नेकपा (क्रान्तिकारी माओवादी) र बहुमतव्दारा चितवनमा संयुक्त रुपले शहिद सप्ताह कार्यक्रमको पहिलो दिनको कार्यक्रम सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) र बहुमतव्दारा चितवनमा संयुक्त रुपले शहिद सप्ताह कार्यक्रमको पहिलो दिनको कार्यक्रम सम्पन्न

१४ फागुन चितवन ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) चितवनको आयोजनामा माडी नगरपालिकाको शहिद चोक वसन्तपुरमा महान जनयुद्धको प्रथम शहीद दिल बहादुर रम्तेलको स्मृति दिवस र शहिद सप्ताह कार्यक्रमको पहिलो दिनको कार्यक्रम संयुक्त रुपले सम्पन्न गरियो ।

कार्यक्रम सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी बाबुराम प्यासीले गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकास र नेकपा बहुमत माडी नगरपालिका इन्चार्ज रमा गुरुङले संयुक्त रुपमा शहिद चोक वसन्तपुरमा रहेको शहिद शालिकमा अबिर लगाएर माल्यार्पण गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य सुरेश गौतमले जनयुद्धलाई अपराधीकरण गर्न प्रतिक्रियावादी सत्ता लागेको र जनयुद्धको अठ्ठाईसौं वर्षगाँठको अवसरमा शहिदहरुलाइ राष्ट्रिय शहिद घोषणा गर्नुपर्ने माग गर्नु भयो ।
कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का भरतपुर महानगर सेक्रेटरी रमेश पौडेल नविन, नेकपा (बहुमत) चितवन जिल्ला इन्चार्ज महेश चौधरी लगायतका नेता तथा कार्यकर्ताको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार किसान नेता भूमिश्वर कडेलले जनयुद्ध र शहिदको सपना साकार पार्न नेपालमा पुन: नयाँ ढङ्गले जनयुद्ध अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने सहित जिल्लाका माओवादी पार्टीका नेताहरुको उपस्थिति रहेका थियो ।