विराटनगर । जनभावना विपरीत नामांकन गर्न प्रदेश एकमा अघोषित कफ्र्यू (निषेधाज्ञा) जारी गरिएको छ । प्रदेशको नामकरण प्रस्तावमाथि छलफल हुने भएपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको जनाइएको छ । बुधबार दिउँसो ३ बजेदेखि सुरु हुने निषेधाज्ञा अर्को आदेश नभएसम्म जारी रहने बताइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर, प्रदेश सभा भवनलगायतका विराटनगर मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। अहिले प्रदेशको नामकरणमाथि निर्णायक छलफल भइरहेको छ। दुईवटा नामकरणसम्बन्धी प्रस्ताव दर्ता भइसकेका छन्।
यसैबीच, प्रमुख दलहरूबीच ‘कोसी प्रदेश’ राख्ने प्रस्तावमा सहमति जुटेको बताइएको छ। प्रमख दल एमालेले कांग्रेसको समर्थनमा कोसी प्रदेश नाम राखेर प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरिसकेको छ। प्रमुख तीन दलबीच सहमति जुटेसँगै कोसीमाथि सामान्य बहुमत पुग्ने देखिएको छ।
९३ संसद् रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि ६३ सांसद आवश्यक पर्छ। एमाले एमालेका ४०, कांग्रेसका २९ र माओवादीका १० सांसद छन्।
एकीकृत, जसपालगायतका साना दलले पहिचानका आधारमा नामकरण हुनुपर्ने भन्दै असहमति जनाएका छन्।