‘कालापानी लगायत ३७२ वर्ग किलोमिटरको अतिक्रमित भूभाग नेपाललाई फिर्ता गर’ : देजमो नेपाल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कालापानी लगायत ३७२ वर्ग किलोमिटर नेपाली भूभाग नेपाललाई तुरन्त फिर्ता गर्न चेतावनी दिंदै शनिवार एक विज्ञप्ति जारी गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलद्वारा हस्ताक्षरित तथा प्रेसित उक्त विज्ञप्तिमा उक्त कुरा जनाइएको हो । भारतले धेरै पहिलेदेखि मिच्दै र आफ्नो सेना राख्दै आएको दार्चुलाको कालापानी फिर्ताका लागि लामो […]

युवाका समस्याहरु समाधान गर्न पहल नगरिए संघर्षमा उत्रने क्रान्तिकारी युवा लिग प्रदेश नम्बर १ को चेतावनी

काठमाडौं । देशको स्वाधीनता र जनताको स्वाभिमान रक्षाका लागि क्रान्तिकारी युवा लिग नेपालले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसमक्ष १४–बुँदे ज्ञापन पत्र बुझाएको छ । प्रदेश नम्बर १ का क्रान्तिकारी युवा लिग नेपालका संयोजक रविन लिम्वुको नेतृत्वमा मुख्यमन्त्रीको कार्यालय बिराट नगरमा पुगेर उक्त ज्ञापन पत्र बुझाइएको हो । प्रदेश नम्बर १ का मुख्य मन्त्रीलाई […]

पूर्व राष्ट्रपति ओबामा भन्छन्– ‘ट्रम्पका कारण अमेरिकी जनता निकै खतरनाक अवस्थामा’

काठमाडौं । पूर्व राष्ट्रपति बराक ओबामाले अमेरिकी जनता निकै खतरनाक समयमा बाँचिरहेका बताएका छन् । उनले वर्तमान राष्ट्रपति ट्रम्पलाई अमेरिकी जनतामा विभाजन ल्याएको, आर्थिक अर्थतन्त्र डुबाएको र रुससँग नजिकिइरहेको तीन गम्भीर आरोपहरु लगाएका छन् । अमेरिकाको राष्ट्रपतिय इतिहासमा ट्रम्प प्रशासन सर्वाधिक अलोकप्रिय हुन पुगेको छ । यस अघि पनि राष्ट्रपतिहरु अलोकप्रिय हुने, हत्या गरिइने र […]

अमेरिका भारतबीच कोम्कासा सम्झौता : अमेरिकाबाट ड्रोन प्रविधि किन्दै भारत

काठमाडौं । अमेरिकी रक्षा सचिव जेम्स मेट्रिस अमेरिकी विदेश सचिव माइक पोम्पेओ, भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय रक्षा मन्त्री निर्मला सिथारमनको भेटवार्तासँगै दिल्लीमा दुई देशबीच सैन्य सहकार्यका लागि कोम्कासा संझौतामा हस्ताक्षर भएको छ । लामो गृहकार्यपछि, भारतका लागि अनपेक्षित तर अमेरिकाका लागि निरन्तर अभ्यास र क्रमभंगका रुपमा यो संझौता हुन गएको हो । […]

देशको सीमा तथा स्वाधीनता रक्षाका लागि सङ्घर्षको तयारी गर्न सिंगो पार्टीपङ्क्ति र आम जनसमुदायलाई नेकपा (क्रान्तिकारी माओवादी) को विशेष अनुरोध

काठमाडौं । देशको सीमा सुरक्षा तथा राष्ट्रिय स्वाधीनता रक्षाका लागि सङ्घर्षको तयारी गर्न सिङगो पार्टीपङ्क्ति र आम जनसमुदायलाई नेकपा (क्रान्तिकारी माओवादी) ले विशेष अनुरोध गरेको छ । भारतीय सुरक्षकर्मीहरुबाट दिनानुदिन सीमा अतिक्रमण भइरहेको, सीमाक्षेत्रमा रहेका आम नेपाली जनता सीमा अतिक्रमणका विरुद्ध लडिरहेका र लिम्पियाधुरा तथा कालापानी नेपालको नक्साबाट हटाई र हटाउन लगाई नेपालका प्रशासन कार्यालयहरुमा […]

‘जनवादी क्रान्तिका भगौडाहरु एमालेमा मिसिन गएपछि देशको संकट झन् गुणात्मक रुपमा बढेर गएको छ’ –मोहन वैद्य ‘किरण’

काठमाडौं । नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि घनिभूत रुपमा दश वर्षसम्म जनयुद्ध लडे पनि घुमिफिरी संसदीय व्यवस्थाको स्थापना भएको भन्दै नयाँ जनवादी क्रान्तिका भगौडाहरु यो वा त्यो रुपमा जनवादी क्रान्ति सम्पन्न भइसकेको भनेर एमालेमा मिसिन गएपछि देशको संकट झन् चुलिन गएको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले बताएका छन् । क्रान्तिकारी पत्रकार […]

पत्रकारिता क्षेत्रमा पनि संयुक्त मोर्चा जरुरी

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल ‘गौरव’ले पत्रकारिता क्षेत्रमा पनि संयुक्त मोर्चा जरुरी भएको कुरा बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघको काठमाडौं अनाम नगर घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा बुधवार आयोजित विशेष राष्ट्रिय भेलामा उक्त कुरा बताएका हुन् । अध्यक्ष गजुरेलका अनुसार अमेरिकी साम्राज्यवादले युद्ध बजेटभित्र नै मेडिया बजेट छुट्याउने गरेको कुरामाथि प्रकाश […]

मौलिक हकसम्बन्धि संहिता निर्माणमा सरकारको ‘इन्टेरेस्ट’ खोई ?

काठमाडौं । संविधान निर्माण भइसकेको समयावधिले तीन वर्षभित्र जनताका मौलिक हक सम्बन्धि ऐन तथा कानुनहरु निर्माण गरिसक्नु पर्ने संवैधानिक प्रावधान रहेको छ । यो प्रावधान अनुसार यही असोज २ गतेसम्म मौलिक हक सम्बन्धि ऐन तथा कानुनहरु निर्माण गरिसक्नु पर्ने छ । यो नेपाल र नेपाल सरकाका लागि कानुनी तथा व्यवहारिक बाध्यता पनि हो । देशका […]

क्रान्तिकारी पत्रकार महासंघको विशेष भेला उद्घाटन समारोह सम्पन्न

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघको विशेष भेला उद्घाटन कार्यक्रम अनामनगर घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा मंगलवार सम्पन्न भएको छ । संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत महासंघको आगामी नियमित सम्मेलन भव्य रुपमा सम्पन्न गर्नका लागि सम्मेलन आयोजक समिति निर्माण र कामका बाँडफाँडका लगि यो विशेष भेलाको आयोजना गरिएको हो । विशेष भेलाको उद्घाटन गर्दै प्रमुख […]

‘सरकारी ‘भेस्टेड इन्टेरेस्ट’ फिर्ता लिइए चिकित्सा संबन्धि फौजीसंहिता संशोधन हुनसक्ने’

काठमाडौं । सडकमा उत्रिएका चिकित्सकहरु र सरकारका बीचमा आउँदो एकहप्ताभित्र चिकित्सा सम्बन्धि फौजदारी प्रावधानहरु संशोधन गरिने भनी सहमति भएको छ । सहमति पछि तोकिएको समयसम्म हडतालका सबै गतिविधिहरुलाई नेपाल चिकित्सक संघले स्थगित गरेको छ । फौजदारी संहिताअन्तर्गत चिकित्ससम्बन्धि केही अव्यवहारिक र अप्रिय प्रावधानहरु राखेको भनेर सबै क्षेत्रका चिकित्सकहरु संहिताका त्यस्ता प्रावधानहरु संशोधनको माग गर्दै सडकमा […]