दुई अखिल (क्रान्तिकारी)द्वारा एमसीसी र संसदवाद विरोधी विद्यार्थी संगठनलाई स्ववियु चुनावमा सहकार्य गर्न आह्वान

दुई अखिल (क्रान्तिकारी)द्वारा एमसीसी र संसदवाद विरोधी विद्यार्थी संगठनलाई स्ववियु चुनावमा सहकार्य गर्न आह्वान

काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बाँस्तोलाको नेकपा (बहुमत) निकट विद्यार्थी संगठन संयुक्त रुपमा आगामी स्ववियु निर्वाचन लड्ने भएका छन् । दुवै संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल र मिलन राईले संयुक्त रुपमा जारी वक्तव्यमा दुवै पार्टी निकट अखिल (क्रान्त्तिकारी)को आज बसेको संयुक्त बैठकले मिलेर चुनाव लड्ने निर्णय गरेको वक्तव्यमा उल्लेख गरिएको छ । 

उनीहरुले देशभर यौटै प्यानल बनाएर उम्मेदवारी दिने घोषणासमेत गरेका छन् । बैठकले निर्वाचन तयारीका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ । दुवै संगठनका अध्यक्ष सम्मिलित संगठनको केन्द्र, प्रदेश, जिल्ला र इकाई समिति बनाउने उनीहरुको निर्णय छ । संयुक्त बैठकले एमसीसी र संसदवाद विरोधी विद्यार्थी संगठनलाई चुनावमा सहकार्यको आह्वानसमेत गरेको छ । 

संसदीय राजनीतिको विकल्पमा जनवादी व्यवस्था ल्याउने भन्दै यी दुई विद्यार्थी संगठनका मातृ पार्टीले भने चुनाव बहिष्कार गर्दै आएका छन् । दुबै पार्टीले गत स्थानीय तह र आम निर्वाचनमा भाग लिएका थिएनन् ।