
कावासोती । नेकपा (क्रान्तिकारी माओवादी)ले नवलपुर जिल्लामा बलिदान दिवस मनाएको छ । प्रदेश ४ को नवलपुर जिल्लाको सदरमुकाम कावासोतीस्थित सहिद पार्कको सरसफाई सहित जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको प्रतिमामा अबिर, पुष्पगुच्छा र माल्र्यापण गरि बलिदान दिवस मनाइएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)मन जिल्ला सेक्रेटरी टिकाराम काफ्लेको सञ्चालन र नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम तथा प्रदेश ४ का इन्चार्ज अनुकूलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बलिदान दिवस कार्यक्रममा प्रमुख अतिथि अनुकुलले महान् सहिदहरुको सपना सकार पार्न नयाँ जनबादी क्रान्तिको तयारीमा जुट्नुपर्ने र सबै प्रतिक्रियावादीका विरुद्ध क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भएर वर्तमान सत्ताभित्र र बाहिर रहेका दलाल नोकरशाही वर्गलाई सत्ताबाट निकालेर फाल्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।