ने परिपाटी रहँदै आएको थियो । यस अगाडि प्रधानमन्त्रीको […]

अखिल (क्रान्तिकारी)ले थाल्यो सीमा निरीक्षण, कैलालीको टिकापुर खक्रौलाबाट अभियान सुरु

कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी) ७ नं. प्रदेशले भारतीय पक्षबाट अतिक्रमित नेपाली भूमिको निरीक्षण तथा राष्ट्रियतासम्बन्धी जागरण अभियानको बुधबार कैलालीको टिकापुर–९ खक्रौलामा उद्घाटन गरेको छ । अभियानको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका ७ नं. प्रदेश संयोजक रामबहादुर केसीले उद्घाटन गर्नुभएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय […]

‘राष्ट्रघाती सम्झौता कार्यान्वयनको कसम खान ओलीको दिल्ली भ्रमण’

काठमाडौं । शुक्रबारदेखि तीनदिने भारतको राजकीय भ्रमणमा जान लागेका नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा गरिएका अनगिन्ती राष्ट्रघाती सन्धि सम्झौताहरु कार्यान्वयनको कमस खान दिल्ली भ्रमण गर्न लागेको प्रम ओली आफैले प्रष्ट पारेको दावी नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले दावी गर्नु भएको छ । अध्यक्ष […]

त्रिविलाई अखिल (क्रान्तिकारी)को १६ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा व्यवहारिक, वैज्ञानिक र गुणस्तरीय शिक्षाको माग गर्दै मंगलबार १६ बुँदे ज्ञापनपत्र बुझाएको छ । त्रिविका उपकुलपति तिर्थ खनियालाई बुझाएको ज्ञापनपत्रमा शैक्षिक कार्यतालिका अनुसार कक्षा सञ्चालन र नतिजा प्रकाशित गरिनुपर्ने, प्रत्येक विभागमा सर्वाेत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, हरेक विभागको पुस्तकालयमा पाठ्यक्रमसँग […]