‘जनताले ‘मुठ्ठी’ चिन्हमा भोट हाल्छौ भनेका छन्’

वाग्लुङको निर्वाचन २ नं क्षेत्रमा वाम गठबन्धन र काँग्रेस वीचमा नै मुख्य प्रतिस्पर्धामा रहेका छन् भने देजमो, नेपाल निर्णायक मतमा रहेको छ । १६ दिनसम्मको चुनावी अभियान सकिँदासम्म देजमोले ब्यापक जनसमर्थन पाएको छ । जनता देजमोप्रति आशावादी देखिएका छन् । अभियानका दौरानमा प्रत्येक प्रत्येक गाउँ गाउँ जानेक्रममा जनताहरुमा मोहन वैद्य किरण नेतृत्वको माओवादी सही छ, […]

‘मुठ्ठी’ चिन्हमा मतदान गर्न जनसाँस्कृतिक महासंघ, प्राध्यापक संगठन र लेखक संघको संयुक्त अपील

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल नेपाल लेखक संघले संयुक्त रुपमा एक अपील जारी गर्दै क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको निर्वाचन चिन्ह ‘मुठ्ठी’ मा मतदान गरी मोर्चाका उम्मेदवारहरुलाई विजयी गराउन प्राध्यापक, बुद्धिजीवी, जनसाँस्कृतिककर्मी, लेखक, कलाकार तथा नागरिक समाजका नाममा सार्वजनिक अपील जारी गरेको […]

धरपकड र गिरफ्तारीको भत्र्सना गर्दै विनाशर्त रिहाइको माग

इटहरी । चुनावमा आफ्नो पार्टीका उम्मेदवारको पक्षमा शान्तिपूर्ण रुपमा चुनावी प्रचार प्रसारमा खटिएका कार्यकर्तामाथि प्रहरी प्रशासनद्वारा विनाकारण धरपकड र गिरफ्तारी गरिएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) सुनसरीले घोर भत्र्सना एवम् कडा शब्दमा घटनाको निन्दा गरेको छ । क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज मनोज श्रेष्ठले मंगलबार एक वक्तव्य जारी गर्दै चुनावी प्रचार प्रसारमा रहेका […]

गठबन्धनका उम्मेदवारहरुले नक्कली पैसा बाँडेको आशंका

म्याग्दी । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सम्मुखममा मुगुमा एक हजार र पाँच सय दरका नक्कली नोट भेटिएका छन् । उम्मेदवारहरुले मतदाता प्रभावित पार्न पैसा बाँड्ने गरेको चर्चासँगै सदरमुकाम बेनीका बैंक तथा सहकारीहरुमा नक्कली नोट फेला परेपछि यहाँको चुनावी सरगर्मीमा गरम मसला थपिएको छ । बैंकहरुका अनुसार फेला परेका नोटहरुमा एउटै नम्बर चर२५ ४३९१३३ […]

माओवादी आन्दोलनका चर्चित जनगायक खुशीराम पाख्रिनको निधन

चितवन । माओवादी आन्दोलनका चर्चित जनवादी गायक खुशीराम पाख्रिनको निधन भएको छ । चितवनमा मंगलबार आयोजित प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउने क्रममा एक्कसी बेहोस भएर ढलेका पाख्रिनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शोक सभामा गीत गाउँदा गाउँदै ढलेका गायक पाख्रिनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । गायक […]

चुनाव अवधीमा नेपाल–भारत सिमा नाका तीन दिनका लागि बन्द हुने

बैतडी, ५ मंसिर । मंसिर १० हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सिमा नाका झुलाघाट र दार्चुला ७२ घण्टाका लागि बन्द हुने भएको हो । ‘चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सिमा […]

२६ वर्षमा ४० गुणाले बढ्यो चुनाव खर्च

काठमाडौं । बहुदलीय व्यवस्था पुनःस्थापनापछि ०४८ सालको संसदीय चुनावमा उम्मेदवारको खर्च सीमा थियो, जम्मा ६५ हजार रुपैयाँ । त्यसयताको वैधानिक चुनावी खर्च र अवैध रूपमा भइरहेको भड्किलो र महँगो चुनावी खर्चले निम्न र मध्यम वर्ग निर्वाचनको पहुँचबाट टाढिन पुगेको भन्दै नागरिक तहबाट चिन्ता व्यक्त गर्न थालिएको छ । निर्वाचनमा उम्मेदवार बन्न (टिकट पाउनका लागि हुने […]

‘जनताले स्वतन्त्र रुपमा मतदान गर्ने स्थिति छैन’

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफ्नो साम, दाम, दण्ड, भेद सबै हत्कण्डा प्रयोग गरी, भ्रम फैलाई चुनाव आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यस खालको संसदीय चुनावमा हाम्रो भर्खरै आएको देजमो, नेपालको सामु चुनौति थुप्रै नै छन् तर पनि आन्दोलनको निरन्तरता र इमान्दारिताले जनतामा अत्यन्तै सकारात्मक प्रभाव रहेको छ । जहाँ पुगे पनि जनताको न्यानो […]

संसदवादीहरुले जनतालाई भेडाबाख्राजस्तै किनबेचको साधन बनाउँदै छन्

नुवाकोट–२ मा वाम र लोकतान्त्रिक गठबन्धन बीचकै रस्साकस्सी छ । तर नैतिक हिसाबले क्रान्तिकारी माओवादी, देजमो, नेपालप्रति आम जनताको सेन्टिमेन्ट रहेको छ । गठबन्धनकारीहरुले अहिले जवर्जस्त रुपमा फैलाइएको भ्रम, ह्विमका वीचबाट जनताहरुलाई स्पष्ट पारिनु आवश्यक छ । वामगठबन्धनकारीहरुले साम्यवादी व्यवस्था ल्याउँदै छौं भन्ने देखि लोकतान्त्रिक गठबन्धनकारीहरुले विकासे भ्रमहरुको जवर्जस्त रुपमा फैलाएका छन् । तर हामी […]

‘रोल्पामा हामी नै वैकल्पिक राजनीतिक शक्ति भएका छौं’

रोल्पामा आठवटा पार्टीहरु चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा वाम मोर्चा, लोकतान्त्रिक मोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरु छन् । रोल्पाली जनताले आमरुपमा एउटा वाम, एउटा लोकतान्त्रिक र अर्काे जनपक्षीय मोर्चा छ, त्यसमा पनि वैकल्पिक शक्ति र जनताको मोर्चाको रुपमा देजमो, नेपाललाई लिइरहेका छन् । यो अझ स्थापित हुने क्रममा रहेको छ । अभियानको दौरानमा […]