काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले संयुक्त रुपमा ६ बुँदे माग पूरा गर्न जोडदार माग गरेका छन् । मजदुर र किसानले भोग्नुपरेका साझा मागहरु अगाडि सार्दै यी मागहरु पूरा गर्न जोडदार माग गरेका हुन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा सागर र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङले संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा ६ बुँदे माग अगाडि सारिएको हो ।

प्रेस विज्ञप्तिमार्फत् अगाडि सारिएका मागहरुमा ‘१– खेतीको समयमा रसायनिक मलको अभाव हुने गरेको छ । झनै यो समयमा मलको मूल्य वृद्धि हुनु किसानको लागि अत्यन्त दु:खदायी कुरो हो । मूल्यवृद्धि अविलम्ब रोकियोस् र समयमै किसानलाई मल, बिउ उपलब्ध गराइयोस् । साथै, मुलुकभित्रै प्रारङ्गारिक खेती प्रणालीको प्रबद्र्धन हुने व्यवस्था गरियोस् ।

२– विदेशबाट आयात हुने कृषि उत्पादनलाई निरुत्साहित गरी रैथाने उत्पादनलाई संरक्षण र सम्बद्र्धन गरिनुपर्नेमा विदेशबाट विषादीयुक्त दूध, तरकारी, पशुपंक्षी आदिको उत्पादन आयात भइरहेकै छ । त्यस प्रकारको आयातमा विषादी अवशेष परीक्षण कडाइसँग लागू गरियोस् ।

३–दिनदिनै बजारमा मूल्यवृद्धि भइरहेको छ र कालाबजारीयाहरु मोटाइरहेका छन् । सरकारले मूल्यवृद्धि रोकेर कालाबजारीयामाथि कडा कारबाही गरियोस् ।

४– साइकल, ठेलागाढामा काम गर्ने स्वरोजगार मजदुर, किसानहरुमाथि दमन गर्ने र लखेट्ने काम भइरहेको छ । त्यस प्रकारको दमन र अराजक गतिविधि अविलम्ब रोकियोस् । मजदुरहरुको रोजगारी सुनिश्चित गरियोस् ।
५– मिटरब्जाजको कारोबार अबैध घोषणा गरियोस् । सरकारले मिटरब्याज विरुद्ध संघर्ष गरेका मजदुर–किसानसँगको सम्झौता तुरुन्त लागू गरियोस् ।

६– लघुवित्त र सहकारीहरुले अवैध र चक्रीय प्रणालीबाट ब्याज असुल गरिरहेकोले तीमाथि कडाभन्दा कडा कारबाही गरियोस् । मजदुर किसानमाथि थोपरिएको संयुक्त ब्याज र हर्जना मिनाह गरियोस् ।’ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार