बलिदान दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी)द्वारा प्रदेश भेलाको आयोजना, प्रभात भट्टराईको नेतृत्वमा २५ सदस्यीय कमिटि निर्वाचित (फोटोफिचर)

बलिदान दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी)द्वारा प्रदेश भेलाको आयोजना, प्रभात भट्टराईको नेतृत्वमा २५ सदस्यीय कमिटि निर्वाचित (फोटोफिचर)

काठमाडौं । ऐतिहासिक बलिदान दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले प्रदेश तीनको भेला आयोजना गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलालाई प्रमुख अतिथी गजुरेल लगायत अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, जवसको तर्फबाट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की प्रदेश संयोजक अनु निरौला, जनगणतान्त्रिक सम्पर्क मञ्चका संयोजक डिपि अधिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका प्रदेश संयोजक कुमार घताने, क्रान्तिकारी युवा लिग, नेपालका प्रदेश संयोजक असल तामाङ लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटोमा अविर र माल्र्यापणसहित सुरु भएको भेलामा वक्ताहरुले बलिदान दिवसको महत्वको बारेमा समेत प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम तथा प्रदेश ३ का सेक्रेटरी प्रवेश, नेवा: राष्ट्रिय मुक्ति मोर्चाका महासचिव शिव श्रेष्ठ, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेश दाहाल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।


अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रभात भट्टराईको अध्यक्षता र शोभा सेन्चुरीको सञ्चालनमा सम्पन्न भेलाले प्रभात भट्टराईलाई अध्यक्ष र शोभा सेन्चुरीलाई सचिवमा निर्वाचित गर्दै २५ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।


निर्वाचित कमिटिले आसन्न स्ववियु निर्वाचनलाई संघर्षको रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।