देशव्यापी रुपमा राजमार्गको अवस्थाबारे जानकारी लिनको लागि क्युआर कोड स्क्यान गरेर जानकारी लिनुहोस्

देशव्यापी रुपमा राजमार्गको अवस्थाबारे जानकारी लिनको लागि क्युआर कोड स्क्यान गरेर जानकारी लिनुहोस्

काठमाडौं, १८ असोज । नेपाल प्रहरीको केन्द्रीय प्रहरी परिचालन कक्ष (विपद् डेस्क) ले देशव्यापी रुपमा राजमार्गको अवस्थाबारे जानकारी लिनको लागि क्युआर कोड स्क्यान गरेर जानकारी लिन भनेको छ ।

बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२।०६।१८ गते १४:३० बजे सम्म ।

१.सवारी साधन होल्ड गरिएको सम्बन्धमा ।

मिति २०८२।०६।१८ गते अं.०७:०० बजेको समय देखी अबिरल बर्षाको कारण काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिकावाट बिभिन्न नाका हुँदै काठमाण्डौबाट धादिङ र मकवानपुर हुदै बाहिरिने नागढुङ्गा,गोदाम, टखेल हुदै जाने सडक खण्ड अर्को आदेश नभए सम्मको लागी दुबै तर्फका सवारी साधन होल्ड गरीएको ।

२.बि.पि र अरनिको राजमार्गमा सवारी साधन होल्ड गरिएको सम्बन्धमा ।

मिति २०८२।०६।१८ गते अं.०८:३० बजेको समयमा जिल्ला काभ्रे अन्तर्गत बि.पि र अरनिको राजमार्गमा अबिरल बर्षातको कारणले धुलिखेल देखि प्र.चौ.दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमाना सम्म दुबै तर्फी सवारी साधन अनिश्चित समयको लागी होल्ड गरिएको ।

३.जि.रसुवा:बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको ।

मिति २०८२।०३।२४ गते अं.०३:०० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत-जावत बन्द भएको ।

मिति २०८२।०६।१६ गते अ.१७:४० बजे जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरो आई बाटो अबरोध भएको ।
मिति २०८२।०६।१६ गते अ.०७:०० बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ बालुवाखानि, र तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो सहित ढुङगा झरी बाटो पूर्ण रुपमा अवरोध भएको ।

४. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।

मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

५.जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।

मिति २०८२।०५।१५ गते ००:०० बजे जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको।

६.जि. काभ्रे, वि.पि राजमार्ग बन्द रहने सम्बन्धमा ।

मिति २०८२।०६।१६ गते बिहिबार देखि ऐ. २१ गते मंगलबार सम्म (६ दिन) साँझ १७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म वि.पि राजमार्ग पूर्णरुपमा बन्द रहने ।

७.अरनिको राजमार्गमा भासिन गई अवरुद्ध भएको

मिति २०८२।०६।१६ गते अं. १०;१० बजेको समयमा जि.सि.पा.भोटकोशी गा.पा.वडा नं.४ चारकिलो स्थित अरनिको राजमार्गमा अं. २ मिटर सडक भासिन गई सडक अवरुद्ध भएको, थप अपडेट:-ऐ.१७ गते अं.१७:०० बजे सानो सवारी साधन चल्ने, ठुलो सवारी साधन नचल्ने गरी सड्क सुचारु भएको । थप अपडेट:- ऐ.१८ गते अं.०८;१५ बजेको समयमा अं.१५ मिटर लम्बाई र अं.१ फिट गहिराई सडक भासिन गई सडक पुर्ण रुपमा अबरुद्ध भएको ।

८. बि.पि. राजमार्ग माथिबाट ढुंगा खसी बाटो दुबै तर्फअबरुद्ध भएको

मिति २०८२/०६।१८ गते अ. ११:०० बजेको समयमा जिल्ला काभ्रे रोशी गा.पा. ११ माम्तीखोला, ऐ.डालावेशी ऐ.बुलढुंगा स्थित बि.पि. राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको ।

९. सिद्धिचरण लोकमार्ग पुर्ण रुपमा अबरुद्ध भएको ।

मिति २०८२।०६।१८ गते परेको अबिरल बर्षाको कारण ऐ.११;१० बजेको समयमा जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी आई सडकको भाग खोलि गहिरो बनाई अन्दाजी १० मिटर सडकमा क्षती पुगी लोकमार्ग पुर्ण रुपमा अबरुद्ध भएको ।

१०. फाखेल हुमाने काठमाण्डौ सडकखण्ड अबरुद्ध भएको ।

मिति २०८२।०६।१८ गते १३:०० बजेको समयमा जि.मकवानपुर इन्द्रसरोवर गा.पा.४ महालक्ष्मी खोला स्थित फाखेल हुमाने काठमाण्डौ सडकखण्डमा ढुङगा माटो लेदो सहितको पहिरो माथीबाट खसि बाटो पुर्ण रुपमा अवरोध भएको ।

११. नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो खसी बाटो एक तर्फि अबरोध भएको ।

जिल्ला चितवन इच्छाकामना गा.पा.६ नाम्चेखोला र इच्छाकामना गा.पा.५.तुइनखोला स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा माथीबाट पहिरो खसी बाटो एक तर्फि अबरोध भएको साथै उक्त सडकखण्डमा सबारी आबगमन होल्ड गरिएको ।

१२. पृथ्वी राजमार्गमा माथीबाट ढुङ्गा झरी बाटो दुई तर्फी अबरोध भएको ।

मिति २०८२।०६।१८ गते १३:२० बजेको समयमा जिल्ला चितवन, इच्छाकामाना गा.पा.३ पानीधारा स्थित पृथ्वीराजमार्गमा माथीबाट ढुङ्गा झरी बाटो दुई तर्फी अबरोध भएको साथै उक्त सडकखण्डमा सबारी आबगमन होल्ड गरिएको ।