आईसीसी यू १९ विश्वकप एशिया क्षेत्र छनोटको चौथो जित दर्ता

आईसीसी यू १९ विश्वकप एशिया क्षेत्र छनोटको चौथो जित दर्ता

 

१६ फागुन काठमान्डौँ
आईसीसी यू १९ विश्वकप एशिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा विना विकेटको क्षति भेट्टायो ।
ओपनर दिपक बोहोरा ३८ र अर्जुन कुमाल २१ रनमा नटआउट रहे। २९ बलको सामना गरेका दिपकले ८ चौका प्रहार गरे। अर्जुनले २५ बलमा ३ चौका हाने । त्यसअघि युएईको मलेक क्रिकेट ग्राउण्ड, अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन जोड्दा अलआउट भयो ।
मलेसियालाई कम स्कोरमा रोक्न नेपालका दिपेश कँडेल एक्लैले ४ विकेट लिए। १० ओभर बलिङ गरेका दिपेशले ४ मेडन राख्दै ११ रन दिए। आकाश चन्दले ३ विकेट झारे। ४.३ ओभर बलिङ गरेका आकाशले ९ रन दिए । मिलन बोहोराले २ विकेट लिए। मिलनले ९ ओभरमा ५ मेडन राख्दै ८ रन खर्च गरे। सुवास भण्डारीले १ विकेट आफ्नो नाममा गरे ।
मुहम्मद अक्रम अब्दुल मलेकले बनाएको २६ रन नै मलेसियाका लागि सर्वाधिक रह्यो। मोहम्मद हैरिल हरिसन र मुहम्मद स्याहिर सामयलले समान १२ रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
एशिया क्षेत्र छनोटमा अपराजित रहेको नेपाली टोलीले अन्तिम खेलमा बिहीबार युएईसँग खेल्नेछ। युएईलाई हराउन सके नेपाल शीर्ष स्थानमा रहँदै अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकप खेल्नेछ ।