काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा “वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न ” विषयक अन्तरक्रिया कार्यक्रम असोज ५ गते इच्छुक प्रतिष्ठानमा दिनको १२ बजे हुँदैछ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले अवधारणा पत्र प्रश्तुत गर्ने बताइएको छ ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेल सहित विभिन्न कम्युनिष्ट पार्टीहरुका नेताहरुले सम्बोधन गर्नेछन् । जसमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र वास्तोला , नेकपाका संयोजक लोकनारायण सुवेदी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष आहुति , नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (मसालं) का प्रवक्ता रामप्रकाश पुरी र विप्लव नेतृत्वको नेकपा लगायतका नेताहरुको सम्बोधन रहने आयोजकले जानकारी दिएको हो । कार्यक्रममा उपस्थितिकोलागि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सबैमा अनुरोध गरेको छ ।
भाद्र २३ र २४ को जेन्जी आन्दोलनबाट संसदको विघटन , गैरदलीय सरकारको गठन भएको अवस्थामा गर्न थालिएको यस कार्यक्रमलाई मह्त्वपूर्णताको साथ हेरिएको छ ।































